सन्तोष गौतम/विकल्प न्यूज
माघ ८ गते । पुष २८ गतेदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालीत छैठांै म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्योगीक, ब्यापारीक प्रर्दशनी आईतबार सकिँदैछ ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भिœयाउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो ।
तुलनात्मक रुपमा शान्तिपूर्ण र व्यवस्थित रुपमा सञ्चालीत महोत्सवले दर्शकलाई तान्न सक्नु सकारात्मक मानिएपनि आर्थिक र ब्यापारीक भन्दा पनि मनोरञ्जनमा केन्द्रित भएको आलोचकहरुको टिप्पणी छ । म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोलानाथ घिमीरेले दर्शकको उपस्थिती र स्टलको ब्यापारलाई मात्र नभई महोत्सवले दिने सन्देश, सामाजिक आर्थिक क्षेत्रमा पर्ने प्रभावलाई पनि उपलब्धीसँग जोडेर हेर्नुपर्ने बताउनुहुन्छ । “स्थानीय उत्पादनको प्रर्दशनी र ब्यापार कति भयो अनी सम्भावनाको उजागर गरिएको भनिएको क्षेत्रमा कति लगानी भित्रन र त्यसको विकासमा के असर गर्छ भन्नेमा महोत्सवको सफलता निर्भर हुन्छ” घिमीरेले भन्नुभयो “पारदर्शीता र आम्दानीको सदुपयोग तथा सामाजिक क्षेत्रमा परिचालन गरेमा राम्रो सन्देश जानेमा आयोजकले ध्यान दिनुपर्छ ।”
महोत्सवमा प्रस्तुत विभिन्न जातजातीका परम्परागत संस्कृती देखि ग्रामिण जनजिवनमा आधारिक घरेलु उत्पादन, तस्विर, वृत्तचित्र प्रर्दशनीले समग्र जिल्लालाई एकै ठाउँमा चिन्ने अवसर मिलेको कुश्माबाट आएका हरेराम खत्रीले बताउनुभयो । अन्य महोत्सवको तुलनामा टिकट बिक्री व्यवस्थित, पासको दुरुपयोग रोक्न गरिएको पहल र सुरक्षा निकायले अपनाएको सर्तकतालाई सकारात्मक मानिएको खत्रीले बताउनुभयो ।
स्थानीय उत्पादन प्रर्दशनीमै सिमीत हुनु, आयातीत बस्तुको उल्लेख्य ब्यापार, रमाईलो मेलाका नाममा महोत्सवले जिल्लाकै पैसा बाहिर पठाएको तथा केही कलाकारहरुको उत्तेजक प्रस्तुतीले विकृती भिœयाएको तर्क गर्नेहरुपनि छन् । म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ महोत्सवले पैसा बाहिरीयो मात्र भन्ने भनाईप्रति सहमत हुनुुहुन्न् ।
“गाउँका कृषक र उद्यमीले उत्पादन गरेका बस्तु तथा सामानको प्रर्दशनी मार्फत प्रचारप्रसार र बजारीकरण भएको छ । सम्भावनाको उजागर भएको छ । म्याग्दीका धार्मीक पर्यटकीय स्थलहरुको भ्रमणका लागि प्रोत्साहीत गरेको छ” श्रेष्ठले भन्नुभयो “निजी क्षेत्र र स्थानीय सरकारले सहकार्य गरेर विकास तथा प्रर्वद्धनमा लाग्ने हो भने महोत्सवको दिर्घकालीन उपलब्धी हाँसील हुन्छ ।”
महोत्सवमा स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला सञ्चालन भएको थियो । म्याग्दीका छ वटा स्थानीय तहमा उत्पादीक कृषि, वनपैदावार, लघुउद्यम र पशुजन्य बस्तुको प्रर्दशनी गरिएको थियो । गुर्जा देखि नांगी सम्मका उद्यमीहरु आफ्नो बस्तु तथा उत्पादन प्रर्दशनीका लागि ल्याएका थिए । अल्लो र ढाकाका कपडा, नेपाली कागज, ऊनीको धागोमा हातेले बुनेका कपडा, गुर्जाको क्वार्ज, सिमी, मकै, भटमास, चिज, चामल, स्लेट, भिरमह प्रर्दशनी गरिएको थियो । स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीको व्यवस्था गरिएको थियो । कृषकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन कृषि मेला प्रर्दशनी समेत भएको थियो । अल्लोका कपडा, जुत्ता, झोला लगायत सामान बिक्रीका लागि आउनुभएका धौलागिरी गाउँपालिका ७ धारापानीका उद्यमी किरण थापाले ब्यापारसंगै प्रचारप्रसारमा सहयोग पुगेको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका ८ नांगीकी उद्यमी जसमाया पुनले धेरै ब्यापार नभएपनि प्रचारप्रसारसंगै बजारीकरण र कसरी ब्यापार गर्ने भन्ने बारेमा जान्ने अवसर मिलेको बताउनुभयो । अर्की उद्यमी लिलादेवी पुनले भने अल्लो र ढाकाको कपडाको उल्लेख्य ब्यापार भएको बताउनुभयो ।
रघुगंगा गाउँपालिका ३ पिप्लेका चित्रकार अमृत श्रीपालीले आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउनुभयो । उहाँले चित्रमा म्याग्दीका विभिन्न धार्मीक पर्यटकीय स्थललाई दुरुस्त उतारेर प्रर्दशनी गर्नुभएको थियो । महोत्सवमा बैङ्क तथा बित्तिय संस्था, शैक्षिक प्रर्दशनी, जनचेतना प्रवाह गराउने सन्देशमुलक देखि सवारी साधन, डोजर, एलएनटी, कृषि औजार समेत प्रर्दशनी भएको थियो ।
२०० मध्य अधिकांश स्टल होटल र फेन्सी सम्बन्धि थिए । महिला उद्यमीहरुले स्थानीय खानाका परिकारको स्टल सञ्चालन गरेका थिए भने सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्टलबाटै निशूल्क प्राकृतिक तातोपानी वितरण गर्ने व्यवस्था मिलाएको थियो । म्याग्दी महोत्सवमा प्रर्दशनीमा राखिएको हिरा जस्तै टल्कने बहुमुल्य क्वार्ज ढुङ्गा देखाउँदै गुर्जाका धनबहादुर छन्त्याल र क्वार्ज ढुङ्गा । धौलागिरी गाउँपालिका १ गुर्जामा रहेको बहुमुल्य क्वार्ज खानी उत्खनन्को प्रतिक्षामा छ । तस्विर नवविकल्प
म्याग्दीका धार्मीक तथा पर्यटकीय स्थलहरुलाई समेटेर वृत्तचित्र तयार पारेर प्रर्दशनी गरिएको थियो । यसैगरी तस्विर प्रर्दशनी पनि भयो । पचास वर्षअघि अमेरीकी नागरिकले खिचेका म्याग्दीका विभिन्न ठाउँका तस्विर बिशेष आकर्षण बन्यो । अञ्जु पन्त, प्रमोद खरेल, मिनल अमात्य लगायत अधिकांश राष्ट्रिय कलाकार ल्याएर दर्शकलाई मनोरञ्जन दिएका आयोजकले ज्योती मगरको उत्तेजक दोहोरी गायन र प्रस्तुतीका कारण आलोचना सहनु प¥यो ।
ब्राह्मण क्षेत्री समुदायमा बिवाहको बेलामा गाइने रत्यौली गीत प्रतियोगिताका साथै मगर समुदायको लोपोन्मुख यानीमाया, ब्रह्मणको भजन, नेवारको लाखे नाच प्रर्दशनीले महोत्सवमा ठाउँ पायो । रत्यौली प्रतियोगिताले ब्रह्माण क्षेत्री समुदायलाई आफ्नो परम्परागत संस्कृती संरक्षणमा जागरुक बनाएपनि निर्णायक चयन गर्दा जातीय सन्तुलन मिलाउन नसक्दा निष्पक्षतामाथी प्रश्न उब्जाएको बेनीका रामप्रसाद सुवेदीले गुनासो गर्नुभयो । यस्तो कमजोरीप्रति आयोजक सचेत बन्नुपर्ने उहाँको भनाई छ । पर्यटन प्रर्वद्धनका लागि जलेश्वरदेखि थकालीघरसम्म कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी सञ्चालन भयो । घोडा सफारी महोत्सवको नयाँ बिशेषता बन्यो । महोत्सवको अन्तिमतिर ¥याफ्टीङ गर्नेको चाप बढेपनि व्यवस्थापन र समन्वयको पक्ष कमजोर देखियो ।
यसैगरी म्याग्दी लबर्स ग्रुपले हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको दृष्य अवलोकन गर्ने व्यवस्था मिलायो । बेनीका ब्यापारीहरु हेलीकप्टर चढेर बिकट गुर्जा गाउँ पुग्दा त्यहाँका बासिन्दा उत्साहीत बने । म्याग्दी भ्रमण वर्ष २०१५ मनाउने तयारी भैरहेको बेला गुर्जामा हेलीकप्टर मार्फत पनि पर्यटक पुग्न सक्ने सन्देश दिन सफल भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । डेढ लाख दर्शक भिœयाउने र छ करोडको कारोबार गर्ने महोत्सवको लक्ष्य पुरा भएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताउनुभयो । टिकट बिक्रीलाई व्यवस्थित र पास वितरणमा कडाई भएकाले आर्थिक स्रोत जुटाउन सहज भएको उहाँको भनाई छ । महोत्सवमा स्थानीय कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गर्ने अवसर पाए । फ्रिस्टार ग्रुपको नृत्य प्रस्तुती स्थानीय कलाकारीताको विकासमा सम्भावनाको रुपमा उदाएको मानिएको छ । पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगितामा खेलाडी छनौट गर्ने क्रममा स्थानीय तह स्तरमा खेल गतिबिधि मार्फत प्रतिभा पहिचान भए । पहिचान भएका खेलाडीहरुलाई प्रदेश र केन्द्र स्तरमा पु¥याउन पहल गर्नुपर्ने बास्केटबल खेलाडी बिसन रानाले बताउनुभयो ।
उहाँले समग्रमा खेलकुद र भलिबललाई जस्तो बास्केटबल प्रतियोगिताको पुरस्कार देखि अन्य विषयमा समान ब्यवहार नभएको गुनासो गर्नुभयो । म्याग्दी विकास मञ्चका महासचिव दिनेशनारायण श्रेष्ठले लगानीको लागि क्षेत्र खोजीरहेका लगानीकर्ताहरुलाई महोत्सवले दिशा निर्देश गर्न सघाएको बताउनुभयो । महोत्सवको स्थानीय उत्पादनको प्रर्दशनी स्थलमा पुगेपछि कुन ठाउँमा के सम्भावना छ भने जान्ने अवसर मिलेको उहाँको भनाई छ ।
“जिल्लाको सबै ठाउँमा पुग्न नसकेकाहरुलाई कहाँको बिशेषता के हो भनेर महोत्सवबाट जानकारी लिन सकिएको छ” श्रेष्ठले भन्नुभयो “निजी क्षेत्र, स्थानीय सरकार र प्रवासीहरुले सहकार्य गरेर पूर्वाधार, पर्यटन, कृषि, जलविद्युत, लघुउद्यम, पशुपालन र संस्कृतीलाई उद्यमशिलतामा रुपान्तरण गरी म्याग्दीलाई संमृद्ध र विकसीत बनाउन सकिन्छ ।”
मालीका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले स्थानीय तह, निजी क्षेत्र र प्रवासीहरुबीच सहकार्यको वातावरण बनाउन महोत्सवले सहयोग गरेको बताउनुभयो । स्थानीय सम्भावनाको पहिचान र परिचालनका लागि कसरी अघि बढ्ने तथा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयमा धारणा बनाउन सहयोग पुगेको उपाध्यक्ष बिटालुको भनाई छ ।
महोत्सवका मुल संयोजक समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले कोरला नाका र कालीगण्डकी कोरीडोर सञ्चालनका लागि राजनीतिक नेतृत्वबाट प्राप्त भएको प्रतिवद्धता, पर्यटन प्रर्वद्धन र स्थानीय सम्भावनाको उजागर गराउन सक्नु महोत्सवको उपलब्धी भएको बताउनुभयो । “छ वर्षअघिको महोत्सवमा प्रर्दशनी गरिएको बेग र भगवतीको सिमानामा रहेको खरीढुङ्गा भारतमा निकासी हुन थालेको छ, यसपाली गुर्जाको क्वार्ज ढुङ्गालाई अन्तराष्ट्रिय बजारमा पु¥याउने पहल गरेका छौ” अध्यक्ष कर्माचार्यले भन्नुभयो “स्थानीय तहका जनप्रतिनिधिहरुले निजी क्षेत्रसंगको सहकार्यलाई अपनत्व ग्रहण गर्नुभएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ सफल बनाउने आधार तय भएको छ ।” गुर्जाको क्वार्जलाई गहना र सजावटका सामानमा पत्थरको रुपमा प्रयोग गर्न बजार सम्भावना अध्ययन गर्न नेपाली ब्यापारी मार्फत बेल्जीयम, मलेसीया र थाईल्याड पठाउन लागिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो । बहुमूल्य क्वार्जको उत्खनन र अन्तराष्ट्रिय बजारीकरमा निकासी गर्न सकेमा म्याग्दीको आर्थिक विकासमा महत्वपूर्ण उपलब्धि हाँसील हुने संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । पुस ७ गते नवविकल्पमा प्रकाशित