ताजा समाचार:
Search

म्याग्दी समाचार

चिकित्सकको चरम लापरबाही

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । फिस्टेल हस्पीटल पोखराका चिकित्सकले हात भाँचीएका म्याग्दीका एक बालकको उपचारमा चरम लापरबाही गरेको पाइएको छ । मालिका गाउँपालिका ६ दरवाङका ४ वर्षिय राहुल आचार्यको हातमा गरिएको पलास्टर र राखीएको स्टीलको रड निकाल्ने क्रममा चिकित्सकले लापरबाही गरेका हुन् । पलास्टर निकाल्ने क्रममा संगै राखिएका तिन मध्य एउटा रड त्यसै […]

विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी जेठ १२ गते । मंगला गाउँपालिका २ रणवाङमा रहेको ज्ञानोदय आधारभुत विद्यालयलाई एक परिवारले कम्प्युटर सहयोग गरेका छन् । स्थानीय जितेन्द्र पुन र नन्दकुमारी पुनले ४५ हजार रुपैया मूल्य बराबरको एक थान कम्प्युटर सहयोग गर्नुभएको हो । बिहीबार आयोजित वार्षिक परिक्षाको पुरस्कार र छात्रवृत्ती वितरण कार्यक्रममा पुनद्धयले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । […]

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा एकिकृत घुम्ती शिवीर

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पोखरेबगर,जेष्ठ ११ गते । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि […]

युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’(भिडियो सहित)

विकल्प न्यूज/बागलुङ जेठ ११ गते ।   विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत […]

बेनीमा ठुलाे सख्यामा जुवाडे पक्राउ

विकल्प न्युज / बेनी जेठ १० गते । बेनीका ३ स्थानबाट १ महिला सहित १४ जना पक्राउ परेका छन ।  प्रहरी नायव उपरीक्षक  विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा […]

ज्यानकै बाजी थापेर बनाए गुर्जालीले तातोपानी कुण्ड (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज गुर्जा,जेठ १० गते । अग्ला पहाडको यात्रा अनि अनकन्टार भिर । साघुरो बाटो । ज्यानकै बाजि थापेर मात्र पुग्न सकिने गुर्जा खोलाको किनार जहाँ छ तातोपानीको कुण्ड । गुर्जाली शाहस र हिम्मतले मात्र सम्भव भयो तातोपानीको संरक्षण । गुर्जाबाट करिव पाँच घण्टाको पैदल यात्रा पछि मात्र यहाँ पुग्न सकिन्छ । म्याग्दीको गुर्जा […]

अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ १० गते । पर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ । गायक अनिल गौतम र […]

दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी […]

निस्कोटमा महिला तथा आदिवासी जनजातिहरुलाइ प्रशिक्षण

साधन राम्जाली/दरवाङ जेठ १० गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा  बुधबार महिला क्षमता बिकास तथा आदिबासी उत्थान १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय एबं महिला तथा जनजाती संजालको सयुक्त आयोजना र नेपाल मगर बिधार्थी संघकी पुर्व केन्द्रीय अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय सचिब एबं बाग्लुङ गलकोट नगर पालिकाकी उपप्रमुख रेनुका […]

गोपालनारायण भट्टचनलाई अभिनन्दन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १० गते । बिपी चिन्तन प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बिपी चिन्तन प्रतिष्ठान म्याग्दीद्वारा प्रकाशित सरलता र आदर्शका प्रतिक गोपालनारायण भट्टचन जीवनी, विचार र योगदान विषयक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन गर्दै […]

मालिका गाउँपालिकाद्धारा गाईखर्क ताल संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ ।  म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई बढाउन बाँध बनाइएको गाउँपालिकाका अध्यक्ष […]

देविस्थानमा नेपाली कागज उद्योग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वुद्धीका लागि […]

सिण्डीकेटधारीको जरो उखेल्दै प्रहरी

सन्तोष गौतम/विकल्प न्यूज बेनी १० जेठ । बस रिजर्भ गरेर बेनी देखि मुस्ताङ जादै गरेका यात्रुलाई झारेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाउने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।बेनी देखि जोमसोम तर्फ रिजर्भमा यात्रु लिएर जादै गरेको बसलाई बुधबार बिहान ४.३० बजे रघुगंगा गाउँपालिका ३ को गायत्री मन्दिर अगाडी रोकेर आफ्नो सवारी साधनमा […]

धौलागिरि माविमा शौक्षिक अन्तरक्रिया सम्पन्न

सन्दिप शर्मा/म्याग्दी जेठ ९ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधबार बेनपा ४ सिंगामा रहेको धौवलागिरी माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धौवलागिरी स्रोत केन्द्र अन्तर्गतका २१ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले नगरपलिका भित्र […]

गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि पालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी पाईजाको पहलमा पोखरामा […]