म्याग्दी समाचार

सरकार र सिके राउतबीचको वार्ता सकरात्मक : सभापति देउवा

बेनी, फागुन २६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।” सभापति देउवाले सरकार […]

कांग्रेस सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

साधन राम्जाली/ विकल्प न्युज बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र […]

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा म्याग्दीको तातोपानी कुण्डमा स्नान (फोटोफिचर)

प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उहाँहरु […]

शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?

विकल्प न्युज म्याग्दी, फागुन २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जाने समस्याले सास्ती दिएको गुनासो गरेका हुन् । पर्यटकीय स्थल […]

रघुगंगाको आवधिक योजना निर्माण सुरु

सन्तोष गौतम/ विकल्प मौवाफाँट २४ फागुन ।म्याग्दीको रघुगंगा गाउँपालिकाले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ । गाउँपालिकाको वर्तमान वस्तुअवस्था, सम्भावना, आवश्यकता, चुनौति र स्रोत साधनको विश्लेषण गरेर आवधिक योजना बनाउन लागेको हो । आवधिक योजना तयार गर्ने जिम्मा लिएको इगल सोलुसन प्रा.लीले गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा […]

म्याग्दीमा विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाईयाे

सन्तोष गौतम / विकल्प बेनी २४ फागुन ।‘लैङगिक समानताका लागि समान सोच र व्यवहार ः सम्बृद्धिको आधार’ भन्ने मूल नारा सहित शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बेनी नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ संस्थाहरुले ¥याली, अन्तरक्रिया, सभा र समारोहको आयोजना गरेर दिवस मनाएका हुन् । […]

बेनी आवासीय माविको २८ औं वार्षिकोत्सव सम्पन्न

विकल्प न्युज बेनी  फागुन २४ गते । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । पूर्व विद्यार्थी […]

शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न

साधन राम्जाली /विकल्प न्युज म्याग्दी, फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण […]

शिखमा पदमार्ग सुरु

सेते तिलिजा पुन/विकल्प शिख २३ फागुन ।विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष रामेश पाइजाले जानकारी दिनुभयो । […]

शान्तिकाेषलाई सहयाेग

विकल्प न्युज । बेनी बेनी १९ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि दुई व्यक्तिले संरक्षक सदस्यता लिएर चार लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान घर भई हङकङमा बस्दै आउनुभएका नदिसरा गर्बुजा र जलजला गाउँपालिका १ बाँसखर्क घर भइ हाल […]

शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सहयोग

प्रताप बानियाँ म्याग्दी, फागुन २२ ।  शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा कुसन […]

शिखमा एकिकृत घुुम्ति शिविर सुरू (फाेटाे सहित)

साधन राम्जालि / विकल्प म्याग्दी  फागुन  २३  गते  । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि   एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरबाट प्रवाह हुने सरकारी सेवा तथा सुविधाहरु उपलब्ध गराईएको छ । शिविरमा […]

पुलाचौरमा वडास्तरीय महिला सञ्जालको पूनर्गठन

विकल्प न्युज म्याग्दी, फागुन २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बुधबार सम्पन्न महिलाहरुको भेलाले शान्ति पौडेलको अध्यक्षतामा वडास्तरीय महिला सञ्जालको पूनर्गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा रन्जिता पौडेल, सचिवमा ईन्दिरा जिसी, उपसचिवमा उमा पौडेल र कोषाध्यक्षमा रुपा खत्री रहेका छन् । यसैगरी सञ्जालको सदस्यहरुमा टिकाकुमारी कार्की, सुनमाया परियार, रेजिना कटुवाल, विष्णु आचार्य, राधिका बानियाँ, […]

शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग

विकल्प न्युज म्याग्दी, फागुन २२ गते । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा […]

आगोले जलेकी बालिकाको उपचारमा समस्या

आगोले जलेकी बालिकाको उपचारमा समस्या सन्तोष गौतम बेनी १९ फागुन । आगोले जरेर घाइते भएकी म्याग्दीकी एक बालिकाको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ । धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि आर्थिक अभाव भएको हो । हजुरआमा बिसमती बिकका अनुसार गत माघ […]