म्याग्दी समाचार
बेनीमा २०५ औ भानु जयन्ती मनाइयो
साधन राम्जाली/विकल्प न्यूज बेनी २९ असार । बेनीमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आदीकवी भानुभक्त आचार्यको २०५ औ जन्म जयन्ती मनाइएको छ । म्याग्दी साहीत्य सञ्चारको आयोजना र माउन्ट एभरेष्ट आवासीय माविमा गठीत बुलबुल पाठक समूहको सह आयोजनामा रचना बाचन गरेर दिवस मनाइएको हो । माउन्ट एभरेष्ट आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा विभिन्न साहीत्यकारहरुले रचना […]
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
प्रताप बानियाँ/धिरन खत्री म्याग्दी, असार २९ गते । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र बेनी नगरपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी बेनी नगरपालिकाका स्थानीय बासिन्दाहरुले […]
म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार
सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ असार । म्याग्दीमा यस वर्ष १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिम्मुरको खेती विस्तार भएको छ । जिल्ला वन कार्यालयले उपभोग बिहीन खाली पाखोको सदुपयोग गरी समुदायको आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले सामुदायीक वन र निजी वनमा टिम्मुर खेती विस्तार गरेको हो । तिन वटा सामुदायीक वन र ११ जना कृषक हरु […]
दाङखोलामा बेलिब्रिज जडान
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने फेदी स्थित दाङखोलामा बेलिब्रिज जडान भएको छ । दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको पहलमा दाङखोलामा बेलिब्रिज निर्माण भएको हो । बेलिब्रिजको शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष पुनले गाउँपालिकालाई जोड्ने […]
म्याग्दीमा निजी आवास पुननिर्माण सुस्त
विकल्प न्यूज/बेनी असार २९ गते । भूकम्प गएको तिन वर्षपछि म्याग्दीमा सुरु भएको भूकम्प पीडितको निजी आवास पुननिर्माणको काम सुस्त देखिएको छ । नक्कली भूकम्प पीडित बढी भएकाले तोकीएको समयसिमाभित्र दोस्रो किस्ताको अनुदान पाउनेको संख्या न्युन रहेको छ । भूकम्प प्रभावित १७ जिल्लाको सूचिमा पर्ने म्याग्दीमा ७८० घरधुरी भूकम्प पीडितले निजी आवास पुननिर्माणका लागि अनुदान […]
उद्यमी र सामुदायिक संस्था पुरस्कृत
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ असार । गरिवी निवारण कोषले परिचालन गरेको घुम्ती कोषबाट ऋण लिएर नमुना उद्यम व्यवसाय गर्ने म्याग्दीका उद्यमी र सामुदायीक संस्थालाई बिहीबार बेनीमा पुरस्कृत गरिएको छ । गरिबी निवारण कोष र जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा दुई वटा सामुदायीक संस्था, एक वटा उत्पादन समूह र दुई जना उद्यमी पुरस्कृत भएका […]
रघुगंगामा प्रभु बैँकको शाखा विस्तार
कमल खत्री /रघुगंगा असार २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । १५४ औँ शाखाको रुपमा मौवाफाँटबाट बैँकीङ […]
मुनामा प्रशिक्षक प्रशिक्षण तालीम सम्पन्न
होसीयार सिङ विश्वकर्मा मुना २८ असार । धौलागिरी गाउँपालिका ३ मुनामा बुधबार ३ दिने महिला स्वास्थ्य पुनतार्जकी सम्बन्धि स्वास्थ्यकर्मिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग र कदम म्याग्दीको आयोजनामा सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङ स्थित स्वास्थ्य संस्थाका प्रमुख र चार जना महिला स्वास्थ्य […]
पुल बनाउँदा पाएको ज्याला विद्यालयलाई सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ असार । म्याग्दीको धौलागिरी गाउँपालिका २ खोरीयाका बासिन्दाले ज्याला वापत पाएको नगद सामुदायीक विद्यालयलाई सहयोग गरेका छन् । धनमाने स्थित दरखोला माथि झोलुङ पुल निर्माणका क्रममा मजदुरी गरेका खोरीयाका बासिन्दाले ज्याला वापत पाएको दुई लाख रुपैया सामुदायीक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराएका हुन् । पुल निर्माणका लागि […]
शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हक कार्यान्वयनमा जोड
सन्तोष गौतम /विकल्प न्यूज बेनी २७ असार । म्याग्दीका सरोकारवालाहरुले शुसासन, पारदर्शीता र जवाफदेहीताको विकासका लागि सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजका प्रतिनिधिहरुले सूचनाको हक भ्रष्ट्राचार, अनियमितता, अपारदर्शीताको समस्या न्युनीकरणका लागि कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । प्रजिअ लिलाधर अधिकारीले […]
बिमको सोलार लिफ्ट प्रबिधिको खानेपानी आयोजना अन्तिमचरणमा
विकल्प न्यूज/बेनी असार २६ गते । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा सोलार लिफ्ट प्रविधिको खानेपानी आयोजना अन्तीम चरणमा पुगेको छ । वर्षौ देखिको खानेपानी समस्या हटाउनका लागि बिममा सोलार लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । गाउँपालिका अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत निर्माण हुन लागेको आयोजनाको […]
बेनी–जोमसोस–कोरला सडक आयोजनाको ढिलाईप्रति प्रदेश सरकारको असन्तुष्टि
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार ।गण्डकी प्रदेशको लाईफ लाईन घोषित राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको काममा भएको ढिलाईप्रति गण्डकी प्रदेश सरकारले असन्तुष्टि जनाएको छ । आयोजना मार्फत म्याग्दी र मुस्ताङ खण्डमा भैरहेको सडक स्तरोन्नतीको स्थलगत अनुगमन पछि मंगलबार बेलुकी बेनी नगरपालीका ९ गलेश्वरमा जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी र सरोकारवालाहरुसंगको अन्तरक्रियामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढिलासुस्तीप्रती […]
वर्षातका कारण खैरेनीमा घर चर्कियो – अनेरास्ववियु र प्रहरीको सहयोग
सन्दिप शर्मा /म्याग्दी असार २६ गते । म्याग्दीको सदरमुकाम बेनपा ८ मा रहेको क्याम्पस चोक देखि माथिको भिरालो पाखा खोरियामा बर्षातका कारण जमिन बग्न थालेको छ । बर्खायाम सुरु भए सँगै पानी परेपछी घरमाथि माटो आउनुको साथै घर चर्किएको छ । धौवलागिरी गाँउपालिका ६ मराङ्गबाट सरेर खोरीयामा वसोवास गर्नुहुने कृष्ण सुवेदीको घर देखि माथिको पहिरोले […]
क्याम्पसचोकको बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण
सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ असार । बेनी नगरपालिका ८ स्थित क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण भएको छ । पाखोको खोल्साबाट आउने बाढीका कारण क्याम्पसचोकमा बर्षेनी हँुदै आएको डुवान र बाढीको समस्या समाधानका लागि बेनी नगरपालिकाले छेकबाँध निर्माण गरेको हो । बजार माथिको पाखो भएर बग्ने खोल्सामा यस वर्ष १०२ थान ग्यावीयन […]
आमाबाबुको मृत्यु, १२ वर्षीय बालक किरियामा
२६ असार, पोखरा । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, ‘बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।’ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको ट्रिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय […]