वर्षातका कारण खैरेनीमा घर चर्कियो – अनेरास्ववियु र प्रहरीको सहयोग

सन्दिप शर्मा /म्याग्दी
असार २६ गते ।  20180710_152916म्याग्दीको सदरमुकाम बेनपा ८ मा रहेको क्याम्पस चोक देखि माथिको भिरालो पाखा खोरियामा बर्षातका कारण जमिन बग्न थालेको छ । बर्खायाम सुरु भए सँगै पानी परेपछी घरमाथि माटो आउनुको साथै घर चर्किएको छ ।
धौवलागिरी गाँउपालिका ६ मराङ्गबाट सरेर खोरीयामा वसोवास गर्नुहुने कृष्ण सुवेदीको घर देखि माथिको पहिरोले घर जोखिममा परेको छ ।
घर माथि जमिन पहिरोका कारण घर समेत चर्केपछी सुवेदी सहित ८१ वर्षका सुवेदीका बाबा र ७० बर्षकी आमाका साथै ३ बर्षको छोर र श्रीमती सहित ५ जनाको परीवार विस्थापित हुने स्थिती आएको छ ।20180710_152655तिनबर्ष मलेसीयामा पसिना चुहाएर सदरमुकाम मा लगेर बुढा बाआमा लाई सुखका साथ राख्ने भविस्यमा छोरालाई उचित शिक्षा दिने आसा राखेर झरेका सुवेदी अहिले निरास बन्न पुगेका छन् ।
सोही घर माथि आएको माटोलाई मंगलबार अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुबास विश्वकर्माको नेतृत्वमा गएको एक टोलि र नेपाल प्रहरीले घरमाथि भएको माटोलाई हटाएको छ ।

अध्यक्ष विश्वकर्माका अनुसार घर माथिको जमिनको भाग र घर समेत चकेको छ । उहाँले हाललाई घरमाथि आएर पुरेको माटोलाई हटाई सुवेदीको परिवारलाई घरमा नबस्नका लागि आग्रह गरेको बताउनु भयो । अध्यक्ष विश्वकार्माले यो अवस्था जो कोहिको पनि आउन सक्ने भएकाले सबै मिलेर सुवेदीलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।