म्याग्दी समाचार

एनआइसी एशियाको ‘धनवर्षा मुद्धती खाता’, १२ प्रतिशत व्याज

विकल्प न्यूज/बेनी फागुन २६ गते । एनआइसी एशिया बैंकले धनवर्ष मुद्धती खातामा १२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । ‘बैंक पनि, साथी पनि’ मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको बैंकका पर्वत बेनी शाखाका प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो  । ग्राहकहरुको हितलाई […]

लायन्स स्थापनाको सय वर्षको अवसरमा म्याग्दीका ३ जना पोखरामा सम्मानीत

विकल्प न्यूज/बेनी फागुन २६ गते । लायन्स क्लब स्थापनाको एकसय वर्षको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै देशभरबाट एकसय जनालाई पोखरामा सम्मान गरिएको छ । यसै क्रममा म्याग्दीका खड्क गबुर्जा,महाविर पुन र याम शाक्यलाई पनि पोखरामा भव्य सम्मान गरिएको छ । सम्मानित हुनेहरुलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिएको छ । ‘हाम्रो […]

क्यान म्याग्दीको गठन

विकल्प न्यूज/बेनी फागुन २६ गते । शनिवार बेनीमा कप्यूटर तथा सूचना प्रबिधि संग संबन्धित व्यवसायीहरुको भेलाले कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) म्याग्दीको तदर्थ समिति गठन गरेको छ । भेलाले बामदेव रिजालको अध्यक्षतामा ७ सदस्यीय क्यान म्याग्दीको तदर्थ समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा ध्रुर्वराज कार्की,सचिव लालवहादुर कार्की,सहसचिव ज्ञानु श्रीस,कोषाध्यक्ष महेन्द्र रेग्मी,सदस्यहरु युवराज आचार्य र […]

पुन मगर समुदायको संस्कृति र सम्पदा संरक्षणमा जोड

सन्तोष गौतम/विकल्प न्यूज काफलडाँडा २५ फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालिका, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका सहसचिव भरतमणी […]

खबरालाई केराको पकट क्षेत्र बनाउने तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ फागुन । बेनी नगरपालीका २ खबरा र बगरफाँटलाई केरा खेतीको पकेट क्षेत्र बनाउने तयारी भएको छ । बेनी नगरपालीकाले खबरालाई केराको पकेट क्षेत्र बनाउन कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाको संयोजनमा कृषकहरुलाई ब्यवसायीक केरा खेती सम्बन्धि तालीम, प्राबिधिक सहयोग र अनुदानमा केराको बिरुवा वितरण गर्ने कार्यक्रम […]

म्याग्दीमा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ फागुन । म्याग्दीमा बिहीबार विभिन्न कार्यक्रम गरेर १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बेनी नगरपालिका, मंगला, मालीका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा विभिन्न वडाहरुमा स्थानीय तह, वडा कार्यालय, आमा समूह, महिला सहकारी र विभिन्न संघ संस्थाले अन्तरक्रिया, ¥याली र प्रवचन कार्यक्रम गरेर दिवस मनाएका हुन् । बेनी […]

अनेमसंघ क्रान्तिकारीद्धारा सहिद परिवारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ फागुन ।  नेकपा(विप्लब) निकट अनेमसंघ क्रान्तिकारीले १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार बेनीमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । अनेमसंघ क्रान्तिकारीको धौलागिरी ब्युरोले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धु्रब घिमीरे (विप्लब), जिल्ला जनपरिषद् प्रमुख जगत पुन, ब्युरो प्रमुख उषा घर्ती लगायतले सहिद परिवारका सदस्यहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको […]

बिममा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनी फागुन २४ गते । म्याग्दीको मालीका गाउँपालिका ७ बिममा करिब डेढ करोड रुपैयाँको लागतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ । मालीका गाउँपालिका मार्फत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माण सुरु […]

पाउद्धारमा सिस्नो पाउडर उद्योग

विकल्प न्यूज/बेनी फागुन २४ गते । फाइल तस्विर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रसोधन गरेर पाउडर उत्पादन गरी आम्दानी गर्न थालेका हुन् । जंगलमा खेर गैरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी […]

खडेरीले हिउँदेबाली प्रभावित

विकल्प न्यूज/बेनी फागुन २४ गते । खडेरीका कारण गहुँ र समयमै मकै बाली लगाउन नपाएपछि बेनपा ५ पुलाचौरमा बाँझै बनेको खेत । तस्विर नवविकल्प झण्डै पाँच महिनादेखिको खडेरीका कारण म्याग्दीमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रूपमा रहेको गहुँ, जौ, उवा, तोरी, केराउ […]

बाँसबोटमा पशुपंक्षी फार्म स्थापना

विकल्प न्यूज/बेनी फागुन २४ गते ।  बेनी नगरपालिका ६ बाँसबोटमा एक कृषकले अठार लाख रुपैयाँको लगानीमा पशुपंक्षी फार्म स्थापना गर्नुभएको छ । परम्परागत रुपमा गाईभैसी पालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यवसायिक बनाउन बरदान पशुपंक्षी फार्म स्थापना गर्नुभएको हो । फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैसी र राँगो खरिद गर्न […]

घुम्तीकोषले महिलालाई सहुलियत

विकल्प न्यूज/बेनी फागुन २४ गते ।जिल्लाको धौलागिरी गाउँपालिका ३ मुनाकी पुष्पा मगरले बंगुरपालनका लागि स्थानीय धुवाङ सामुदायिक संस्थाबाट ७५ हजार रुपैयाँ ऋण लिनुभयो । गत जेठमा मासिक एक प्रतिशत ब्याजदरमा बिना धितो सामुहिक जमानीको आधारमा सामुदायिक संस्थाबाट लिएको ऋण एक वर्षभित्रनै तिरीसक्ने मगरको लक्ष्य छ । “सामुदायिक संस्थाबाट लिएको ऋण र स्वलगानी थपेर पाँच वटा […]

राममन्दीरको प्रर्वद्धनमा स्थानीयको सक्रियता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ फागुन । ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको पर्वतको जलजला गाउँपालिका २ मा रहेको राममन्दीरको प्रर्वद्धनमा स्थानीयले सक्रियता देखाएका छन् । कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन राममन्दीर सेवा आश्रम मार्फत पहल गरिएको हो […]

छानो उडाएपछि पठनपाठनमा समस्या

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ फागुन ।म्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनामा रहेको धौलागिरी आधारभुत विद्यालयको भवनको छानो हावाले उडाएपछि पठनपाठनमा समस्या भएको छ । शनिबार राती बेजोडका साथ चलेको हावाहुरीले २ कोठे कक्षा कोठा भवनको छनो उडाएको थियो । जस्तापाताको छानो हावाहुरीले उठाएपछि कक्षा ७ र ८ को पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रअ मनबहादुर […]

निर्माण व्यवसायी भन्दा उपभोक्ता समितिका अध्यक्ष बाठा भए ः अध्यक्ष रोका

विकल्प न्यूज/बेनी फागुन २३ गते । साविकको निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालीत विकास आयोजना कार्यान्वयनको अवस्था र तिनलाई पारदर्शी, दिगो एवं प्रभावकारी बनाउन भएको पहलका बारेमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकासंग नवविकल्प साप्ताहिकका लागि गरिएको संक्षिप्त कुराकानी ।  मालीका गाउँपालिकाले कुन क्षेत्रका आयोजनालाई प्राथमिकता दिएको छ […]