म्याग्दी समाचार

अभिभावक भेलासहित उसु खेलाडीको ग्रेडिङ

विकल्प न्यूज/बेनी फागुन ४ गते । दुईवर्ष अगाडि स्थापना भएको जिल्ला उसु संघ म्याग्दीको आयोजनामा उसु खेलाडीहरुको ग्रेडिङ शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । म्याग्दी जिल्लामै पहिलोपटक उसु खेलका खेलाडीका अभिभावहरुको भेलासहित गरिएको उसुको ग्रेडिङमा उसु खेलाडीका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध ४४ जनाको ग्रेडिङ गरिएको म्याग्दीका उसु […]

मराङमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । विकास निर्माण र सेवा प्रवाहको बारेमा स्थानीयबासीको गुनासो, अपेक्षा, सुझाव संकलन तथा सम्बोधन गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना, म्याग्दी मिडिया सोसाइटी, संगम र कदम म्याग्दीको व्यवस्थापन तथा सहजिकरणमा सुनुवाई गरिएको हो । कार्यक्रममा मराङ र मल्कवाङका बासिन्दाहरुलाई गाउँपालिकाको […]

मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज मराङ ४ फागुन । धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला प्रशासन कार्यालयको […]

मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

साधन राम्जाली /विकल्प न्यूज फागुन ३ गते ।  म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले खेल क्षेत्रको विकासका लागि प्रदेश […]

जमुनाका परिवारलाई जापानबाट सहयोग

विकल्प न्यूज/बेनी फागुन ३ गते ।  कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्न बाध्य बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारको परिवारलाई शुक्रबार जापानबाट सहयोग प्राप्त भएको छ । दुई नातीसँगै बगरफाँटको सरस्वति आधारभुत विद्यालय परिसरमा बस्दै आएकी ७५ वर्षीया सुनारलाई बेनपा २ गौस्वाँरा घर भई हाल जापानमा रहनुभएका राजकुमार र शोभा […]

ट्रान्सफर्मरमा क्षति पुगेपछि भकिम्लीमा विद्युत अवरुद्ध

विकल्प न्यूज/बेनी फागुन ३ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा बिहीबार राती चट्याङ पर्दा विद्युतको ट्रान्सफर्मरमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको छ । भकिम्लीको डोलेमा रहेको ट्रान्सफर्मरमा चटयाङले क्षति पु¥याएपछि डोले, मुसुङ, छेपारे क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको स्थानीयबासी डिलबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार त्यहाँका १६० घरधुरी केन्द्रीय प्रशारण लाइनको विद्युत […]

मराङमा घुम्ति शिविर सञ्चालन हुने

विकल्प न्यूज/बनी फागुन २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङमा आगामी शनिबार एकिकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागेको हो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मल्कवाङ र मराङका बासिन्दालाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न […]

गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल

विकल्प न्यूज/बेनी फागुन २ गते । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको हो । ४६ फिट अग्लो यो त्रिशुल गण्डकी प्रदेशकै अग्लो भएको गलेश्वर शिवालय क्षेत्र विकास […]

जमुना सुनारलाई साथ दिन पुगे बेनीका युवाहरु

विकल्प न्यूज/बेनी फागुन २ गते ।  बस्ने घर नभएर विद्यालयले उपलब्ध गराएको एक कोठामा दुइ नाती सहित बस्न बिवस एक बृद्धलाई बेनीका युवाहरुले विहिवार सहयोग गरेका छन् । बेनी नगरपालिका २ तमानेकी ७५ वर्षीय जमुना सुनार बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयले शौचालय प्रयोजनका लागि बनाएको एक छाप्रोमा कष्टकर जिवन विताइरहेको समाचार सार्वजनिक भएपछि बेनीका युवाहरुले खाद्ययन्न,लत्ताकपडा […]

प्रथम सहिद लखन थापा मगरको स्मृतिमा रक्तदान

साधन राम्जाली मगर/विकल्प न्युज बेनी फागुन २ गते । नेपालका प्रथम सहिद लखन थापा मगरको सहिद स्मृति दिवसमा रक्तान गरिएको छ । थापा मगरको १ सय ४२ लौं स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र जिल्ला रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।   सदरमुकाम सहिद स्मृति चोकमा […]

दृष्टिविहिन स्रोत कक्षालाई रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा सहयोग

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले दृष्टिविहिन स्रोत कक्षालाई रु २१ हजार बराबरको सहयोग गर्नुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा रहेका बालबालिकाहरुको लागि अध्यक्ष भण्डारीले बुधवार सो सहयोग गर्नुभएको हो । उहाँले २१ हजार बराबरको मादल, सारङ्गी, अडियोको पेनड्राईभ, स्पिकर, […]

सालिजामा विद्यार्थीको आँखा जाँच तथा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/जलजला फागुन १ गते ।  जलजला गाउँपालिका ६ सालिजाको भोटेडाँडामा रहेको शान्ति आधारभूत विद्यालयमा निशूल्क आँखा जाँच तथा विद्यार्थीहरुलाई पोषाक र शैक्षिक सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा सञ्चालन भएको शिविरमा एकसय ६ जना विद्यार्थीहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको क्लबका अध्यक्ष श्रीलाल चापागाईले जानकारी दिनुभयो । यसै गरी […]

नेकपा मनायो बेनीमा २४ औं जनयुद्ध दिवस

विकल्प न्यूज/बेनी फागुन १ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभाका साँसद भुपेन्द्र […]

गण्डकी प्रदेश ः जोखिमका गर्भवतीलाई हवाई उद्धार कार्यविधि

पोखरा फागुन १ गते । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाको उद्धार र उपचारका लागि गण्डकी प्रदेश सरकारले एअर लिफटङ गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले यससम्बन्धी कार्यविधि पारित गर्दै जोखिममा रहेका महिलालाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल पुर्‍याउने निर्णय गरेको हो । समयमै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाको जीवन जोखिममा नपरोस् भन्दै प्रदेश सरकारले उद्धारका […]

लिटिल गार्डेनका विद्यार्थीद्धारा सन्देशमुलक नाटक प्रदर्शन

विकल्प न्यूज/बेनी फागुन १ गते । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर बजार परिक्रमा गरेपछि क्याम्पस चोकमा पुगेका लिटिल गार्डेनको कक्षा ७ मा अध्ययन […]