ताजा समाचार:
Search

म्याग्दी समाचार

थममाया मन्त्रीमा नियुक्त भएपछि म्याग्दीमा खुसीयाली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ फागुन । नेकपा एमालेका सांसद थममाया थापा बिहीबार मन्त्री बन्नुभएको छ । थापा मन्त्रीमा नियुक्त भएपछि जिल्लावासी खुसी भएका छन् । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा समानुपातीक तर्फबाट प्रतिनिधीसभा सदस्य चयन हुनुभएकी थापालाई बिहीबार प्रधानमन्त्री चयन हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला तथा बालबालीका मन्त्रीमा नियुक्त गर्नुभएको हो […]

म्याग्दीकी थममाया थापा मन्त्रीमा नियुक्त

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाल सरकारका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दीकी थममाया थापालाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गर्नुभएको छ । थापा नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवम् समानुपातिक सांसद हुनुहुन्छ । थापाले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाकी महिला नेत्री थापा एमालेको […]

प्रजातन्त्र र निर्वाचन दिवस मनाउन मूल समारोह समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ फागुन ।  बेनीमा ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवस मनाउन बिहीबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । समितिको कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले मूल समारोह समिति गठनका साथै फागुन ६, ७ र ८ गते त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको हो […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/दरवाङ फागुन ३ गते ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको विहिवार पुर्नगठन भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएसंगै  दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीको अध्यक्षतामा सात सदस्यीय नयाँ व्यवस्थापन समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा थमन गौतम, मालिकाका अध्यक्ष संरक्षण, सदस्य सचिवमा केन्द्र प्रमुख डाक्टर राजेन्द्र […]

म्याग्दीमा डढेलोबाट वन जोगाउनै मुस्किल

घनश्याम खड्का/विकल्प न्यूज फागुन ३ गते । फाइल तस्विर लामो खडेरीसँगै यहाँका सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा डढेलो लाग्न थालेको छ । माघ तेस्रो सातासम्म जिल्लाका दर्जन हाराहारी सामुदायिक वन हिमाली चरन डढेलोले खाइसकेको छ । सदरमुकामको वन कार्यालयसँग सीमा जोडिएको वराहपाखो सामुदायिक वनमा त यो साता मात्रै दुईपटक डढेलो फैलिएको थियो । वराहपाखो सामुदायिक वन जिल्लामा […]

पौडेल दम्पत्तीद्धारा टोड्केको स्वर्गेद्धारी आश्रममा २ लाख ५० हजार मुल्यका मुर्ती दान

विकल्प न्यूज/बेनी फागुन २ गते । टोड्केमा रहेको स्वर्गद्धारीको शाखा आश्रमलाई बागलुङका एक दम्पत्तीले २ लाख ५० हजार बराबरको मुर्ती सहयोग गरेका छन् । मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा रहेको शिवालय मन्दिरलाई बागलुङ नगरपालिका–२ श्रीनगरटोल निवासी माधवप्रसाद पौडेल र विष्णुकुमारी पौडेलले भगवान शिवजीको पत्थरका मुर्ती, शिव लिङ्ग,घण्टी र जलधार गरी कुल २ लाख […]

क्यान्सर पीडित दुर्गालाई हङकङबाट सहयोग

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँका क्यान्सर पीडित दुर्गा वहादुर लाम्गादेलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको शिलशिलामा हङकङमा रहनुभएका बेनी नगरपालिका ८ संगमचोकका कृष्ण धमालले लाम्गादेको उपचारमा सहयोग पु¥याउन १५ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । बुधबार ओमकुमारी शान्तीकोषका अध्यक्ष राजेश शाक्यलाई धमालका दाजु दिपेन्द्र विश्वकर्माले […]

गलेश्वरमा एकै दिन साढे दुई लाख भन्दा बढी भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा एकै दिन साढे दुई लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले दुई लाख ६६ हजार ९८८ रुपैयाँ भेटी चढाएका हुन् । गलेश्वर क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले […]

तलबको माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्रिय […]

बेनीमा म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधि पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी, बेनी नगरपालिका, कोलेनीका, […]

दरवाङ्ग आयोजनामा ५ बैंकले ३५० करोड लगानी गर्ने, ३० प्रतिशत सेयर सर्वसाधारणलाई

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजनामा चार वाणिज्य बैंक र दुई विकास बैंकले लगानी गर्ने भएका छन् । फाल्गुण २ गते कम्पनी र बैंकहरुबीच जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता भएको कम्पनीले जनाएको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी […]

प्रदेश ४ : सभामुखमा नेत्रनाथ निर्विरोध, पर्सि मुख्यमन्त्रीसँगै सपथ

२ फागुन, पोखरा । प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो । मनोनयनका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेभित्र मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरुङ […]

पत्रकारिता पुरस्कारको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले आफ्नो वार्षिक उत्सवको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक उत्सवको अवसरमा आगामी ५ गते ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पत्रकारीता पुरस्कार प्रदान गर्ने बुधबार बेनीमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक अकोश पौडेलले जानकारी दिनुभयो । नेपाल पत्रकार […]

विकास निर्माणमा उद्दाहरणीय कार्य ः लक्ष्य अघिनै भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन २ गते । रघुगंगा गाउँपालीका २ भगवतीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन । तस्विर धिरन खत्री समयमै पुरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने म्याग्दीको विकास निर्माणको प्रमुख चुनौती हो । म्याग्दीमा सञ्चालीत सडक, भवन, सिँचाई, खानेपानी, जलविद्युत, नदी नियन्त्रण सम्बन्धि दर्जनौ ठूला आयोजना ढिलासुस्तीले थला परेका छन् । उपभोक्ता […]

म्याग्दीमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,फागुन २ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा […]