म्याग्दी समाचार

मालपोतलाई स्थानीय तहमै पुर्‍याइने

३० जेठ, काठमाडौं । सरकारले मालपोतलाई स्थानीय तहमै पुर्‍याउने बताएको छ । मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी छन् । सार्वजनिक जग्गाको संरक्षणमा सरकार दृढ छ रहेको उल्लेख गर्दै उनले थपेकी छन्, ‘मालपोतलाई स्थानीय तहमै पुर्‍याउने गृहकार्य अगाडि […]

पृथ्वीराजमार्गको अवरोध हट्यो, दुईतर्फी सवारी सञ्चालन

तनहुँ, जेठ ३० गते ।  पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्डमा सडक भासिएर भएको सवारी अवरोध हटेको छ । अबरोध भएको ठाउँमा सोमबारबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भासिएको ठाउँमा सडक डिभिजन कार्यालय दमौलीले पहरो काटेर सडक फराकिलो बनाएपछि आज दिउँसो ४ः४५ बजेबाट दुवै तर्फ सवारी सञ्चालनमा आएको छ । सवारी साधन […]

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

जेठ ३० गते ।  गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा […]

दोबिल्ला–पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

पर्वत, जेठ ३० गते ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको […]

केरा खेतीले खबराको गाउँनै ढाक्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २९ गते । बेनी नगरपालिका २ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् । यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । खबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस हुन्छ । केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा […]

बगरफाँट बस्ती जोगाउन म्याग्दी नदीमा तटबन्ध

२६ जेठ, म्याग्दी। म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ । हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि तटबन्धको काम बर्खालागेपछि बल्ल सुरु भएको हो । बर्खा सुरु […]

पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

विकल्प न्यूज/काठमाण्डौं जेठ २६ गते । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]

बेनी नगर कार्यपालिकाको पहिलो वैठकका निर्णय सार्वजनिक

विकल्प न्यूज\बेनी जेठ २४ गते । बेनी नगरपालिकाको पहिलो नगर कार्यपालिकाले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । जेठ २३ गते सोमबार कार्यपालिकाको पहिलो वैठक वसेको थियो । पहिलो वैठकले विभिन्न १६ वटा निर्णयहरु गरेको कार्यपालिकाका प्रवक्ता एमव् वडा नम्बर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले नगर क्षेत्र भित्रका मजदुरहरुको समस्या समाधान गर्न […]

जिसस म्याग्दीको निर्वाचन असार ५ गते हुने

विकल्प न्यूज/बेनी जेठ २४ गते । जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगमी असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार ५ गते आइतबारका दिन निर्वाचन गर्ने गरी समय तालिका सार्वजनिक गरेको छ । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी […]

बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन

विकल्प न्युज/ बेनी जेठ २३ गते । बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेश श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । ‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत भोली सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले विभिन्न […]

जिल्ला समन्वय समिति मुस्ताङमा एमाले निर्विरोध

जेठ २३ गते । जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । सोमबार भएको मनोनयन दर्ताको समयअवधी सम्म एमालेबाट प्रमुख मुक्ति क्षेत्र गाउँपालिका १ झारकोटकी माया गुरुङ र उपप्रमुखमा घरपझोङ गाउँपालिका ३ स्याङका आइतेलाल थकालीको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी ७ […]

१८ औं अन्तर मा.वि. लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाईन्ट प्रथम

विकल्प न्यूज/बेनी जेठ २१ गते । म्याग्दी जेसिजको आयोजनामा भएको १८ औं अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा न्यू वेष्ट प्वाईन्ट आवासिय मावि प्रथम भएको छ । जेसिजको २४ औं स्थापना दिवसको अवसरमा आयोजित ‘जेसीज सप्ताह’ कार्यक्रम अन्तरगत शनिबार नेपाल भाषा मङ्काखलको सभाहलमा भएको लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता भएको थियो । प्रतियोगितामा बेनी बोर्डिङ […]

पर्वतका ३१ बर्षीय न्यौपानेले गरे सगरमाथाको सफल आरोहण

विकल्प न्यूज/पर्वत जेठ २१ गते । पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्। देशमा रहेको व्यरोजगारीको समस्याबाट अछुत हुन नसकेको उनको गाउँ । जहाँका अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश […]

सूर्यनारायण पुरस्कारबाट तुलप्रसाद र प्रकाश श्रेष्ठ सम्मानित

विकल्प न्यूज/बेनी जेठ २१ गते । सूर्य नारायण पुरस्कार संस्था बेनी म्याग्दीले बेनीका दुईजनालाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्धय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति,कला र […]

रोजगार मेलाको तयारीमा गण्डकी प्रदेश सरकार

कास्की, जेठ २० गते ।  गण्डकी प्रदेश सरकारले दक्ष युवालाई लक्षित गरी रोजगार मेलाको तयारी गरेको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सो मेलाको आयोजना गर्न लागेको हो । सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले दक्ष, योग्य र शिक्षित युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरूप मेला आयोजना गर्न लागेको बताउनुभयो । “यो त सुरुवात मात्रै हो, प्रदेश सरकारले श्रम […]