मतदाताको आश्वासनले उर्जा थपेको छ ः उम्मेद्वार केसी

विकल्प न्यूज/बेनी
कार्तिक १५ गते ।

binod kcआसन्न मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा म्याग्दीको प्रदेश क्षेत्र नम्बर १ (क) बाट वाम गठबन्धनका उम्मेदवार युवा नेता विनोद केसी यतिखेर दुर्गम बस्तीमा मत माग्न व्यस्त हुनुहुन्छ । केसीको चुनावी कमाण्डरका रुपमा एमाले जिल्ला सचिवालय सदस्य सन्तोष रावल हुनुहुन्छ । मनोनयन पत्र दर्ता सँगै चुनावी प्रचारमा टोली गाउँगाउँ पुगेको छ ।
उत्तरी अन्नपूर्ण गाउँपालिकामा चुनाबी अभियान सकेर रघुृगंगामा घरदैलो थालेका केसीलाई मतदाताहरुले युवा नेता उम्मेद्वार बनेकोमा बधाई दिँदै बिजयीको शुभकामना समेत दिएका छन् । रघुगंगा गाउँपालिका–५ झिँ, वडा नम्बर ६ पाखापानी, ठाडखानी, कोटगाउँ, रायखोर लगायतको क्षेत्रमा घरदैलोमा सरिक भएका उम्मेदवार केसीले स्थानीयसंग गाउँको समस्या, सम्भावनाको बारेमा समेत जानकारी लिएका छन् । ‘‘ मैले भोट हाल्नुस मात्रै भनेको छैन्, मेरो अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु जनतामाझ राखेको छु र युवालाई नेतृत्वको लागि जिम्मेवारी दिनुस भनेको छु,’’– उम्मेद्वार केसीले भन्नुभयो ।

binod kc 3 उहाँले घरदैलोको क्रममा जनताबाट आएका सुझाब र प्रतिकृयाहरुबाट आफु उत्साहित बनेको समेत प्रतिकृया दिनुभयो । केसीले घरदैलोको क्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका समस्याहरु समाधानको खाका सहित आफुलाई बिजयी गराउन मतदाताहरु समक्ष अनुरोध गर्ने गरेका छन् । उहाँले गाउँको प्राकृतिक स्रोत र साधनको उपयोग गरि युवाहरुलाई स्वरोजगार बनाउने र वैदेशिक पलायनलाई रोक्नका लागि समेत आफुले बनाएका योजनाहरु जनतामाझ राखेको बताउनुृभयो ।
रघुगंगा गाउँपालिकाको केन्द्रको सम्बन्धमा समेत केसीले आफु प्रदेश सभा सदस्यमा निर्वाचीत भएमा अहिले जनप्रतिनिधिको बहुमतले केन्द्र तोकेको मौवाफाँट अपायक पर्ने पाखापानी र झिँ क्षेत्रका नागरिकको लागि सेवा केन्द्र, स्वायत्त एवम् संरक्षित क्षेत्र लगायतको माध्ययमबाट सहज रुपमा सेवा सुविधा लिन सक्ने व्यवस्थाको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।binod kc 00‘‘ जनताले गाउँमै प्रशासनिक सुविधा र विकास चाहेका छन्, त्यसको लागि मैले गर्न सक्ने निश्चित खाका जनतामाझ राखेका छु, गर्नै नसक्ने आश्वासन मैले बाँडेको छैन्, जनताबाट आएका सुझाबले मलाई थप हौँसला प्रदान गरेको छ,’’–घरदैलोमा व्यस्त रहेका केसीले भने । प्रदेश सभामा केसीकै प्रतिस्पर्धी उम्मेद्वारको रुपमा रहेका राप्रपाका भिमप्रसाद गौचनको गृहगाउँ पाखापानी क्षेत्रकै नागरिकहरुले निर्वाचनमा युवा नेतृत्वलाई मतदान गर्न आफुहरु ईच्छुक रहेको प्रतिकृयाले उम्मेद्वार केसीको हौँसला थप बढको छ ।
७ बर्षसम्म तत्कालिन गाविस संयोजक भएर काम गरेका स्थानीय धु्रवकुमार पाईजाले राप्रपामा लागेर गाउँबाट मन्त्रीहरु समेत बनाईसक्दा समेत गाउँको समस्या जस्ताको तस्तै भएपछि आफु हालै एमालेमा प्रवेश गरेको प्रतिकृया दिनुभयो । उहाँले निर्वाचनमा योग्य उम्मेद्वारहरुलाई बिजयी गराउन आफुहरुले सहयोग गर्ने समेत बताउनुभयो । पाईजा जस्तै ठाडखानीका गंगाबहादुर छन्त्यालले पनि आफ्नै साविकको गाविसबाट राज्यमन्त्रीहरु समेत बनिसकेको भएपनि गाउँको समस्या हल नहुनुले पुराना नेताहरुप्रति जनताको विश्वास नरहेको बताउनुभयो ।binod kc 000घरदैलोको क्रममा उम्मेद्वार केसी, प्रदेश क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक सन्तोष रावल, युवा नेताहरु सुवास विक, दिपक कार्की, कर्ण प्रधान, रिम कटुवाल, हरि भण्डारी, चन्द्रमान छन्त्याल, सुदिन पौडेल, शिसिर शाही लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।