ताकममा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।


बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत सोमवार नेकपा एमालेले धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकममा बृहत चुनावी सभा सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले राष्ट्रियताको पक्षमा उभिने पार्टी नेकपा एमाले भएको बताउनुभयो ।

अहिले गठवन्धनको सरकारले देश र जनताको हितमा रहेर कुनै पनि काम नगरेकाले यो सरकार असफल भएको भन्दै थापाले विकास प्रेमी पार्टी एमाले माजनलहर बढेको बताउनुभयो ।

केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज भूपेन्द्र थापाले केपी ओली नेतृत्वको सरकारले गुमेको भूमिलाई समेटी चुच्चे नक्सा सार्वजनिक गरेको, देशलाई सुरुङमार्गमा प्रवेश गराएको, नाकाबन्दीको डटेर सामना गरेको, भुकम्पले ढलाएको धरहरा उठाएको, ४ लेन र ६ लेनका सडकहरु निर्माण गरेको, टुइन विस्थापन गरेको जस्ता कार्यहरुको स्मरण गराउनुभयो ।

विकासका यिनै कार्यहरुले एमाले जनता सामु लोकप्रीय बेनेको उहाँको भनाई थियो । केन्द्रिय सदस्यतथा गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनले यो क्षेत्रबाट चुनाव जितेर गएपछि संसद विकास कोषबाट धवलागिरी मावि ताकम लाई रु २५ लाख बजेटउपलव्ध गराएको बताउनुभयो ।

पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएका पुनले ताकमा दिवा सेवा केन्द्र स्थापनाका लागि रु पाँचलाख बजेट उपलब्ध गराएको बताउनुभयो । गण्डकी प्रदेश भरिमा ५ वटा विद्यालयलाई नमूना आवासीय मावि बनाउने कार्यक्रममा हेम माविलाई छनौट गरि भवन निर्माण गरिएको बताउनुभयो ।

सो भवनका लागि चालु आर्थिक बर्षका लागि रु १ करोड ५० लाख बजेट बिनियोजन गरेको माएकालेको सरकार ढलाएर बनेको गठवन्धनको सरकारले बजेट कटौति गरि रु १० लाख मात्र विनियोजन गरि धवलागिरीबासीको सपनामा कुठाराघात गरेको बताउनुभयो ।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार थमसरा पुनले भुगोलको हिसाबले जिल्लाका विकट पालिकाका ग्रामिण बस्तीहरुमा शिक्षा, स्वास्थ्य, सडक, कुषि, पर्यटन लगायतका क्षेत्रका सर्वाङ्गीण विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।


उहाँले सुशासन कायम गरि सेवालाई नागरिक मैत्रीबनाउने बताउनुभयो । नि.पालिका अध्यक्ष समेत रहनुभएका पुनले विगतको पाँचबर्ष पनि जनताको भावना र आवश्यकता अनुसारको कार्य सम्पादन गर्नुभएको छ । उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले समाजका सवै अंगहरुको सवलीकरण र उत्थानका निम्तीकार्य योजना तयार गरिएको बताउनुभयो । व्यक्ति सक्षम भए परिवार र समाज सवल हुने भन्दै उहाँले नागरिकको सिप, कला, क्षमता र व्यक्तित्व विकासमा विशेष प्राथमिकतादिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य रेशम भण्डारी, जिल्ला कमिटी सचिवालय सदस्यदेव बहादुर थापा, जिल्ला कमिटी सदस्य दिनेश केसी, वडा अध्यक्षका उम्मेदवार खुमबहादुर थापा (राजु) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चुनावी सभा नेकपाएमाले धवलागिरी गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष रेशम छन्त्यालको अध्यक्षता, वडा कमिटी अध्यक्ष कलानिधि सुवेदीको स्वागत र जिल्ला कमिटी सदस्यईश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

यो संगै धवलागिरीमा नेकपा एमालेको चुनावीप्रचार अभियान सकिएको छ । वडानम्वर १ गुर्जा बाहेक सवै वडामा उम्मेदवार सहित वडा स्तरी चुनावी सभा सम्पन्न गरिएको पालिका कमिटीले जनाएको छ ।