सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ जेठ । पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा मंगलबार जेष्ठ नागरिक तथा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा ब्यवस्थापन सम्बन्धि शिविर सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा वडा कार्यालयले आयोजना गरेको शिवीरमा १३० जना लाभान्वित भएका छन् । स्त्रीरोग बिशेषज्ञ हेमा छन्त्याल, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याब टेक्नीसियन यामबहादुर थापा, सिनियर अहेव टंकनाथ शर्मा, जलजला गाउँपालिकाका स्वास्थ्य संयोजक लिलाराम कामती, बाँसखर्क स्वाथ्य चौकी ईञ्चार्ज अनुरोध प्रसाद यादवले सेवा दिनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष तुलसीराम रेग्मीको अध्यक्षता, सञ्चालन वडा सचिव गौतम घर्ती क्षेत्री र स्वागत वडा सदस्य युवराज अर्मजाले गर्नुभएको थियो ।