म्याग्दी समाचार
विदेशमा आर्जेको ज्ञान, सीप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिदेशमा आर्जेको पुजी, […]
बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले

सन्तोष गौतम /विकल्प न्यूज असोज २२ गते । रआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको हो । “दुई […]
कालीगण्डकीले बगाएर एक बालीका वेपत्ता

सन्तोष गौतम । म्याग्दी २१ असोज । कालीगण्डकी नदीले बगाएर म्याग्दीमा शनिबार एक बालीका वेपत्ता भएकी छिन् । अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर वेनपा २ की १२ वर्षिया कृष्ट्रीना थापा वेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातोपानी स्थित कालीगण्डकी किनारमा रहेको तातोपानी मा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा खसेर थापा […]
बाथरोगको निःशुल्क स्वास्थ्य शिविर
विकल्प न्युज । बेनि असाेज २२ गते । बेनी नगरपालिका–४ तातोपानी स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजनामा शनिबार निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सञ्चालीत १ दिने स्वास्थ्य शिविरमा नेशनल बाथरोग सेन्टर पोखरा शाखाका फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनाली नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो […]
समाज रुपान्तरण र गरिबी निवारणमा सहकारी केन्द्रित हुन निर्देशन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असोज । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी संस्थाहरुलाई समाज रुपान्तरण र गरिबी निवारणको क्षेत्रमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । बेनीमा रहेको दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैठौ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा राज्यमन्त्री खड्काले समाज रुपान्तरण, महिला शशक्तिकरण र गरिवी निवारणको क्षेत्रमा केन्द्र्रित हुन निर्देशन […]
म्याग्दीमा पचहत्तर हजार मतदाता (विवरण सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी २० असोज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा साढे पचहत्तर जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ७५ हजार ५३८ जना मध्य ३९ हजार ४३५ जना महिला र ३६ हजार १०२ जना पुरुष मतदाता रहेका छन् । वि.स २०७४ साउन मसान्तसम्म तस्विर सहितको मतदाता […]
एमाले म्याग्दीद्धारा उमेद्वार सिफारिस
विकल्प न्यूज/बेनी बेनी २० असोज । नेकपा एमाले म्याग्दीले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनीको हाँडेभिर स्थित पार्टी कार्यालयमा बिहीबार र शुक्रबार बसेको जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार सिफारिस गरेको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बैकल्पीक केन्द्रिय सदस्य […]
सच्चा बामपन्थी र क्रान्तिकारी शक्तिहरुबीच धु्रबीकरण गर्दछौ ः सिपी गजुरेल
सन्तोष गौतम बेनी २० असोज । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतीलाई वामपन्थी आन्दोलनका दक्षिणपन्थीहरुको गठनबन्धन भएको टिप्पणी गर्नुभएको छ । बेनीमा शुक्रबार पत्रकारहरुसंग कुराकानी गर्दै देशभक्त राष्ट्रभक्त जनतान्त्रीक मोर्चाका संयोजक समेत रहेका गजुरेलले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका […]
मोनाको महाधिवेशनको तयारी अन्तिम चरणमा
सन्तोष गौतम \ विकल्प न्युज म्याग्दी १९ असोज । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको आईतबारदेखि हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र २४ गते हुने […]
काँग्रेस म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा उम्मेदवार सिफारिस
सन्तोष गौतम / विकल्प न्युज म्याग्दी १९ असोज ।आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । मंगलबार र बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार छनौट गरी सिफारीस गरेको हो । काँग्रेस म्याग्दीले प्रतिनिधि सभामा […]
अपडेट ः कागबेनीमा बस दुर्घटना तीनको मृत्यु, २० जना घाईते
राकेश शर्मा/विकल्प न्यूज जोमसोम (मुस्ताङ) १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । बिस जना घाइते भएका छन् । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी […]
उमेद्वार सिफारिस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकाक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस गर्ने पुर्व […]
बेनी–जोमसोम सडक सञ्चालनमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालीका १ मा रहेको बेगखोलामा बाढी आएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले डोजर परिचालन गरेर सडक मर्मत गरेपछि दिउँसो १ बजेदेखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो […]
मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र
विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा सहभागी हुनका लागि […]