व्यवसायीलाई फुटाउने काम नगरौं

नारायण जिसी /विकल्प न्यूज
मंसिर २६ गते ।

निर्माण व्यवसायी संघ म्याग्दी निर्माण क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुको साभाm संस्था हो । संस्थाको नेतृत्व लिनुभएका पूर्वजहरुको योगदान र परिश्रमका कारण संघ यहाँ सम्म आउन सफल भएको हो । २०४८ मा स्वर्गीय राम गौचनको अध्यक्षतामा स्थापीत निर्माण व्यवसायी संघ आज २७ औं वर्षमा आइपुगेको छ । संघलाई यहाँसम्म ल्याउनका लागि पूर्वजहरुले ठूलो योगदान गर्नुभएको कुरा कसैले पनि विर्सन हुँदैन ।

२०७२ को अधिवेशनबाट म अध्यक्षको रुपमा निर्वाचित भएको हुँ । म निर्वाचित भएसँगै संघको हित नचाहने केही व्यक्तिहरु मलाई असफल बनाउन विभिन्न षडयन्त्र रच्ने काम गरे । तर म संघको हितलाई सर्वपरि ठानेर सवैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै संघको नेतृत्व गर्दै आएको छु ।

मंसिर २८ गते मेरो कार्यकाल सकिदै छ । मैले मंसिर १५ गते नै अधिवेशन तोकेको थिए । तर असन्तुष्ट भनिएका केही व्यवसायीहरु अदालतमा जानुभयो । उहाँहरुले अदालतमा झुट विवरणहरु पेश गर्नुभएको छ । उहाँहरुले निर्माण व्यवसायी संघको इतिहासमा संकट निम्त्याउनुभएको छ । 

अहिले जुन जुन व्यक्तिहरुले संघलाई फुटाउने काम गर्नुभएको छ उहाँहरु आफैले तिनवर्षे कार्यकाल सकिएपछि ६ महिना थप्नु भएको छ । मेरो कार्यकाल २०७४ सालमै सकिएको भनेर भ्रम फैलाउनुभएको छ । उहाँहरुले अदालतमै झुट्टा विवरण पेश गर्नुभएकाले मैले पुनरावेदन गरेको छु ।

हामी व्यवसायीहरु एकआपसममा झैझगडा गर्ने होइन । निर्माण व्यवसायी महासंघले पनि हामीलाई परिपत्र गरेको छ । जिल्ला प्रशासनको निर्णय र महासंघको परिपत्र अनुसार हामी अघि वढ्छौं । अदालतले सर्वसम्मत रुपमा भेला गर्नु भनेको छ । तदर्थ समितिमा रहनु भएका नेत्रबहादुर महतले असहमति जनाउनु भएको छ ।  बहुमत छ भने देखाउनुहोस म चुनौती दिन्छु । लाइसेन्स विक्री गरेर घरमा वस्नुभएका साथीहरु अहिले रातारात लाइसेन्स खरिद गरेर अध्यक्ष बन्ने दौडमा लाग्नुभएको छ । यसले थप समस्या उत्पन्न भएको छ । अध्यक्ष नै बन्ने इच्छा छ भने किन अधिवेशनमा जान डराउने ?

विधानमा कार्यकाल दुइवर्षको लेखिएपनि यस भन्दा अघिका समितिहरुले निर्णय गरेर तिनवर्षे कार्यकाल बनाएक छन् । कार्यसमितिको वैठकले थप ६ महिना कार्यकाल थप गर्न सकिने नियम अनुसार बर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थपिएको हो । यो यस भन्दा अघिल्ला समितिको नजिर अनुसार नै थप गरेका हौं ।

पूर्व अध्यक्ष र निवर्तमान अध्यक्ष ज्यूहरु वैठकमा पनि नआउने र बाहिर बाहिर संघको हित विपरित कार्यहरु गर्ने प्रवृत्ति संघ विपरित छ । संघले सदस्यता नविकरण गर्न आह्वान गर्दा पनि केही व्यवसायीहरुले नविकरण नगरी संघको हित विपरित कार्य गरेकाले ६ महिनाका लागि साधारण सदस्यताबाट उहाँहरुलाई निलम्बन गरिएको हो ।

तिनै निलम्बनमा परेका,सदस्यता नविकरण नभएका र लाइसेन्स विक्री गरेर घरमा वसेकाहरुले ढाकिएको विशेष साधारणसभा र त्यसबाट गठन गरिएको तर्दथ समिति कसरी वैधानिक हुनसक्छ ? म हजुरलाई चेतावनी दिन चाहन्छु कि हजुरहरु सँग बहुमत भए किन होटलमा गर्नुप¥यो भेला ? संघको कार्यालयमा किन गर्न सक्नुभएन ? यदी हजुरहरु सँग बहुमत छ भने अधिवेशन गरौं अधिवेशनबाट नेतृत्व लिनुहोस । म तयार छु हस्तान्तरण गर्न ।

म अध्यक्ष भएर आएपछि निवर्तमान समितिले अहिले सम्म आर्थिक कारोवार बरबुझारथ गरेको छैन । मैले अहिले सम्म कुनै पनि चेकमा हस्ताक्षर गरेर संघको खाताबाट आर्थिक कारोवार गरेको छैन भने म कसरी अपारदर्शी भए ? संघको हिसाब किताब पहिला हजुरहरुले बुझाउनु पर्दछ की पर्दैन ? आफू पुरै जिम्मेवारीबाट पन्छिने अनि अरुलाई अपारदर्शी भयो भन्न पाइन्छ ? अहिले संघलाई विभाजन गरेर व्यक्तिगत फाइदा लिन तपाईहरु (तर्दथ समिति) लाग्नुभएको छ । यो कुनै पनि हालतमा संघको हितमा छैन ।

अदालतको आदेश मान्ने हो भने पनि असन्तुष्ट पक्षहरुले गठन गरेको तर्दथ समिति कसरी वैध हुनसक्छ ? अदालतले आदेश संघलाई गरेको कि कुनै व्यक्तिलाई ? संघलाई गरेको आदेशको कार्यान्वयन वर्तमान कार्यसमितिले नै हो । अधिवेशन गरेर नयाँ नेतृत्वलाई कार्यभार सुम्पीने दायित्व वर्तमान कार्यसमितिको नै हो । यो सर्वव्यापी नियम हो । वर्तमान कार्यसमिति यसप्रति पूर्ण जिम्मेवारबोध छ ।

म कसै सँग झगडा गर्ने र अदालत जाने होइन । हामी सवै मिलेर जाँदा सवैलाई राम्रो हुने हो । पूर्व अग्रजहरुको निर्णय लाई मैले पनि आत्मसाथ गर्दा साथीहरुले बबण्डर मच्चाएका छन् । मैले सहमतिको विन्दुका लागि पहल गरिरहेको थिएँ । तर जुन भेला गर्नुभयो यसले निर्माण व्यवसायीको शिर निहुरिएको छ । हाम्रो र राम्रो निर्माण व्यवसायी संघ बनाउन फुटेर होइन जुट्नु पर्दछ । अहिले नयाँ युवा व्यवसायीहरु संघमा आवद्ध हुनुभएको छ । ति युवाहरुलाई सक्षम बनाउनु छ । व्यवसायिक क्षमता अभिवृद्धि आवश्यक छ ।

संघलाई बलियो बनाएर अघि वढ्नु अहिलेको आश्यकता हो । कसैको उक्सावटमा लागेर हिड्ने बेला होइन । अहिलेको समस्याबाट सुरक्षित अवतरण गरेर निर्माण व्यवसायी संघलाई सवैको साझा चौतारी बनाउन आवश्यक छ । त्यसका लागि आउनुहोस वसौं छलफल गरौं गुट उपगुट बनाएर कसैलाई फाइदा छैन ।

अधिवेशन गरौं सक्षम टिम खडा गरौं । केही व्यवसायीहरुलाई भ्रममा पारेर भ्रमको खेती नगरौं । अनावश्यक रुपमा पत्रकारलाई समेत गुमराहमा पारेर मिडियाबाजी नगरौं । हामीहरु राजनीतिक रुपमा पनि आस्था राख्ने भएकाले पार्टीले गरेको निर्देशन मान्नुपर्दछ भनेर हामीले ढाकेको भेला स्थगीत ग¥यौं ।

नेकपा भित्रका केही साथीहरुले दोहोरो चरित्र देखाउनुभएको छ । नेकपाका केही साथीहरुले व्यवसायीहरुलाई फुटाउने काम गर्नुभयो यसमा मलाई दुःख लागेको छ । नेपाली काँग्रेसले वर्तमान कार्यसमितिकै नेतृत्वमा भेला गर्नुपर्दछ भनेर भनेको छ । निर्माण व्यवसायीहरु मिलेर जाँदा सवैलाई राम्रो हुने हो ।

म सहमति मै समस्याको समाधान गर्न खोजेको थिएँ तर उहाँहरुले विशेष भेला ढाक्नु भयो । उहाँहरु एकलौटी रुपमा जानखोज्नु भएको छ । मैले अधिवेशन गर्दछु भन्दाभन्दै अर्को विकल्प खोज्नु संघको हितमा छैन । आउनुहोस अझै पनि समय छ मिलेर जाऔं । मिलेर गएभनेमात्र हाम्रो भविष्य छ । कुराकानीमा आधारित । लेखक जिसी निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्ष हुनुहुन्छ ।