ताजा समाचार:
Search

म्याग्दी समाचार

कुवेतमा फसेकी हिराकुमारीको छोराछोरीलाई जन्मदिनको अवसरमा सहयोग

विकल्प न्यूज/बेनी मंसिर ८ गते । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा म्याग्दीका एक ब्यवसायीले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले कुवेतमा […]

एक महिनामै ८० हजार पर्यटक पुगे मुस्ताङमा

विकल्प न्यूज\बेनी मंसिर ८ गते ।  पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण […]

गरिमा विकास बैंकले १७ औं बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

विकल्प न्यूज\बेनी मंसिर ७ गते ।  गरिमा विकास बैंकले बेनी नगरपालिका–९ स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो। बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई […]

जलजलामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ मल्लाज स्थित विद्याज्योती माविमा विहिवार देखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो । जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख […]

अफगानिस्तान नफापेर गाउँ फर्किएका हरि कृषिमा रमाउदै

विकल्प न्यूज\बेनी म्याग्दी,मङ्सिर ७ गते । बेनी नगरपालिका १० पात्लेखेतका युवा हरी गर्बुजालाई यतिखेर गोलभेडा विक्री गर्न भ्याईनभ्याई छ । स्थानीय एक व्यक्तिको १५ रोपनी जमिन भाडामा लिएर कृषि पेसा थाल्नुभएका गर्बुजाले तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिन सफल हुनुभएको छ । दश वर्ष अघि वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुग्नुभएका गर्बुजा ८ महिनामै स्वदेश फर्किएर […]

रघुगंगामा एक युवा चारदिन देखि अनसनमा

विकल्प न्यूज/बेनी म्याग्दी,मंसिर ७ गते । स्थानीय सरकारसँग आधारभूत अस्पताल र रोजगार सिर्जनाको माग राख्दै यहाँका एक युवा चारदिन देखि आमरण अनसनमा बस्नुभएको छ । रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा स्थानीय युवा रमेश गुरुङ(विप्लब) अनसन वस्नुभएको हो । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण […]

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।  घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम […]

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, ६ मंसिर ।   सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९\८० मा […]

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

विकल्प न्यूज/बेनी मङ्सिर ६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – […]

उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको […]

लोमान्थाङको विकासका लागि पाँच करोडको योजना

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ६ गते । माथिल्लो मुस्ताङको एतिहासिक वस्ती लोमान्थाङको विकासका लागि पाँचकरोड बराबरको योजना संचालन हुने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा लोमान्थाङको वस्तीलाई व्यवस्थित गर्न पाँचकरोड रुपियाँ बराबरको योजना विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङ मार्फत कार्यान्वयन हुने गरि लोमान्थाङमा स्वागत गेट देखि लोमान्थाङ वाल वरिपरि […]

माओवादी सेनाका पूर्व कमाण्डर रुसी सेनामा भर्ना

विकल्प न्यूज/बेनी मङ्सिर ६ गते ।  तत्कालिन नेकपा माओवादी सेनाका कमाण्डर म्याग्दीका एक युवा रुसी सेनामा भर्ती हुनुभएको छ । माओवादी पार्टीले संचालन गरेको दशवर्षे जनयुद्धका क्रममा कम्पनी कमाण्डर सम्मको भूमिका निर्वाह गर्नुभएका मंगला गाउँपालिका ४ वरंजाका रमेश विक(डायमण्ड) रसीयामा युक्रेन विरुद्धको युद्ध लड्न भर्ना हुनुभएको छ । रुसी सेनाको पोषाक सहित हतियार भिरेको फोटो […]

यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी मंसिर ५ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि […]

कालीगण्डकीमा बगरको सतह बढ्दा मुस्ताङका वस्ती जोखिममा

विकल्प न्यूज/बेनी मंसिर ५ गते । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताउनुभयो । “सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह बढेको हो,” उहाँले भन्नुभयो, “अरू ठाउँमा नदीको सतह गहिरिँदै जान्छ तर मुस्ताङमा […]

बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

 विकल्प न्यूज/बेनी मंसिर ४ गते । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर दिवस–२०८० को अवसरमा बेनी नगरपालिकाको आयोजना, आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वय र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम […]