मालिकामा एमालेको नयाँ नेतृत्व चयन

विकल्प न्यूज\बेनी
फागुन २५ गते ।

 नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ ।

अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त र बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । पार्टीको निति, कार्यक्रम र पार्टीले गरेका राम्रा कामको बारेमा जनतासामु पु¥याउने उहाँले बताउनुभयो ।

अधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र थापाले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको बताउनुभयो ।

‘केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको समयमा भएका बिकास निर्माण धेरै थिए तर हामीले प्रचार गरेनौं । पश्चिम म्याग्दीको दरवाङ हुँदै ताकम–मुना जोड्ने सडक होस या बिम र मराङ जोड्ने लामो झोलुङ्गे पुल–हाम्रै पालामा शुरु भएको हो’, थापाले भन्नुभयो ।

प्रतिनिधिसभाका पूर्व सदस्य समेत रहनुभएका थापाले धौलागिरी लगायतका धेरै हिमाल म्याग्दीमै पर्ने तर पनि हिमाली जिल्लाको रुपमा सुचिकरण नभएको म्याग्दी जिल्लालाई एमाले नेतृत्वको सरकारकै समय र नरदेवी पुन प्रदेशमा तथा संघमा आफु रहेको समयमा सबै प्रकृया पुरा गरेर हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न सफल भएको बताउनुभयो ।

एमाले नेतृत्वमा सामाजिक सुरक्षा भत्ता सुरु भयो र बढेर चार हजार मासिक पुग्यो, सरकारी सेवामा रहेका सबैको तलब पनि एमालेकै पालामा बढेको थियो त्यस पछि अहिले बढ्न सकेको छैन उहाँले भन्नुभयो ।

प्रत्येक वडामा स्वास्थ्यचौकी, प्रत्येक पालिकामा अस्पताल परिकल्पना गरीयो र कार्यान्वनको चरणमा पु¥याएको पनि एमाले नेतृत्वको सरकारकै पालामा भएको उहाँको भनाई थियो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले देशै भरमा पहिलो पटक स्थानिय तहको अधिवेशन थालेको र आउने निर्वाचनमा पनि पहिलो पार्टी हुने दावी गर्नुभयो ।

धवलागिरी गाउँपालिकाबाट थालेका पालिका अधिवेशन नेपालमै पहिलो र मालिका गाउँपालिकामा भएको अधिवेसन पनि सम्बभत देशैभरमा दोश्रो भएको बताउनुभयो । कुनै पनि स्थानमा जिम्मेवारी लिने र लिएको जिम्मेवारी पुरा नगर्ने प्रबृत्ती हट्नु पर्ने उहाँको भनाई थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा मालिका गाउँपालिकाकी पूर्व उपाध्यक्ष खरमायाँ बिटालुले महिला सहभागिताले देशलाइ अग्रगतिमा लाने बताउँदै महिला सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समावेशी तबरले काम गर्नका लागि नेकपा एमालेबाट अरुले पनि सिक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, जिल्ला कमिटी सदस्य बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले मन्तव्य राख्नु भएको थियो ।