ताजा समाचार:
Search

म्याग्दी समाचार

निजामति दिवसका अवसरमा म्याग्दीमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी भदौ २२ गते ।  निजामति सेवा दिवस २०७५ अवसरमा म्याग्दीमा रक्तदान गरिएको छ । नेपालकै इतिहासमा पहिलोपटक वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन प्रारम्भ भएको दिनको स्मरणमा आज निजामती सेवा दिवस मनाइँएको हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा गठन भएको निजामति सेवा दिवस मुल समारोह समितिको आयोजना,आधिकारिक टे«ड […]

विलबाङवासीको पीडा ः खस्यो पहिरो खोसियो बास

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज भदौ २२ गते । रुम,बिलबाङ ।बिलबाङकी ७५ बर्षिय बृद्ध मधुसरा पुनको दुइ हप्ता देखि गोठमा बास छ । उहाँको न वस्ने वास छ न त खाने गास । बैशाखमा पति गुमाएकी मधुसरालाई फेरी अर्को विपत आइलाग्यौ । घरमा एक्लै वस्दै आउनुभएकी मधुसरालाई साहारा दिने कोही छैनन् । पहिरोले खाने गास र वस्ने […]

बहिनीको स्मृतिमा जामुनाखर्क माविमा अक्षय कोष

विकल्प न्यूज/बेनी भदौ २२ गते । यहाँको एक विद्यालयमा उपचारको अभावमा तीनबर्षको उमेरमै ज्यान गुमाएकी बहिनीको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । बेनी नगरपालिका–६ छापका नारायण र किसान जिसीले स्वर्गीय बहिनी गंगा जिसी क्षेत्रीको स्मृतिमा बिहिबार जामुनाखर्क माविमा आर्थिक अभावका पठनपाठनमा समस्या भएका बालबालिकालाई लक्षित गरी १ लाखको छात्रबृत्ति कोषको स्थापना गर्नुभएको हो । […]

रेडक्रस दिवसमा विद्यालयमा सरसफाई

विकल्प न्यूज /बेनी म्याग्दी, भदौ २० ५६औं नेपाल रेडक्रस दिवसको अवसर पारेर मङ्गलबार पौलस्त्य माध्यमिक विद्यालय परिसर भीरमुनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजना र विद्यालय तथा युवा रेडक्रस सर्कलको सहआयोजनामा विद्यालयमा सरसफाई गरिएको हो । रेडक्रस दिवसको अवसरमा विद्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रममा रेडक्रसका पदाधिकारी, विद्यालयका शिक्षकहरु, युरेसका […]

सुरेशको उपचारका लागि एक लाख ७३ हजार सहयोग

विकल्प न्यूज/बेनी भदौ १९ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार एक लाख ७३ हजार २६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । स्वदेश तथा विदेशमा संकलित रकम मंगला गाउँपालिका–१ खानीगाउँकी सिता अर्मजाले आर्थिक संकलन संयोजक सिता पाईजा र लालकुमार रोकालाई हस्तान्तरण गर्नुभएको हो । बचाउ अभियानमा मंगला १ खानीगाउँ […]

५१ औं पटक रक्तदान गर्ने केसी सम्मानित

विकल्प न्यूज/बेनी भदौ १९ गते ।  नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५१ औं पटक रक्तदान गर्ने सुरत केसीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका समाजसेवी केसीलाई मंगलबार रेडक्रसको ५६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रमका विच सम्मान गरिएको हो । रेडक्रसका सभापति लेखवहादुर हमाल र […]

जन्मदिनमा विद्यालयलाई कम्प्युटर र विद्यार्थीलाई स्टेशनरी सहयोग

विकल्प न्यूज/बेनी भदौ १९ गते । बेनी नगरपालिका ६ जामुनाखर्क माध्यमिक विद्यालयका एकजना शिक्षकले आफ्नो जन्मदिनका अवसरमा विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।विद्यालयमा कार्यरत शिक्षक नवराज शर्माले जन्मदिनको अवसर पारेर मंगलबार एकथान कम्प्युटर र ५ जना विद्यार्थीहरुलाई एकहजार दुइसय बराबरको स्टेशनरी सामग्री प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो […]

निजामति दिवसका अवसरमा बेनीमा ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज/बेनी भदौ १९ गते । निजामति सेवादिवस २०७५ का अवसरमा बेनीमा जिल्ला स्तरीय अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला न्यायाधिश राजकुमार कोइराला र प्रहरी निरिक्षक लोकवहादुर गुरुङको समुह प्रथम भएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको समुहलाई पराजित गरेका हुन । प्रजिअ अधिकारी र बेनी नगरपालिकाका लेखा अधिकृत […]

काफलडाडाँका स्थानीयको श्रमदानबाट पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी भदौ १९ गते । तस्विर ः काफलडाँडाँमा रहेको करवाकेली मन्दिर  अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिनुभयो । […]

बेनी जोमसोम सडक जीर्ण भएपछि यात्रुलाई सास्ती

विकल्प न्यूज/बेनी भदौ १९ गते । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक जीर्ण बनेको छ । बाढी र पहिरोका कारण ७६ किलोमिटर लामो सो सडकको बेनीदेखि घाँसा खण्ड छियाछिया भएको छ । सडक जीर्ण बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको अन्नपूर्ण गाउँपालिका–६ घारका ठाकुरप्रसाद बरुवालले बताउनुभयो । पच्चीस किलोमिटरको यात्रा गर्न डेढ घण्टा बढी समय […]

आरोहण खुला गर्न गुर्जालीको माग

विकल्प न्यूज/बेनी भदौ १९ गते । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहण खुला गर्न यहाँका बासिन्दाले माग गरेका छन् । वडाको हालै बसेको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहण खुला गर्न सरकारसँग माग गरेको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सरकारले २०५२ सालदेखि गुर्जाका हिमाल आरोहण बन्द गरेको थियो । विसं २०५२ अघिसम्म […]

म्याग्दीकी गायिका इन्दु सर्वोत्कृष्ट नवगायिका अवार्ड द्वारा सम्मानित

विकल्प न्यूज/बेनी भदौ १८ गते । म्याग्दीकी गायिका इन्दु बानियाँ शाही सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित हुनुभएको छ । क्यापिटल इभेण्टद्धारा आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई यो अवार्ड प्रदान गरिएको छ । विएफ डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा पहिलो प्रेम बोलको गीतबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट नबगायिको अवार्ड इन्दुलाई […]

पूजा खत्रीले अब रुनु पर्दैन

 “दाइ, म त अब समाजसेवी बन्छु !” लक्ष्य बदलिएछ उनको । गएको हप्ताको मात्रै कुरा हो, म्याग्दी, बेनी– ६ की पूजा खत्री सहरको ‘हट केक’ बनिन् । अनलाइन, छापा, टेलिभिजनमा समाचारको हेडलाइनमा छाइन् । गरिबी, अभाव र दारिद्र्यको खाडलमा आकण्ठ जाकिएकी पूजा एकाएक ‘सेलिब्रिटी’ बनिन् । बेनी– ६ कै जामुनाखर्क विद्यालय कक्षा ६ की छात्रा […]

कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

विकल्प न्यूज/बेनी भदौ १८ गते । फाइल तस्विर बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् । बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको […]

युवाहरुले जुटाए सुरेशको उपचारका लागि डेढलाख

विकल्प न्यूज/बेनी भदौ १८ गते । मंगला गाउँपालिका ५ नेटाका युवाहरुले मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि डेढ लाख रुपियाँ जुटाएका छन् । मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेपछि यतिखेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएको छ । छन्त्यालको जिवन रक्षाका लागि परोपकारी संस्था ओमकुमारी शान्तिकोषले अभियान सञ्चालन गर्दै आएको छ । […]