अनेरास्ववियु म्याग्दीद्धारा वालवालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी
माघ ८ गते ।26996675_796385743905342_401210980_nअनेरास्ववियु म्याग्दीले श्रीपञ्चमीको अवसर पारेर वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बेनी नगरपालिका ६ स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत २२ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई १० हजार रुपियाँ वरावरको न्यानो कपडा वितरण गरेको हो ।

चिसो मौसममा आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुका वालबालिकाहरु समस्यामा परेको जानकारी भएपछि विद्याथीहरुले बेनीमा न्यानो कपडा संकलन अभियान सञ्चालन गरेका थिए । बेनीका विभिन्न फेन्सी पसल हरुमा स्वैइटर,जकेट,टोपी जस्ता न्यानो कपडा सहयोग संकलन गरेर बितरण गरिएको अनेरास्ववियुका अध्यक्ष सुवास विकले जानकारी दिनुभयो ।

वितरण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश पौडेलले यो बढ्दो जाडोमा न्यानो कपडाको अभाव भएकाले सामाजिक दायित्व पुरा गर्न संगठनले न्यानो कपडा वितरण गरेको बताउनुभयो ।

अनेरास्ववियु जिल्ला अध्यक्ष बिकले आफुहरुले सामाजिक सेवाको काम लाई निरन्तरता दिदै जाडोकै कारण म्याग्दीमा कोही नाग्गो बस्न नपरोस भनेर न्यानो कपडा वितरण गरेको बताउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक भक्त कार्किले अनेरास्ववियुको सहयोगले ठूलो राहत मिलेको भन्दै धन्यवाद ब्यक्त गर्नु भयको थियो।
कार्यक्रम अनेरास्ववियु म्याग्दिका अध्यक्ष बिकको अध्यक्षता कोषाध्यक्ष दर्पण रोकाको सन्चालनमा कार्यक्रम सम्पन्न भयको थियो।