विचार

आजको लेख – विपत्तिमा उद्धार

प्रकाश पौडेलआकलन नगरिएको अवस्थामा अकस्मात् प्रकृतिको भयावह रूप मानवीय नियन्त्रणमा राख्न नसक्ने अवस्थामा आउँछ । यसले जीवित प्राणी, भौतिक संरचनाका स्वरूपलाई नै तहसनहस बनाउँछ । एकैछिनमा जनधनको ठूलो क्षति हुन पुग्छ । मानव समाज कोलाहल, पीडा अनि छटपटीले आक्रान्त बन्न पुग्छ । परिस्थिति नियन्त्रणबाट बाहिर हुन्छ । यस्तो विपत्तिमा परेका व्यक्ति स्वयं त्यो अवस्था सम्हाल्न […]

पत्रकार अर्जुन गिरीलाई निशर्त सम्मानजनक रिहा गर

वि.वि. श्रेष्ठ/विकल्प न्यूज बैशाख ५ गते । लोकतन्त्रको दुहाई दिने नेकपा को दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउदै पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरि हिरासतमा लिएको छ । लोकतान्त्रिक संविधानको प्रस्तावनामा नै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको सन्दर्भमा समाचार लेखेको विषयलाई नै लिएर पत्रकारमाथी हत्कडी लगाउदाँ सरकारको लोकतान्त्रिक पद्धतिमाथी नै शंका उत्पन्न भएको छ […]

सामाजिक समिक्षा

हरीप्रसाद पौडेल /विकल्प न्यूज चैत ४ गते । जानेर वा नजानेर, चाहेर वा परिस्थतिको कारण जे भनेर वुझिएता पनि विगत २० वर्ष देखि कुनै न कुनै रुपमा समाजमा विचरण गरियो । लहडमा नै सहि लागेपछि त्यो आवश्यकता वन्ने र आवश्यकता समाधानको लागि पहलकदमी लिँदा कतै तत्कालिन अवस्थामा उपलब्धी मुलक वनेको देखिएता पनि दिर्घकालिन समाज रुपान्तरणमा […]

जनतालाई चिढाउने कार्यमा सरकार किन दत्तचित्त भएर लाग्छ कुन्नी !?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज चैत ४ गते । पञ्चायतकालको कुरा हो । हाल बन्द रहेको बाग्लुङ्ग बलेवाको विमानस्थल भर्खर भर्खर मात्र खुलेको थियो । एकजना धुरन्धर विकासवादी अञ्चलाधीशले जनताको श्रमदानबाट बलेवादेखि अञ्चल सदरमुकाम बाग्लुङ्गसम्म मोटरसडक खनाउने कार्यको आरम्भ गरेका थिए । त्यतिबेलासम्म बलेवा विमानस्थल मोटरसडकबाट जोडिएको थिएन र सडकले जोड्ने कुनै सरकारी योजना प्रस्तावित पनि थिएन […]

जनअभिमत, जनमतसंग्रह कदापी हुन सक्दैन

वि.वि. श्रेष्ठ/विकल्प न्यूज फागुन २९ गते । दुईतिहाई सरकारको एक वर्षे कार्यकाल कति सफल कति असफल भन्ने वहसको सिर्जना भईरहेको नेपालको राजनितीमा सरकारको नयाँ थप निर्णयले नेपालको राजनितीलाई झन झन तताईदिएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेको सिके राउतको अदालतवाट सफाई सँगै सरकार र सिके राउत को वीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र, र […]

पशुपति शर्माको गीतको पृष्ठभूमि निर्माण हुनुको कारण नबुझेरै सरकारी पक्ष उतर्सिएको हो त ?!

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज फागुन १५ गते । सरकारले जनताको मनोभावना बुझ्न नसकेको हो कि जनताले सरकारलाई चिन्न नसकेका हुन् कुन्नी, दुबैथरी एकअर्काको व्यवहारबाट सन्तुष्ट देखिदैनन् । सरकार गठनको बार्षिकीको अवसर पारेर प्रधानमन्त्रीबाट एकवर्षे कार्यकालको प्रदर्शन उत्साहवर्धक रहेको रिपोर्ट सार्वजनिक गरियो । रिपोर्टमा सरकारको चौतर्फी सफलताको बखान थियो । सरकारको कार्यक्षमताबाट संसारै आश्र्चचकित रहेको दावी […]

काँग्रेसले जनताको राजनीति गर्न कहिले सिक्ने होला खोइ ?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्युज माघ २८ गते । पञ्चायतकालका तीनदशक एकोहोरो जिन्दावादको शंखनाद सुनेरै नेपालहरुको समय बित्यो । वामपन्थीहरु कोठाभित्र सीमित रहे । काँग्रेसहरुको तुजुक प्रवासमै पोखियो । ३६ सालमा काठमाडौंमा अलिकता “मुर्दावाद”को कर्णमधुर नाद सुनियो । तर त्यो पनि जनमत संग्रहमा पराजित भएपछि अर्को एकदशक थला प¥यो । ४६ सालमा चाक्सीवारीमा फलेको विरोध अभियानको […]

प्रचण्डको गैरजिम्मेवार अभिव्यक्ति (साम्पादकीय)

विकल्प न्यूज/बेनी माघ २८ गते ।  नेकपाका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएको छ । भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञाप्ती र पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण यतिखेर दुई अध्यक्ष विच जुहारी चलेको छ । शुक्रवार प्रचण्डले एक कार्यक्रममा माओवादी फेरी व्युतिनसक्ने अभिव्यक्ति दिनुभएको थियो । तत्कालिन नेकपा एमाले […]

मोडलिङमा भविष्य खोज्दै अस्मी

विकल्प न्यूज/बेनी माघ १० गते । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छिन अस्मी थापा । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकम धारापानीमा जन्मीएकी […]

नेपाली काँग्रेसका लुला गोडाहरु तङ्ग्रिन थालकै हुन त अब !?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज माघ ४ गते । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सबैले मञ्चमा उभिनासाथ “विपिले भन्नु भएको छ….”भनेर आफ्नो सम्बोधनको सुरुवात गर्दछन् । यो उनीहरुको थेगो मात्र होइन, काँग्रेसीकहरुको लागि यो वाक्यांश गायत्री मन्त्रजस्तै बनेको छ । नितान्त नीजि सोच, चिन्तन र आग्रहलाई विपीको नाम दिने स्वतन्त्रता काँग्रेसीहरुले निर्वाध उपभोग गर्दै आएका छन् । […]

जलविद्युतमा म्याग्दीवासीलाई लगानीको सुनौलो अवसर

बिनोद कुँबर /विकल्प न्यूज पुस ३ गते । जलस्रोतको हिसाबले म्याग्दी धनी जिल्ला भएर पनि हामी धेरै पछाडि छौं । जलस्रोतलाई सदुपयोग गरेर हामीले जिल्लालाई समृद्ध बनाउन सक्छौं । हामी सँग कालिगण्डकी,म्याग्दी र रघुगंगा जस्ता ठूला नदीहरु छन् । यसका साथै अन्य साना खोलानालाहरु पनि प्रशस्त मात्रामा छन् । तिनको उपयोग गर्न सकिरहेका छैनौं । […]

व्यवसायीलाई फुटाउने काम नगरौं

नारायण जिसी /विकल्प न्यूज मंसिर २६ गते । निर्माण व्यवसायी संघ म्याग्दी निर्माण क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुको साभाm संस्था हो । संस्थाको नेतृत्व लिनुभएका पूर्वजहरुको योगदान र परिश्रमका कारण संघ यहाँ सम्म आउन सफल भएको हो । २०४८ मा स्वर्गीय राम गौचनको अध्यक्षतामा स्थापीत निर्माण व्यवसायी संघ आज २७ औं वर्षमा आइपुगेको छ । […]

एशिया प्यासेफिक समिटमा संलग्न भएर सरकारले गल्ती गरेकै हो त ?

चन्द्रप्रकाश बानियाँ मंसिर २० गते । वर्तमान सरकार गठन भएको छोटो समयमा विवादग्रस्त बनेको छ । यतिधेरै निन्दा आलोचना यसअघि सायदै कुनै सरकारको भयो होला ? यसले अख्तियार गरेको नीति र कार्ययोजनाहरू विवादित हुने गरेका छन् । राम्रो कामको सुरुवात गर्दा पनि उसको प्रदर्शन आलोचनाको विषय बन्छ । गतिलो कामले अपेक्षित जनसमर्थन आर्जन गर्न सक्दैन […]

स्थानीय सरकारका बेथिति

दधिराम खतिवडा/विकल्प न्यूज मंसिर १३ गते । जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएर स्थानीय सरकारको गठन भयो, परिणाम त्यति सन्तोषजनक भएन । अभ्यासरत स्थानीय सरकारको कार्यान्वयनले अहिले जनतामा निराशा बढेको छ । लाखौ खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधिहरू अहिले अन्योलमा छन् ।निर्वाचन ताका उनीहरूको नारा थियो गाउँ गाउँमा सिंहदरबार तर अहिले गाउँमा सिंह वा प्रतिनिधि आएको र प्रशासनिक कार्य […]

‘भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन्’ !?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज मंसिर १३ गते ।  कान्तिपुर दैनिकको यही मंसिर ११ गतेको अंङ्कमा साधना प्रतीक्षा लिखित “धर्म, राजनीति र वामपन्थ” शिर्षकमा अभिव्यक्त दृष्किोणमा परेको “भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन्” भन्ने वाक्यलाई आजको लेखनको शिर्षक बनाउन मन लाग्योे । गैर वामपन्थी कमलबाट वामपन्थी राजनीतिप्रति गरिएको एउटा सुन्दर टिप्पणी थियो त्यो जस्तो लाग्दछ । […]