मंगलाको कुहुँमा अधिकांश योजना अन्तिम चरणमा

विकल्प न्यूज/बेनी
जेठ २९ गते ।  DSC_0104म्याग्दीको मंगला गाउँपालिका १ कुहँुमा चालु आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिका मार्फत बिनियोजन भएका विकास योजनाको निर्माण तिव्र पारिएको छ । शिक्षा,सडक,खानेपानी, सिँचाई लगायतका भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा विनियोजन भएको एक करोड ३९ लाख पाँच हजार रुपियाँ बराबरका योजनाहरुमा धमाधम काम भइरहेको हो ।

गाउँपालिकाको अनुदानमा वडा कार्यालयले छनौट गरेर सञ्चालन भएका ३० वटा मध्य १३ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेका छन् । असार मसान्त भित्रै योजना तथा कार्यक्रम सक्ने गरि जनप्रतिनिधिहरुले निरन्तर अनुगमन तथा सहजीकरण गरेको वडा अध्यक्ष डेकवहादुर राम्जालीले बताउनुभयो ।

वडाको पूर्ण गाउँ र कुहुँमा रहेका दुई विद्यालयमा चारकोठे भवन निर्माणका लागि २५÷२५ लाख रुपियाँ विनियोजन गरिएको छ । दुइवटै विद्यालयले भवन निर्माणलाई अन्तिमचरणमा पु¥याएका छन् । DSC_0091कुहुँको कौशीथान देखि मोहभिर सम्म सात सय ८० मिटर सडक खन्नका लागि पाँचलाख विनियोजन भएको योजना सम्पन्न भएको छ । थाईबाङमा रहेको न्यू लाली गुँरास युवा क्लबको खेलमैदान निर्माणका लागि विनियोजन भएको पाँच लाख रुपियाँको योजना पनि अन्तिम चरणमा पुगेको छ ।

कुहुँकै देउराली युवाक्लबका लागि खेलमैदान,स्टेज र शौचालय निर्माणका लागि विनियोजन भएको चार लाख पचासहजार रुपियाँको योजना अन्तिम चरणमा पुगेको छ । थाईबाङ आधारभूत विद्यालयमा घेरावार लगाउने र कम्प्युटर खरिदका लागि पाँचलाख विनियोजन भएको छ । घेरावार लगाउने काम सम्पन्न भएको छ ।

भर्जुलामा खानेपानी निर्माणका लागि एकलाख र सिँचाई मर्मतका लागि पाँचलाख रुपियाँ विनियोजन गरिएको छ । कुहुँमा विनियोजन भएका सवै योजनाहरुमा यतिखेर धमाधम काम भइरहेको वडा सदस्य दिलकुमारी खत्रीले जानकारी दिनुभयो । निर्वाचित भएर जनप्रतिनिधिहरु आएपछि वडा तहमा योजना निर्माणमा उत्साहजन रुपमा जनशहभागिता जुट्ने गरेको उहाँको भनाई छ ।

कुहुँमा विनियोजन भएका योजनाहरुमा करिव ७० प्रतिशत भन्दा माथि भौतिक प्रगति भएको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । असार मसान्त भित्र सवै योजनाहरु सम्पन्न गर्न उपभोक्ता समितिलाई गाउँपालिकाले निर्देशन दिएको पौडेलले बताउनुभयो ।