म्याग्दी समाचार
बेनी अस्पतालमा पूर्वाधार थपिँदै

सन्तोष गौतम /विकल्प न्यूज बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ । दुई वर्षअघि ५० शैया क्षमतामा स्तरवृद्धि भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ । अस्पताल परिसरमा निर्माण […]
म्याग्दीको बेगखोलामा पुलबाट खसेर दुई जना मजदुरको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २४ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलबाट खसेर सोमबार दुई जना मजदुरको मृत्यु भएको छ । साँझ पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर कैलालीको मोहनाल घर भएका धनबहादुर खत्री र पुरन थापा खसेका थिए । पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको […]
घारका टीका वहादुर ः जसले मुक्तिमार्ग माविको भवन बनाउन लाखौ सहयाेग गरे

सन्तोष गौतम। विकल्प न्युज म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारका एक परिवारले सामुदायीक विद्यालयको पूर्वाधार निर्माणमा लाखौ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टिकाबहादुर खड्का र उहाँका छोरा देबबहादुर खड्काको परिवारले तिस लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र भवन निर्माणमा पन्ध्र लाख नौ […]
धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काराेवार ठप्प

सन्तोष गौतम l विकल्प न्युज बेनी २४ पुष ।म्याग्दीको धौलागिरी गाउँपालीकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरी गाउँपालीकाको कार्यालय करिब दुई महिनादेखि लेखापाल बिहीन भएको छ । लेखापाल नहुँदा गाउँपालीकाद्धारा सञ्चालीत विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकीएको छ । कर्मचारीहरुलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरी गाउँपालीकामा […]
लागू औषध नष्ट

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष । जिल्ला प्रहरी कार्यालयले हालै बेनी बजारबाट बरामद भएको लागू औषध सोमबार नष्ट गरेको छ । बेनी नगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको रोहबरमा पुष १४ गते बेनीको संगमचोकबाट बरामद भएको १३५ थान डाईजावाम, एनारगन र बुफ्रिनेफिन नामको लागु औषध नष्ट गरेको हो । लागु औषध सहित पक्राउ परेका बेनपा ८ […]
छैठौ म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष ।बेनीमा पुष २८ देखि सुरु हुन लागेको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा दश दिनसम्म सञ्चालन हुने महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम तिब्र बताइएको छ । […]
सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनिक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको हो । […]
नेप्टेचौरका दिले दमाइको उपचारका लागि सहयोगको अपिल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ पुष । बेनी नगरपालिका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गर्नुभएको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत अभाव भएपछि […]
खबरामा निर्माण भएको लिफ्ट सिँचाई आयोजना उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज खबरा २३ पुष । बेनी नगरपालिका २ खबरामा निर्माण भएको पिपलडाँडा लिफ्ट सिँचाई आयोजनाको आईतबार उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले हाँडेभिरको म्याग्दी नदि किनारबाट विद्युतीय पम्पको प्रयोग गरेर खबरामा सिचाईका लागि पानी आपुर्ती गराउन निर्माण गरेको आयोजनाको प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्नुहुदै सांसद थापाले […]
म्याग्दी साहित्य सञ्चारद्वारा १ लाखको अक्षयकोष घोषणा

विकल्प न्यूज/बेनी पुस २३ गते । म्याग्दी जिल्लाका साहित्यिको उत्थान र साहित्यकारहरुको कल्याणका लागि म्याग्दी साहित्य सञ्चारले १ लाखको अक्षय कोष स्थापना गर्ने भएको छ । संञ्चारको दोस्रो साधारणसभाको अवसर उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्रत्येक वर्ष जिल्लाका एक जना साहित्यकारलाइ सम्मान गर्ने, नव सर्जकहरुलाइ प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको सञ्चारका उपाध्यक्ष सन्दीप […]
अर्थुङ्गे सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस २२ गते । अर्थुङ्गे बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिबार महारानीथान कुरीलाखर्कमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै जेष्ठ सेयर सदस्य कृष्णदत्त पौडेल र सहकारीका सञ्चालक सदस्य समेत रहनुभएका प्रदेशसभा सदस्य बिनोद केसीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेयर सदस्य झलक शर्माले शुभकामना मन्तब्य व्यक्त […]
मल्लाज उपशाखाको अध्यक्षमा बरुवाल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ पुस । पर्वत उद्योग वाणिज्य संघ अन्तरगतको मल्लाज उपशाखाको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले डिलबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय उपशाखाको नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा चित्रराज रेग्मी, उद्योग उपाध्यक्षमा ठाकुरप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा हरी सुवेदी, महासचिवमा शेषराज रेग्मी, सचिवमा […]
म्याग्दी महोत्सवमा बेनी देखि लभ्लीहिल सम्म घोडा सफारी

विकल्प न्यूज/बेनी पुस २२ गते । पुष २८ देखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा बेनी देखि लभ्लीहिल सम्म घोडा सफारीको व्यवस्था गरिएको छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ खबरामा रहेको लभ्लीहिललाई पर्यटकीय रुपमा विकास गर्नका लागि महोत्सवका अवसरमा घोडा सफारी राखिएको म्याग्दी […]
मंगलामा सुधारीएको चूल्हो तालीम सुरु

विकल्प न्यूज/बेनी पुस २२ गते । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा शनिबारदेखि सुधारीएको चुल्हो प्रर्वद्धक तालीम सुरु भएको छ । मंगला गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा छ दिनसम्म सञ्चालन हुने तालीममा मंगला, मालीका र रघुगंगा गाउँपालीकाका २० जनाको सहभागीता रहेको छ । तालीममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गर्नुभएको थियो […]
शुभकामना कृषी सहकारी संस्थाको अध्यक्षमा पौडेल

सन्तोष गौतम /विकल्प न्यूज सिंगा २२ पुष । बेनी नगरपालिका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दसौ साधारणसभाबाट केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित भएको छ । सहकारीको उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा श्रीलाल पौडेल, कोषाध्यक्षमा सरस्वती शर्मा, सदस्यहरुमा अणबहादुर खड्का (भगवान), खड्ग कार्की, लोकनाथ पाध्या, ईश्वरसिङ खत्री र जुनाकुमारी कार्की रहनुभएको छ […]