नवनिर्मित भीम माविको भवन उद्घाटन

विकल्प न्यूज\बेनी
फागुन ९ गते ।


म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दशकोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन(एम.बि.ई) र गाउँपालिका अध्यक्ष बेग प्रसादगर्बुजाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

ADV

प्रेसिडेन्ट ग्रीनले सुविधा सम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताउनुभयो । उहाँका अनुसार, पाहार ट्रष्ट युके मार्फत नेपालका २७जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हाल सम्म तीन सय भन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनाहरु निर्माण भइसकेका छन् ।

उहाँले नेपालका दुर्गम ग्रामिण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवन लगायत पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको पालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार,एक करोड २२ लाख तीन हजार २६६ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार,गाउँपालिकाबाट पचास लाख र स्थानीयबासी एघार लाख १ हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताउनुभयो ।

वि.सं.२०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ असोजमा सम्पन्न भएको थियो । वडा अध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्ट सँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधा सम्पन्न भव ननिर्माण भएको बताउनुभयो । विद्याल यव्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनले पहिले जिर्ण पुरानो भवनको साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकोमा अहिले भवन बनेपछि भने सहजभएको बताउनुभयो ।