म्याग्दी समाचार
सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरौं
विकल्प न्यूज/बेनी पुस १६ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैजना जुट्नुपर्ने बताउनुभएको छ । जनप्रतिनिधि,शिक्षक र अभिभावक मिलेमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने उहाँले बताउनुभयो । सबै जुटेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न समस्या हुँदैन उहाँले भन्नुभयो । हामी सबैको आँखा निजी विद्यालयमा गएकाले सामुदायिक […]
५० लाख लगानीमा बेनीका युवाले खोले मौलीक खाजा घर
विकल्प न्यूज/बेनी पुस १६ गते । यहाँका एक युवाले ५० लाख लगानी गरेर मौलिक परिकारको रेष्टुरेण्ट खोल्नुभएको छ । बेनीको गणेश टोलमा रेहको पुरानो घरलाई मर्मत सम्भार गरेर चिटिक्क पारेर रेष्टुरेण्ट खोलिएको छ । युवा व्यवसायी २७ वर्षीय सिसम श्रेष्ठले मौलिक खानाका परिकारको स्वाद लिन पाइने वल्डहाउस रेष्टुरेण्ट सञ्चालन गर्नुभएको हो । मौलिक शैलीको ६० वर्ष […]
सहकारीमा आवद्ध भएपछि च्युरीबोटका महिलाहरुको जिवनस्तरमा सुधार
साधन राम्जाली/विकल्प न्यूज पुस १६ गते ।मालिका गाउँपालिका ४ च्युरिबोटमा सञ्चालित सोलेडाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वर्षिक साधारणसभा सम्पन्न भएको छ । ग्रामिणभेगका महिलाहरुको क्षमता अभिवृद्धि र जिवनस्तर सुधारका लागि महिलाहरुले सञ्चालन गरेको सहकारी उपयोगी भएको साधारणसभामा बोल्ने वक्ताहरुले बताएका छन् । साधारणभाको प्रमुख अतिथि वडा सदस्य सीता श्रीपालीले सहकारीले महिलाहरुको क्षमता […]
घारका किसानहरुले बनाए “मिनी कोल्डस्टोर” (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १६ गते । उत्तिरी अन्नपूर्ण गाउँपालिका ६ घारका कृषकहरुले सुन्तला भण्डारका लागि कोल्डस्टोर(शितभण्डार) निर्माण गरेका छन् । बिरौटा बहुउद्देश्यीय कृषक समुहले गाउँमा शितभण्डार निर्माण गरेको हो । तत्कालिन जिल्ला कृषि विकास कार्यालयको पाँचलाख अनुदान र कृषकहरुको एकलाख ४२ हजार रुपियाँ बराबरको श्रमदानमा शितभण्डार निर्माण गरिएको हो । समुहमा आवद्ध ३३ जना […]
डाँडागाउँका १२५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाले आइतबार वडा न. ३ डाडागाउँमा आयोजना गरेको घुम्ती शिविर मार्फत १२५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप चार जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी […]
शिक्षकहरुलाई जिम्मेवार बन्न अध्यक्ष तिमिल्सीनाको निर्देशन
विकल्प न्यूज/बेनी पुस १५ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकहरुलाई जिम्मेवार भएर आफ्नो दायीत्व पुरा गर्न निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविले ७१ औ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायीत्वप्रती जिम्मेवार हुन निर्देशन दिनुभएको हो । १० देखि ४ बजेसम्म मात्र नभएर […]
जलजलाको शिद्धबाबामा आयोजना हुने महायज्ञको तयारी पुरा
विकल्प न्यूज/बेनी पुस १५ गते । पर्वतको जलजला २ बगरफाँट स्थित शिद्धबाबा आधरभूत विद्यालयमा सोमबार देखि सुरु हुने महायज्ञको सवै तयारी पुरा भएको आयोजकले जनाएका छन् । महायज्ञको भोली राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिए महयज्ञका प्रचाप्रसार संयोजक कृष्ण जिसीले बताउनुभयो । विद्यालयलाई आर्थिक स्रोत जुटाउन महायज्ञ गर्न लागिएको हो । विद्यार्थी संख्या […]
अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान […]
रुमका साढे दुई सय जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाले शनिबार वडा न. २ रुममा आयोजना गरेको घुम्ती शिविर मार्फत २५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी […]
फलामेडाडाँमा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया
विकल्प न्यूज/बेनी पुस १४ गते । जलजला गाउँपालिका ५ फलामेडाडाँमा प्रकृति संरक्षण संस्थाको आयोजनामा शनिबार वन्यजन्तु संरक्षण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाका सबै कल्वका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा वन्यजन्तु र मानवको दन्द्ध न्युनीकरण तथा संरक्षणको उपायका विषयमा छलफल भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो । […]
दन्त शिविरबाट चार सय लाभान्वित
विकल्प न्यूज/बेनी पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा लिएका हुन् । […]
म्याग्दीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगिता–२०७५ शनिबारदेखि सुरु भएको छ । ‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको आसन्न २८औं वार्षिकोत्सवको अवसर […]
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीना मल्लाजमा
विकल्प न्यूज/बेनी पुस १४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आउनुभएको छ । अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको निरिक्षण, […]
भुपु सैनिक सहकारीद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान
विकल्प न्यूज/बेनी पुस १३ गते । सदरमुकाम बेनीमा सञ्चालित भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । सहकारीको १३ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार अनाथ,अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई जनही सातहजार पाँचसयका दरले छात्रबृत्ती प्रदान गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसका सोमप्रसाद सापकोटा, विशेष केसी, रघुगंगा गाउँपालिका ६ अमर […]
ताकमकोत निर्माण समिति गठन
गोपाल आचार्य/विकल्प न्यूज ताकम १४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ । वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट मन्दिर निर्माणको काम अघि बढाउन गठन गरिएको समितिको उपाध्यक्षमा नरकुमारी बुढा चयन हुनुभएको […]