अन्नपुर्ण गाउँपालिका

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

विकल्प न्यूज\बेनी पुस १३ गते । म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमालई मिडिया सोसाईटी अवार्ड २०७९ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो । गौतम डेढ दशक यता जिल्लाको पत्रकारिता क्षेत्रमा […]

सडक फराकिलो बनाएपछि यस्तो देखियो अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर (फोटो)

विकल्प न्यूज/बेनी पुस ९ गते । राष्ट्रिय गौरबको आयोजना मालढुङ्गा –बेनी–जोमसोम कोरला सडक आयोजनाले अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरमा सडक फरकिलो,दुवै तर्फ नाली निर्माण र ग्राभेल गरेर कालोपत्रेका लागि तयारी गरेको छ ।  साथै अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी स्थित सडकलाई पनि फराकिलो बनाएर चिटिक्क पारिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

धमाधम निर्माण हुँदै बेगखोलामा पक्की पुल

ठाकुरप्रसाद आचार्य /म्याग्दी पुस ९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माण तिव्र पारिएको छ । ठेक्का सम्झौता मिति भन्दा अगावै योजना सम्पन्न गर्नेगरी सडक विभाग र निर्माण व्यवसायी जुटेका छन् । बेगखोलामा पुल नहुँदा विगत ६ वर्षदेखि खोलामा यात्रुले सास्ती भोग्दै आएका छन् । पुल बनाउन सरोकारवाला निकायले ध्यान नदिएको भन्दै […]

घारका महिलालाई सर्वोत्तम पीठो उद्योग सञ्चालनको सामग्री हस्तान्तरण

विकल्प न्यूज/बेनी पुस ९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अन्नपूर्ण गाउँपालिका म्याग्दीको […]

महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम घारबाट सुरु

विकल्प न्यूज/बेनी पुस ९ गते । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय घारको सहकार्य, मिलन म्याग्दीको समन्वयमा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महालक्ष्मी लाइफ […]

भुरुङ तातोपानीमा खुलेको नयाँ होटलले पर्यटकलाई सुविधा

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २ गते । म्याग्दीको भुरुङ तातोपानीमा खुलेको नयाँ होटलले यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सुविधा दिएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँ लगानी गरेर होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी […]

पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २७ गते । पुख्र्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरु पहिचानका रुपमा लिने गर्दछन् । पुर्खाहरुले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय र सभ्यताका रुपमा लिइएको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् । मगर समुदायको परम्परागत […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]

गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा

विकल्प न्यूज\बेनी कात्तिक २३ गते ।   प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गठबन्धनले बुधबार अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनलाइ मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले उत्तरी […]

मत माग्न अन्नपूर्ण गाउँपालिका पुगे बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार

म्याग्दी २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधार निर्माण मार्फत विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता […]

घोडेपानीमा घोडादौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

सुरेन गुरुङ/म्याग्दी घोडेपानी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी […]

पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १६ गते । म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी,टोल सुधार समिति,आमा समुह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यहि कात्तिक १७ गते विहिवार घोडा दौड प्रतियोगिताको आयोजना गरिने […]

मौसममा आएको सुधार सँगै पुनहिलमा पर्यटकको चहलपहल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २६ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बुधवार देखि मौसममा सुधार सँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुनथालेपछि होटल व्यवसायीहरु उत्साहित बनेका छन् […]

एक करोडको पुरस्कार महावीर पुनलाई

काठमाडौं, भदौ २८ गते । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्तिपुर पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा पुरस्कार ग्रहण गर्दै […]

पाउद्धारवासीको नमूना काम ः पदमार्गमा धर्मचौतारा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौं ५ गते । (खयरलेक) आजकल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जानथालेका छन् । भएका पाटीपौवा र चौताराहरु नासिदै जान थालेका छन् । केही काम गर्नुप¥यो सरकारको मुख ताक्ने गरिन्छ । तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई यहाँका गाउँलेले जिवित राखेका छन् । आफन्तको संझना तथा […]