घुम्ती शिवीरबाट छ सय भन्दा बढी लाभान्वित

विकल्प न्यूज/बेनी
म्याग्दी ३० जेठ । IMG_7778मंगला गाउँपालिका ३ बरंजामा सम्पन्न एकिकृत घुम्ती शिवीरबाट छ सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मंगला गाउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले मंगलबार आयोजना गरेको शिवीरमा सर्वसाधारणलाई गाउँमै नागरीकता, अपांग, जेष्ठ नागरीक परिचयपत्र, स्त्री तथा प्रसुती रोग, कृषि, पशु सेवा लगायतका सेवा प्रवाह गरिएको हो ।

करिब ६५० जना सर्वसाधारणले शिवीरबाट सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताउनुभयो । मंगला गाँपालीकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजाका गरिब, विपन्न, अशक्त, असाहय नागरीकहरुलाई लक्षित गरेर शिवीर सञ्चालन गरिएको हो । IMG_7795सहायक प्रजिअ पोखरेलका अनुसार ६८ जनालाई नागरीकताको प्रमाणपत्र उपलब्ध गराइएको छ । प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित महिलाको पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०१ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै परामर्श सेवा लिएका छन् । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको छ ।
त्यस्तै जिल्ला पशु सेवा कार्यालय मार्फत १४२ जना सेवाग्राहीको ७०८ पशुको उपचार तथा ४४ ओटाको गोबर परीक्षण गरिएको छ । महिला तथा बालबालिका कार्यालयले ७३ जनालाई ज्येष्ठनागरिक र १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
कृषि कार्यालयबाट १२३ जनाले प्रत्यक्ष सेवा लिएका छन्भने घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले १० जनालाई आवश्यक सेवासुविधा दिएको छ । नापी कार्यालयबाट ५ जनाले परामर्श सेवा लिएका छन् । IMG_7778प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सरकारी सेवासुविधालाई भरपर्दो रुपमा जनताको घरदैलोमा लैजानका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले शिवीर मार्फत दुर्गम र विकट वस्तीका सर्वसाधारणले गाउँमै सेवा पाएको बताउनुभयो । IMG_7792प्रशासनको पहलमा यसअघि अन्नपूर्ण गाउँपालीकाको पोखरेबगर र मालीका गाउँपालीकाको दरवाङमा एकिकृत घुम्ती शिवीर सम्पन्न भएको थियो ।