म्याग्दी समाचार

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज\बेनी असार ३ गते । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आर्थिक […]

बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

विकल्प न्यूज/बेनी असार ३ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८०\०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । नगरपालिकाले आइतवार जिल्ला समन्वय समितिको सभाहलामा चालु आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाहका वारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत नगरवासीहरुबाट सुझाव संकलन […]

बीस महिनाको काम चार महिनामै

विकल्प न्यूज/बेनी असार ३ गते । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो […]

धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन

गोपाल आचार्य मुना, ३ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयमा सुझाव […]

अन्नपूर्णको दोबामा अस्पताल भवन निर्माण

ठाकुरप्रसाद आचार्य/बेनी असार १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभुत तहको अस्पताल संचालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो । सरकारले तिनवर्ष अघि स्थानीय तह सम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अघि सारेको थियो । अपाङ्गमैत्री पाँच […]

पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष खड्कालाई मातृशोक

विकल्प न्यूज/बेनी असार १ गते । पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्कालाई मातृशोक परेको छ । खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६ घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि बिहीबार उहाँलाई फिर्ता […]

प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

विकल्प न्युज/ बेनी म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो म्याग्दीका न्यायाधीश कृष्णप्रसाद […]

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

बेनी, ३२ जेठ । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन […]

पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासी उत्साहित

ठाकुरप्रसाद आचार्य\बेनी जेठ ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । हिउदमा धुलो र बर्खायाममा हिलोका कारण वर्षौदेखि सास्ती भोग्दै आएका पिप्ले र भगवतीका स्थानीयहरु घरछेवैको सडक धमाधम कालोपत्रे हुनथालेपछि खुसी भएका हुन । ‘‘घर नजिकको सडक कालोपत्रे हुनथालेको छ । डेढदशक देखि धुलो र हिलो सडकका कारण […]

सिंगामा आइपिएम कृषक पाठशाला

विकल्प न्यूज\बेनी जेठ ३१ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलबार एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन गरेको हो । कृषकहरुलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्न […]

अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

विकल्प न्यूज\बेनी जेठ ३१ गते । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा शिविर भएको थियो । तीन वटा वडामा १७ जनालाई डिजिटल ९विद्युतीय० परिचयपत्र […]

बेनी–जोमसोम सडक अवरुद्ध

ठाकुरप्रसाद आचार्य\म्याग्दी जेठ ३१ गते । बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी करिडोर सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने र मुस्ताङबाट फर्किने सवारीसाधानहरु तातोपानीमा रोकिएका छन् । यसअघि जेठ […]

गण्डकीमा टुक्रे योजना कटौती गरिने

विकल्प न्यूज/पोखरा जेठ ३० गते । गण्डकी प्रदेश सरकारले साना तथा टुक्रे योजना कटौती गर्ने भएको छ । माग र आवश्यकताका आधारमा मात्र योजना छनोट गरिने भएको हो । यसबाट पहुँचका आधारमा योजना बाँडफाँट हुने प्रवृत्ति अन्त्य हुने ठानिएको छ । योजना तुर्जमाको परम्परागत शैलीलाई बदल्ने बेला आएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर […]

म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउन सामूहिक प्रतिवद्धता

 विकल्प न्यूज/बेनी जेठ ३० गते ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन […]

सिंगा तातोपानी बजारको सडक कालोपत्रे

विकल्प न्यूज/बेनी जेठ २७ गते ।  बेनी नगरपालिका–४ सिंगास्थित तल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत रहेको सिंगाको तल्लो तातोपानी बजारको सडक कालोपत्रे सम्पन्नले तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको तातोपानीबासी एवम् वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । बेनी नगरपालिकाले चालू आर्थिक बर्ष २०७९–८० मा २१ […]