ताजा समाचार:
Search

पर्यटक सूचना केन्द्रलाई मोना कतारद्धारा स्मार्ट टिभी सहयोग

विकल्प न्यूज/बेनी
साउन १ गते । 37222516_10155859161151859_2011211791761145856_nम्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सहयोग गरेको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका चर्चित तथा ओझेलमा परेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि लक्षित गरी कालिपुलमा स्थापना गरिएको केन्द्रलाई आवश्यक पर्ने स्मार्ट टिभी र पोजेक्टर खरिद गर्न ६१ ह्जार आर्थिक सहयोग गरेको हो ।

सोमबार बेनीमा आयोजित कार्यक्रममा मोना कतारका सचिव तारा क्षत्रीले सुचना केन्द्रका संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन रचनात्मक कार्यमा समेत सहभागिता जनाउने मोना कतारका अध्यक्ष रमेश पौडेललाई उद्धित गदैं क्षत्रीले बताए । यस अगाडी पनि कतारमै आयोजित कार्यक्रममा त्यहाँ रहेका नेपालीलाई म्याग्दी भ्रमणको निम्तो दिने गरी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो ।

बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्धारा सञ्चालित केन्द्रलाई सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले भ्रमण बर्षले जिल्लाका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसारले भविस्यमा पर्यटकको आगमन बढ्ने बताए ।

सोही अवसरमा सूचना केन्द्रका संयोजक शाक्यले स्र्माट सुचना केन्द्रको अवधारण अनुसार सञ्चालित केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण,दशकौं अगाडी खिचिएका म्याग्दीका तस्विर, सामाजिक, सांस्कृतिक, राजनीतिक सहित जिल्लाबासीको पहिचान झल्कने तस्वीरहरु सहित निशुल्क इन्टरनेट सहित आवश्यक सूचना राखिएको छ । केन्द्रमा अवलोकन गरी होटलमा बुक गरेमा छुटका सुविधा समेत रहेको छ।