म्याग्दी समाचार
मंगलेखानीको गाउँभरी आलु र सिमी खेती,भित्रिन्छ वार्षिक ६० लाख
विकल्प न्यूज\बेनी भदौ ३१ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी […]
दोस्रो गल्फ प्रतियोगिताको उपाधी तामाङ र गुरुङलाई
ठाकुरप्रसाद आचार्य \बेनी म्याग्दी,भदौ ३१ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा सम्पन्न दोस्रो गल्फ कोर्स प्रतियोगिताको उपाधी पुरुष तर्फ श्याम तामाङ र महिला तर्फ जुनी गुरुङले प्राप्त गर्नुभएको छ । शनिबार साँझ सम्पन्न भएको प्रतियोगितामा लिलाजंग गुरुङ र सुस्मा सिंह उपविजेता घोषित हुनुभयो । यसैगरी प्रतियोगिताका विभिन्न विधाहरु मध्य क्रस विजेता रविन […]
सञ्चारिक समूह म्याग्दीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा जिसी
विकल्प न्यूज\बेनी भदौ ३० गते । ‘समानताका लागि सञ्चार’ भन्ने मूल नारासहित सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको जिल्ला उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, […]
बाल कचहरी : बालअधिकार संरक्षणका लागि ११ बुँदे घोषणापत्र जारी
विकल्प न्यूज\बेनी भदौ ३० गते । म्याग्दीको मालिका गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न ११ बुँदे मालिका गाउँपालिका घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो । सामाजिक विकास कार्यालय, म्याग्दी र […]
राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न
विकल्प न्यूज\बेनी भदौ ३० गते । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा हरितालिका तिज पर्व २०८० को पावन अवसरमा जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ । २३ समुहको सहभागीता रहेको प्रतियोगितामा राज कुमार परियार प्रथम, रुपा विटालु द्वित्तिय, मंगला आमा समुह तृत्तिय र शाहिल विश्वकर्माले चौँथो स्थान हासिल गर्नुभएको छ । […]
बेनी नगरप्रमुख केसीले आफ्नै विद्यालयको पर्खालमा चलाए डोजर
विकल्प न्यूज\बेनी भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका प्रमुख सुरत केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाउनुभएको छ । बेनी नगरपालिका ७ महारानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविले सडकमा अतिक्रमण गरेर बनाएको पर्खालमा प्रमुख केसीले डोजर लगाएर भत्काउनुभएको हो । प्रमुख केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै […]
बागलुङमा सुरु भयो चार पांग्रे सवारीको लाइसेन्स परीक्षा
विकल्प न्यूज\बागलुङ भदौ २७ गते । बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले परीक्षाको सुरुआत गरेका थिए । उनले यो अभियान अब नरोकिने […]
बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी
विकल्प न्यूज\बेनी भदौ २७ गते । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो । मोनाले अहिलेसम्म २८ […]
विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग
विकल्प न्यूज\बेनी भदौ २६ गते । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला उपाध्यक्ष ज्ञानुकुमारी बरुवाल […]
मल्लाज पूर्णगाउँको सुन्दर बराह ताल बगरमा परिणत
विकल्प न्यूज\बेनी भदौ २५ गते । पहिरोले बगरमा परिणत भएको ताल । तस्विर कुशल जिसी जलजला गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्वको आदीवराह मन्दिर नीलो तालमाथि तैरिएर बसे जस्तो देखिन्थ्यो। बाढीका कारण गेगरसहितको माटोले पुरिएर ताल अहिले बगर जस्तै बनेको छ। स्वच्छ, सफा तालले यहाँको सौन्दर्यलाई निकै बढाएको थियो। गाउँपालिका–२, मूल घडेरी भन्ने स्थानमा […]
छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई
विकल्प न्यूज\बेनी भदौ २५ गते । बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो । #ADV अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा […]
घतानमा सार्वजनिक सुनुवाई, ‘योजनाको गुणस्तरीय कार्यन्वयनमा स्थानीयको जोड’
विकल्प न्यूज\बेनी भदौ २४ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९\०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत सार्वजनिक गरिएको छ […]
म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ चयन
विकल्प न्यूज\बेनी भदौ २३ गते । म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव दिपक पौडेल र सह–सचिव रञ्जिता […]
प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न
विकल्प न्यूज\बेनी भदौ २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि भएको […]
निजामति सेवा दिवसको अवसरमा म्याग्दी क्याम्पसमा हाजिरीजवाफ
प्रताप बानियाँ\म्याग्दी भदौ २३ गते । २०औं निजामति सेवा दिवसको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नारासहित निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको संयोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको […]