वाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

विकल्प न्यूज/बेनी
बेनी १३ कात्तिक ।

umlनेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् ।

माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले राजनितिक स्थाईत्वका लागि बाम गठबन्धन भएको बताउनुभयो ।

उहाँले नेपालमा राजनितिक स्थिरता कायम गरि स्वाधीन, सम्बृद्ध र विकसीत मुलुक बनाउने उद्देश्यले भएको एमाले माओवादीबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमतीप्रती कुनै शंका नगर्न आग्रह गर्दै बाम एकतावाट आत्तिएका प्रतिक्रियावादीहरुले फिजाँएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर २ का उमेद्वार नरदेवी पुनले यसअघि आफू सांसद र राज्यमन्त्री हुँदा म्याग्दीको शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकासका लागि अघि बढाएका योजनालाई पूर्णता दिन पुन जनतामाझ आएको बताउँदै साथ दिन आग्रह गर्नुभयो ।

पुर्व सांसद नवराज शर्मा र माओवादीका नेता देवराज सुवेदीले जसले म्याग्दीको विकासका लागि एमाले, माओवादीले गरेको योगदानको मूल्याङकन गर्दै यसपालीको निर्वाचनमा पनी बाम गठबन्धनका उमेद्वारजाई जिताउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका प्रतिनिधिसभाका समानुपातीक उमेद्वार टेकबहादुर बिक र एमालेका नेता शंकर शेरचनले बामपन्थीहरुको पहलमा जारी भएको संबिधानमा दलीत, महिला, जनजाती, पिछडीएका क्षेत्र र समुदायको उत्थानका लागि भएको व्यवस्थालाई कार्यान्वयन गराउन बाम गठबन्धनको विकल्प नभएको बताउनुभयो । सो कार्यक्रममा कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।