म्याग्दी समाचार
प्रतिष्ठान म्याग्दीद्वारा कलाकार र पत्रकारलाई सम्मान

विकल्प न्यूज/बेनीभदौं ८ गते । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रकार अमृत […]
अन्तरजातीय प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि

म्याग्दी,भदौं ८ गते । बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ । शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो । २०८० पुस १६ गते राति सवा ११ बजे घरबाट बेपत्ता भएकी बेनी-९ तोरीपानीकी १९ वर्षीया मीनाको शव गत साउन २७ गते […]
म्याग्दीका उद्योगी, व्यवसायीलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

प्रताप बानियाँम्याग्दी,भदौं ८ गते । म्याग्दीमा पेशा तथा व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुलाई लक्षित गरेर नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी तालिम सुरु भएको छ । ‘विकासको आधारः उद्योग र व्यापार’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा तालिम सञ्चालन गरिएको हो । बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित […]
तरकारी खेतीले छोराहरुलाई इन्जिनियर र कृषि प्राविधिक बनाउने बाबुराम (भिडिओ सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं ८ गते । काउली खेतीमा काम गर्दै बाबुराम रेग्मी र उहाँको परिवार । तस्विर ठाकुरप्रसाद आचार्य पर्वतको जलजला गाउँपालिका ६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती गरेर जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाउनुभएको छ । रोजगारीका लागि दश वर्ष विदेशमा भौतारीनुभएका रेग्मीले गाउँ फर्किएर बुबाले अंगालेको कृषि कर्मलाई जीवन धान्ने पेसाका रुपमा […]
बेनीमा तेस्रो महिला फुटबल प्रतियोगिता सुरु

म्याग्दी, भदौ ८ गते । न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ । प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए […]
स्वमूल्याङ्कनमा जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो

विकल्प न्यूज/पर्वतभदौं ७ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा दोस्रो भएको छ । बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।आर्थिक वर्ष ०७९–०८० मा गरेको मूल्याङ्कनमा जलजला गाउँपालिले ८६ अंक प्राप्त […]
हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं ७ गते । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङ गाउँको शिरबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सीखोला बग्न थालेको छ । शुक्रबार दिउँसो धबलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको थियो ।हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो । #ADV हिमपहिरोका कारण थुनिएको बोक्सीखोला […]
मिना हत्या काण्ड ः प्रहरीबाट अनुशन्धानमा चासो नदिएको गुनासो (भिडियो)

विकल्प न्यूज/बेनीभदौं,७ गते । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले मिना हत्या काण्डमा प्रहरी प्रशासनबाट गहिरो तवरले छानविन र अनुशन्धान गरी आपराधीलाई कानूनी कठघरामा ल्याउने प्रक्रियामा प्रहरी प्रशासनले गम्भिरतापूर्वक रुपमा नलिएको बताएको छ । शुक्रबार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलमा दलित अधिकारकर्मीहरुले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरे । बेनी नगरपालिका– ९ की मिना परियार […]
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री चयन

बेनी, ६ भदौ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्नुहुदै अनेरास्ववियू क्रान्तिकारीका […]
लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी, भदौ ६ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० […]
बेनी-जाेमसाेम सडक : सिरूबारी पहिराेमा ढुङ्गा खसेर बस च्यापियो

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ ४ गते बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]
लोमान्थाङमा तेस्रो गल्फ प्रतियोगिता

ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक समेत रहनुभएका इन्द्रधारा विष्टले टप अफ द वल्र्ड गल्फ क्लासिकको उपाधि जित्नुभयो । स्टेवल फोर्ड फूल हण्डिक्यापको फम्रयाटमा खेलाइएको ९ होलको खेलमा विष्टले ३ हन्डर हान्दै २१ स्कोर जित्नुभएको थियो । ३ […]
बेनी बजार आधारभूत विद्यालयमा चन्दादाता सम्मान तथा शैक्षिक अन्तरक्रिया

विकल्प न्यूज/बेनीसाउन ३२ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको बेनी बजार आधारभूत विद्यालयले चन्दा दातालाई सम्मान,छात्रावृत्ती वितरण, र शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा अभिभावक र सरोकारवालाहरुले शैक्षिक गुणस्तर वृद्धि,पूर्वाधार निर्माण र विद्यालयको व्यवस्थापन लगायतका विषयमा विचार राखेका थिए । कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष […]
बेनीमा घोडा नाच देखाइयो (भिडियो)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ३२ गते । नेवार समुदाका युवाहरुले बेनीमा घोडा नाच देखाएका छन् । घोडा नाच नेवारी कला संस्कृति अन्तर्गत पर्दछ । नागपञ्चमीका दिन देखि सुरु भएको बर्खे नाच अन्तर्गत शुक्रबार घोडा नाच देखाइएको हो । नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । […]
कुवापानी पहिरोले माझफाँटकाे आदिवराह पुरियो

पर्वत, साउन ३१ गते । जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल आदिवराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता […]