अन्नपुर्ण गाउँपालिका
घोरेपानी हिँडेका दुईजना स्पेनिस पर्यटक बेपत्ता
म्याग्दी,भदौं ११ गते । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुईजना स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला […]
बेनी-जाेमसाेम सडक : सिरूबारी पहिराेमा ढुङ्गा खसेर बस च्यापियो
ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ ४ गते बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण
म्याग्दी, साउन २९ गते । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो । बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनःनिर्माण समितिका अध्यक्ष […]
कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम
विकल्प न्यूज/बेनीसाउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको […]
घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक
घार, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका संघ संस्थाहरुको गतिबिधी सहितको प्रतिवेदन सार्वजनिक र अन्र्तक्रिया भएको थियो । कार्यक्रममा अन्नपूूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले गत […]
व्यावसायिक किवी खेती गर्दै टिकोटका किसान
विकल्प न्यूज\बेनीसाउन १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका किसानहरु मकै र कोदो बाली लगाउन छाडेर नगदे बालीका रुपमा रहेको किवी खेती गर्न थालेका छन् । पछिल्ला पाँचवर्ष यता गाउँमा किवी खेतीको राम्रो विस्तार भएको छ ।खाद्यन्न बालीबाट भन्दा किवी खेतीबाट राम्रो आम्दानी हुने देखेपछि यहाँका किसानहरुले गाउँमा किवी खेती विस्तार गर्न थालेका हुन […]
अन्नपूर्णका किसानलाई ‘कृषि एम्बुलेन्स’
ठाकुरप्रसाद आचार्यसाउन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर संचालन गर्न लागेको हो । कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट वस्तीका किसानहरु उत्साहित भएका छन् । गाउँपालिका भित्रका किसानले […]
एकवर्षको अवधिमा म्याग्दीमा ३१ हजार पर्यटक भित्रिए
विकल्प न्यूज\बेनीसाउन १०गते । एक वर्षको अवधिमा ३१ हजार ३५४ जना पर्यटकले म्याग्दी भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा म्याग्दी भित्रने पर्यटकको संख्या २५ हजार ३३४ र बाहिरिनेको ६ हजार २० जना रहेको छ। घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत […]
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’
म्याग्दी, साउन १० गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम […]
पाउद्धार तातोपानी जान साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
विकल्प न्यूज/बेनीअसार ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(२ भुरुङ र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ। दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पुल निर्माणका लागि पूर्वाधार […]
पवित्राको उच्च शिक्षाका लागि गाउँपालिकाको सहयोग
विकल्प न्यूज/बेनीअसार २४ गते । दुवै हात नभएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले पचास हजार रुपियाँ सहयोग गरेको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा अध्ययनका लागि विकलाई समस्या भएको छ । दुवै हात नभएकी विकले हालै प्रकाशित भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)मा ३.१२ जिपिए ल्याएर […]
अन्नपूर्ण बाल सञ्जालको अध्यक्षमा सृष्टि बरुवाल
विकल्प न्युज/ बेनी जेठ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बालबालिकाहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालित भेलाबाट उपाध्यक्ष विजय लामा, सचिव संगम विक,सहसचिव आगमन सुनाम, कोषाध्यक्ष सुस्मिता किसान रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका,आरोषी तिलिजा, युता थजाली, […]
अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका वितरण
विकल्प न्युज/ बेनी जेठ २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा […]
अन्नपूर्णमा उत्कृष्ट कृषकलाई सम्मान
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट किसानलाई सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिका भित्रका ५ जना उत्कृष्ट कृषक र एउटा कृषि समुहलाई नगद सहित सम्मान गरेको हो । व्यवसायिक कृषि खेती गरेका उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ । सम्मानित हुने […]
अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक
विकल्प न्यूज/बेनी जेठ २७ गते । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण […]