म्याग्दी समाचार

म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३१ गते । म्याग्दीको बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । शनिबार विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा […]

जलजला १ बासखर्कमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

विकल्प न्यूज/जलजला बैशाख ३१ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ मत प्राप्त गर्नुभएको छ । जम्मा खसेको मत ः ६२१ ः […]

म्याग्दीमा ५६ हजार ५८३ जनाले गरे मतदान

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  म्याग्दीको स्थानीय तहमा मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका  निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधिमा मतदान सकिएलगत्तै मतपेटिका संकलन भइरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा ८५ हजार ३ सय […]

म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३० गते । म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता […]

मतदानस्थलमा मोबाइल लान नपाइने

काठमाडौं, वैशाख ३० गते । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय निर्वाचनको मतदानस्थलमा मोबाइल, क्यामरा वा फोटो खिच्ने जस्ता अन्य कुनै पनि साधन लान नपाइने जनाएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न पाएका मतदातले यस किसिमका कुनै पनि प्रकारका सामाग्री लान नपाइने बताउनुभयो । उहाँले यसबाहेक मतदान गर्न जादा लाइटर, […]

सकियो प्रतीक्षा, आज मतदान

काठमाडौँ, वैशाख ३० गते  ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो । देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ […]

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

काठमाडौँ, वैशाख २८ गते । स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सो आचारसंहितामा मौन अवधिमा गर्न पाइने र नपाइने विषयका बारेमा स्पष्ट गरिएको छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको […]

जलजलामा एमालेको घरदैलो अभियानमा देखिएको उत्साह

विकल्प न्यूज\बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा लालबहादुर अधिकारी चुनावी मैदानमा एक्लै उत्रिनुभएको छ । यहाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको जलजलामा यसपाली काँग्रेस र माओवादी गठबन्धन गरेका […]

बेनपाको तीन ठाउँमा एमालेको चुनावी आमसभा र घरदैलो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (सोमबार) बेनी नगरपालिकाको विभिन्न स्थानमा चुनावी आमसभा र घरदैलो कार्यक्रम भएको छ । आउँदो शुक्रबार हुन गैरहेको स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै जाँदा म्याग्दी जिल्लाको विभिन्न स्थानमा (एमाले)ले चुनावी कार्यक्रम गरेको हो । यसैक्रममा बेनपा–९, घतानको काउलेगौंडामा आयोजित चुनावी आमसभालाई सम्बोधन […]

ताकममा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत सोमवार नेकपा एमालेले धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकममा बृहत चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले राष्ट्रियताको पक्षमा […]

बेनीबाट मतदान केन्द्रतिर कर्मचारी हिड्न थाले

विकल्प न्यूज/बेनी बैशाख २६ गते । आगमी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु खटिन थालेका छन् । जिल्लाको दुर्गम भेगमा रहेका मतदान केन्द्रका लागि सोमबार मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा प्रस्थान गरेका छन् । जिल्लाको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाको टोलीलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण […]

जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार रेग्मी मतदाताको घरघरमा

विकल्प न्यूज/जलजला बैशाख २३ गते ।  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेले जलजलाको ८ नम्बर वडा नाग्लीबाङमा महिला नेतृ अनिता रेग्मीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पालिकाको उपाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएकी रेग्मी यसपटक वडाध्यक्षको उम्मेदवार बन्नुभएको हो । नाग्लीबाङमा सामाजिक सेवामा […]

चुनावका दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो । पारित मापदण्डअनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन […]

भकिम्लीका मतदातासँग गठबन्धनका उम्मेदवार

 विकल्प न्यूज/बेनी बैशाख २३ गते ।  नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारले भकिम्लीलाई कृषि र पर्यटको क्षेत्रमा बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । बिहिबार भकिम्लीमा आयोजित सभा तथा घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार काँग्रेसका चिरञ्जिवी शर्माले सुन्तला उत्पादनमा जिल्लामै नमुना भकिम्लीमा अनुदान, औजार तथा कोल्डस्टोर सहितका सुविधा तथा स्वर्गाआश्रम, बेलढुंगाको पर्यटन विकासमा पूर्वाधार […]

कुहुँमा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २३ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमालेले बिहिबार मंगला पालिकाको १ नम्वर वडा कुहुँमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले जनलहर एमालेकै पक्षमा रहेकाले मंगला गाउँपालिकामा फेरी पनि एमालेकै जित […]