ठिनी (मुस्ताङ) १९ मङसिर ः
मुस्ताङको सदरमुकाम जोमसोम देखि चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्तरगत छोसेर–कोरला खण्डको सडक स्तरोन्नती भएको छ ।
कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका १ छोसेर देखि चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नती गरेको हो ।
जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नती आयोजना मध्य कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनियर जगत प्रजापतीले जानकारी दिनुभयो ।
ट्याक मात्र खोलीएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ । वि.स २०७३ देखि सडक स्तरोन्नतीको काम सुरु भएको थियो ।
४८ करोड रुपैयाँ लागत अनुमान गरिएको छोसेर–कोरला सडक स्तरोन्नतीका लागि दिवा–रौताह–एपेक्स जेभीले भ्याट सहित २९ करोड रुपैयाँमा ठेक्का लिएको थियो ।
समुन्द्रि सतहदेखि चार हजार ६०० मिटरको उचाईको भुगोलमा प्रतिकुल मौसमको बावजुद पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधि भित्रनै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताउनुभयो ।
लाेमानथाङ गाउपालिकाकाे स्थानीयहरु काम सम्पन्न भएकाे कारण एकदमै खुसी रहेकाे र अब ठुला ठुला मालबहाक गाडिहरु सजिलै चिन लाेमानथाङ गर्ने सकिने जसकाे लाभ जनताले प्रत्यक्ष रुपमा लाेमानथाङ गाउपालिकाकाे अध्यक्ष शुवर्ण कुमार बिष्टले जानकारी दिनुभयाे ।
यसअघि कागबेनी–मुक्तिनाथ सडक कालोपत्रेको काम पनि निर्धारीत समयमै सकेको बताउँदै लालचनले जोमसोम विमानस्थल विस्तार तथा स्तरोन्नतीको काम पनि लक्षित समयमै सम्पन्न गर्ने बताउनुभयो ।११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक अन्तरगत अन्य छ वटा प्याकेजको भौतिक प्रगति सत्तरी प्रतिशत भन्दा बढी रहेको आयोजनाले जनाएको छ ।
सडक स्तरोन्नतीसँगै कोरला नाका खुलाउनका लागि सुरक्षा तयारी र चिन सरकारसँग कुटनितीक पहल भइरहको प्रतिनिधिसभा सदस्य प्रेम प्रसाद तुलाचनले बताउनुभयो ।