विकल्प न्यूज/बेनी
म्याग्दी,माघ ८ गते ।म्याग्दी जिल्लालाई सोमवार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि साक्षर जिल्ला घोषणा गरिएको छ । म्याग्दी ३९ औं साक्षर जिल्ला घोषणा भएको हो । साक्षर जिल्ला घोषणा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि जिल्ला स्थित विभिन्न शैक्षिक संघसंस्था,सरकारी कार्यालयका कर्मचारी र विद्यार्थीहरु सहित बाजा गाजाका साथमा बेनीमा ¥याली निकालिएको थियो ।
बेनीमा रहेको बेनी सामुदायिक विद्यालयको प्राङगणमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रवहादुर थापाले व्यानर पढेर म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । म्याग्दीलाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिवद्धतासहित कार्यक्रममा उपस्थित भएका अतिथिहरुले हस्ताक्षर समेत गर्नुभएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य थापाले पूर्ण साक्षर जिल्ला बनाउनका लागि सवैजनाको सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले साक्षर जिल्ला मात्र घोषणा गरेर लक्ष्य पुरा नहुँने भन्दै दिगो बनाउन सरोकारवाला निकायहरुको थप प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक वावुराम पौडेलले मुलुकलाई नै साक्षर घोषणा गर्ने गरि सरकारले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
उहाँले सरकारले सञ्चालन गरेको साक्षर अभियान उपलब्धीमुलक भएको बताउँदै पूर्ण साक्षरता हाँसिल गर्नका लागि सवैको सहयोगको खाँचो रहेको बताउनुभयो । विकासको पहिलो सुँचक शिक्षालाई सवैको पहँचमा पु¥याउनु पर्ने उहाँको भनाई थियो । आर्थिक अवस्था कमजोर भएका गरिव परिवारलाई अझै शिक्षाको पहुँचमा ल्याउनका लागि ठूलो चुनौती रहेको उहाँको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्यद्धय नरदेवी पुन,विनोद केसी,प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी,माओवादीका गोविन्द पौडेल,पर्वतका जिशिअ रमेशराज पौडेल, धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जयराम सुवेदी, धौलागिरि मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणवहादुर खड्का,बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठ, गैसस म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदी र नव साक्षरका तर्फबाट डोलकुमारी पौडेलले लगायतले जिल्लालाई पूर्ण साक्षर बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँहरुले साक्षर कार्यक्रमलाई प्रभावकारी तरिकाले सञ्चालन गर्दै पूर्ण साक्षर बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
नेपाल सरकारले सन २०१५ सम्ममा सबैका लागि शिक्षाको पहुँच पु¥याउन थालेको राष्ट्रिय साक्षर अभियान अन्तर्गत म्याग्दीमा आर्थिक वर्ष २०६५र०६७ देखि साक्षर नेपाल अभियान संचालन गरी साक्षर प्रतिशतलाई ९६.२७ प्रतिशत पु¥याइएकाले साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा आधारभूत शिक्षामा पहुँच अपेक्षित रुपमा वृद्धि हुँदै गएको र विद्यार्थीहरुले विद्यालय छाड्ने दर र कक्षा दोहो¥याउने दर क्रमशः घट्दै गएको जिशिअ श्रेष्ठले बताउनुभयो ।
म्याग्दीमा रहेको कुल जलसंख्या मध्ये १५ देखि ६० वर्ष उमेर समूहको १९ हजार आठ सय ४२ निरक्षर रहेकोमा साक्षर कार्यक्रम संचालन गरी १६ हजार सात सय ५५ जना निरक्षरलाई सारक्षर बनाइएको उहाँले जानकारी दिनुभयो । म्याग्दीमा अझै ३ हजार ८७ जना निरक्षर छन् ।
साक्षर कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र, साविकका गाविस, नगरपालिका, गैरसरकारी संघ संस्थाहरु, शिक्षक, विद्यार्थी लगायतसँग सहकार्य गरेर कार्यक्रम संचालन गरी म्याग्दीलाई साक्षर जिल्ला बनाउन सकेको उहाँले दाबी गर्नुभयो । जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसीको अध्यक्षता, विद्यालय निरिक्षक विश्व प्रकाश रेग्मीको सञ्चालन र विद्यालय निरिक्षक दलवहादुर थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।