म्याग्दी समाचार
बाँसखर्कको सुन्तला बजार पठाउन सुरु

विकल्प न्यूज/जलजला माघ ९ गते । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका कृषकले सिजन सकिनै लाग्दा सुन्तला बजार पठाउन थालेका छन् । बढी मूल्य पार्नका लागि पुष सम्म बोटमै सुन्तला राखेका बाँसखर्कका कृषकले माघ सुरु भएलगत्तै सुन्तला टिपेर बजार पठाउन थालेका हुन् । गाउँकै युवाहरुले सुन्तला खरिद गरेर पोखरा, काठमाडौ, भैरहवा, बुटवल, नारायणघाट, बिरगञ्जको बजारमा पठाउन थालेका […]
दृष्टीबिहीन विद्यार्थीलाई न्यानो कपडा

विकल्प न्यूज/बेनी माघ ९ गते ।अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ निलकण्ठ सुवेदीको रोहबरमा अनेरास्ववीयु म्याग्दीका […]
कला संस्कृति संरक्षणमा चुनौती

लोकेश पुनमगर/विकल्प न्यूज माघ ९ गते । विश्व आधुनिकता तिर लम्कीरहेको छ । अहिलेको युग आधुनिक युग हो । संञ्चार र प्रविधिको तिव्रतर विकास सँगै विश्व आज एउटै घर बन्न पुगेको छ । आधुनिक संस्कृति र संस्कारले हाम्रो समाजलाई चारैतिरबाट घेरिरहेको छ । हामीले आधुनिकतालाई आत्मसाथ गर्दै गर्दा हाम्रो पहिचानलाई पनि भुल्दै जानथालेका छौं । […]
अन्नपूर्ण गाउँपालिकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको गाउँपालीकाले २०७४ साउन देखि पुष मसान्तसम्म पाँच करोड ८८ लाख ४१ हजार २८५ […]
नगरबासीको सम्पत्ती मूल्याङ्कन गरिँदै
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ माघ । बेनी नगरपालीकाले एकिकृत सम्पत्तीकर लागू गर्न सम्पत्ती मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तीकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंगको परामर्शलाई तिब्रता दिएको हो । नगर क्षेत्रभित्रका […]
सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ माघ । म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो । प्रजिअ कृष्णप्रसाद […]
मुस्ताङमा पर्यटक आगमन चौतिस प्रतिशतले बढ्यो

निरज थकाली/विकल्प न्यूज मुस्ताङ ९ माघ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुको संख्या चौतिस प्रतिशतले बढेको छ । २०१६ को तुलनामा ३४.४९ प्रतिशतले पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोम स्थित ईलाका कार्यालयले जनाएको छ । सन २०१७ मा ५२ हजार ४७५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका कार्यालयका सुरेश थापाले जानकारी […]
घार स्वास्थ्य चौकीको भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य सुरु भएको हो । श्रीपञ्चपी पर्वको अवसर पारेर वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले सोमबार भवनको संयुक्त रुपमा शिलन्यास गर्नुभयो । दुई तले भुकम्प प्रतिरोधी क्षमत्ताको अपाङ्गमैत्री भवन निर्माणका लागि एक करोड ५६ […]
रिजाल परिवारद्धारा गलेश्वरलाई पचास हजार भन्दा वढी सहयोग
विकल्प न्यूज/बेनी माघ ८ गते । पर्वतको जलजाला ७ धाइरिङका रिजाल परिवारद्धारा बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर मन्दिरलाई सामाग्री र नगद गरि पचास हजार रुपियाँ भन्दा वढी सहयोग गरेका छन् । जलजला ७ घर भइ हाल पर्वत बेनीमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आउनुभएका समाजसेवी डण्डपाणी र उहाँको धर्मपत्नी माया रिजालले गलेश्वर क्षेत्रविकास कोष र […]
म्याग्दी साक्षर जिल्ला घोषित

विकल्प न्यूज/बेनी म्याग्दी,माघ ८ गते ।म्याग्दी जिल्लालाई सोमवार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि साक्षर जिल्ला घोषणा गरिएको छ । म्याग्दी ३९ औं साक्षर जिल्ला घोषणा भएको हो । साक्षर जिल्ला घोषणा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि जिल्ला स्थित विभिन्न शैक्षिक संघसंस्था,सरकारी कार्यालयका कर्मचारी र विद्यार्थीहरु सहित बाजा गाजाका साथमा बेनीमा ¥याली निकालिएको थियो । बेनीमा रहेको […]
अनेरास्ववियु म्याग्दीद्धारा वालवालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी माघ ८ गते ।अनेरास्ववियु म्याग्दीले श्रीपञ्चमीको अवसर पारेर वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बेनी नगरपालिका ६ स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई १० हजार रुपियाँ वरावरको न्यानो कपडा वितरण गरेको हो । चिसो मौसममा आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुका वालबालिकाहरु समस्यामा परेको जानकारी भएपछि विद्याथीहरुले […]
महोत्सवको उपलब्धी के ?

सन्तोष गौतम/विकल्प न्यूज माघ ८ गते । पुष २८ गतेदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालीत छैठांै म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिँदैछ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भिœयाउने र ब्यापार प्रर्वद्धन […]
आगलागी पीडित सुवेदी परिवारलाई दिदीवहिनीको एघार हजार सहयोग

विकल्प न्यूज/जलजला माघ ८ गते । पर्वतको जलजला ७ धाइरिङ सल्यानका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई बेनीमा रहेको दिदीवहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको छ । आर्थिक अवस्था कमजोरी रहेको सुवेदी परिवारको दुःखमा साथ दिनका लागि सहकारीले आर्थिक सहयोग गरेको सहकारीले जनाएको छ । सोमवार सहकारीको कार्यालयमा कार्यक्रमको आयोजना गरि सुवेदीको […]
मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालिकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ । बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालिकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा सहभागीता […]
आठ करोडको कारोबार गर्दै छैठौं म्याग्दी महोत्सव समापन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ। आठ करोड रुपैयाँको कारोबार गर्दै आईतबार बेनीमा छैठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन […]