म्याग्दी समाचार
उम्मेदवारी दर्ता आज सम्पूर्ण तयारी पूरा
काठमाडौँ, कात्तिक १६ गते । निर्वाचन आयोगले मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ताका लागि बिहीबार शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ । आयोगले उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएकाले बिहीबार बिहान १० देखि अपराह्न ५ बजेभित्र ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ र […]
लोकतान्त्रिक गठबन्धनको पाखापानीमा चुनावी सभा
विकल्प न्यूज/बेनी कार्तिक १५ गते । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानी आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुनको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधी सभा […]
वाम गठबन्धनको रुममा चुनावी सभा

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको मालीका गाउँपालिका २ रुममा बुधबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी प्रचार सभा गरेका छन् । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा चुनावी तालमेल र पार्टी एकताको सहमती गरेका एमाले र माओवादीले संयुक्त रुपमा आम सभा गरेका हुन् । आमसभालाई […]
ओमकुमारी शान्ति कोषद्धारा डाक्टर मल्ललाई सम्मान

सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ कात्तिक । बेनी अस्पतालका चिकित्सक धिरेन मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई जिल्लामै सर्वसुलभ रुपमा शल्यक्रिया सेवा उपलब्ध गराउन योगदान गरेकोमा डाक्टर मल्ललाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, पदाधीकारी र सदस्यहरुले प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो […]
म्याग्दी उद्योग वाणिज्य संघको पद बिभाजन
सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार पदभार सम्हालेका छन् । संघको बैठकले पदाधिकारीमा पदबिभाजन, पाँच जना सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित गरेको छ । बरिष्ठ उपाध्यक्षमा बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्षमा सुविन श्रेष्ठ, दितृय उपाध्यक्षमा राजेश शाक्य , महासचिवमा लिलाराम गौतम, सचिवमा सुवर्ण रिजाल, […]
पर्वतमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा युवा नेता पदम गिरी उम्मेदवार

विकल्प न्यूज/पर्वत कार्तिक १५ गते । आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरि सिफारिस हुनुभएको छ । बुधवार वसेको पार्टीको स्थायी समितिले गिरिलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । देशकै ठूलो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति गिरी युवापक्तिमा लोकप्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिमा लोकप्रिय गिरी […]
मतदाताको आश्वासनले उर्जा थपेको छ ः उम्मेद्वार केसी
विकल्प न्यूज/बेनी कार्तिक १५ गते । आसन्न मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्र नम्बर १ (क) बाट वाम गठबन्धनका उम्मेदवार युवा नेता विनोद केसी यतिखेर दुर्गम बस्तीमा मत माग्न व्यस्त हुनुहुन्छ । केसीको चुनावी कमाण्डरका रुपमा एमाले जिल्ला सचिवालय सदस्य सन्तोष रावल हुनुहुन्छ । मनोनयन पत्र दर्ता सँगै चुनावी […]
चर्चामा म्याग्दीको प्रदेश १ ः झिनो मतले वाम गठबन्धन अघि

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । पञ्चायतकालमा एकपटक सहायक,दुई पटक राज्यमन्त्री र पहिलो जिल्ला सभापति लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका भिमप्रसाद गौचन र वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका युवा नेता बिनोद केसीको विच म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क लाई धेरैले चासोका साथ हेरिएको छ । यो क्षेत्रमा पाका पुस्ता र युवापुस्ता विचको चुनावी भिडन्त […]
म्याग्दीमा हतियार बुझाउन अटेरी

सन्तोष गौतम /विकल्प न्यूज बेनी १४ कात्तिक । व्यक्तिगत सुरक्षाका लागि हतियार राखेका म्याग्दीका सर्वसाधारणले प्रशासनको अनुरोधलाई अटेरी गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कात्तिक ८ गते सार्वजनीक सूचना जारी गर्दै हतियार बुझाउन अनुरोध गरेको थियो । प्रशासनले कात्तिक […]
वाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा
सन्तोष गौतम /विकल्प न्यूज बेनी १३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा एमालेका […]
यस्तो छ पूर्व राज्यमन्त्री र क्याप्टेनको चुनावी भिडन्त

विकल्प न्यूज/बेनी कार्तिक १४ गते । मंगला, मालीका र धौलागिरी गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर ख मा ३२ हजार ५४५ जना मतदाता छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी नरदेवी पुन निवर्तमान सांसद र पुर्व पशुपक्षि विकास राज्य मन्त्री हुन् । पुन म्याग्दीकी एक्ली महिला उम्मेदवार समेत हुन । जिवनलाई नै राजनीतिमा समर्पण […]
राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]
विद्यालय गएका किशोर वेपत्ता

विकल्प न्यूज/बेनी कार्तिक १३ गते । म्याग्दीको धौलागिरी गाउँपालीका ७ हिलापोखरीका एक किशोर सम्र्पक बिहीन भएका छन् । आईतबार विद्यालय गएका १४ वर्षिय मिलन परियार सम्र्पक बिहीन बनेका हुन् । ताकमको धौलागिरी बोडीङको कक्षा ६ मा अध्ययन गर्ने परियार विद्यालय नगई सम्र्पकबिहीन भएका हुन् । आईतबार दिउँसो दरवाङ देखिएको जानकारी पाएको र सोमबार साँझसम्म खोजी […]
वाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

विकल्प न्यूज/बेनी बेनी १३ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय […]