खेलकुद
राष्ट्रिय महिला भलिबल ः आर्मीलाई पराजित गर्दै एपिएफको सानदार जित (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो । निकै प्रतिस्पर्धापूर्ण […]
नवौं राष्ट्रिय खेलकुद ः तेक्वान्दोको पुम्सेतर्फ पुलिसको अग्रता

विकल्प न्यूज/बेनी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा सुरु भएको तेक्वान्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ । प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९९ अंकसहित विजेता बनिन् भने पुलिसकै कमल श्रेष्ठ ७.५३३ अंकसहित विजेता बन्दै स्वर्ण जिते । महिलातर्फ आर्मीकी […]
राष्ट्रिय महिला भलिबल ः प्रदेश नम्बर एक विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार सम्पन्न लिगचरणको खेलमा प्रदेश नम्बर एकले मधेशप्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । मधेश प्रदेशमाथि २५–१३, २५–२२, २५–१५ को जित निकालेको हो । बेनीको खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरुले दुवै प्रदेशका पक्षमा बाडिएर हुटिङ गरेका […]
राष्ट्रिय महिला भलिबल ः कर्णालीलाई पराजित गर्दै नेपाल आर्मीको जित

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो । दिउसो २ बजे मधेश प्रदेश र प्रदेश […]
नवौं राष्ट्रिय खेलकुद ः बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २९ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बेनी स्थित कभर्ड हलमा शुक्रबार साँझ देखि प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । प्रतियोगितामा महिला, पुरुष सिंगल पुम्सेतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको म्याग्दी तेक्वान्दो संघका […]
नवौं राष्ट्रिय खेलकुदः महिला भलिबलको चौथो खेलमा नेपाल पुलिस विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २८ गते । बेनीमा जारी नवौं राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रबार सम्पन्न चौथो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले लुम्बिनी प्रदेशलाई सोझो ३–० सेटमा पराजित गरेको हो । पुलिसले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र ९–२५ को अंकमा लगातार तीन सेटनै पराजित गर्दै जित निकालेको हो । राष्ट्रिय भलिबल […]
राष्ट्रिय महिला भलिबलमा बागमतीको बिजयी यात्रा सुरु

म्याग्दी, २८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शुक्रवार भएको दोस्रो खेलमा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो बागमती र प्रदेश नम्बर १ बिचेमा पहिलो सेट २५–७, दोस्रो २५–१२ […]
राष्ट्रिय महिला भलिवलमा एपिएफको बिजयी यात्रा

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २८ गते । म्याग्दीको बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रवार भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी यात्रा अघि बढाएको छ । कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार […]
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकीको विजयी सुरुवात

विकल्प न्यूज/बेनी असोज २७ गते । बेनीमा सिुरु भएको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई शून्यका विरुद्ध सोजो तिनसेट जितेर गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो । बेनीको खुल्ला मञ्चमा सम्पन्न उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध तिनसेट लगातार […]
आयोजना स्थल पोखरामा आइपुग्यो राष्ट्रिय खेलकुदको ट्रफी

२४ असोज, पोखरा । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ । गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् । नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको […]
नवौँ राष्ट्रिय खेलकुद –बेनीमा खेलमैदान तयार

म्याग्दी, असोज १८ गते । म्याग्दीमा नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ । […]
नवौं राष्ट्रिय खेलकुद ः बेनीमा पहिलोपटक महिला भलिबल प्रतियोगिता हुने

विकल्प न्यूज\बेनी भदौं २९ गते । असोजको अन्तिम हप्ता देखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । […]
गण्डकी प्रदेश स्तरिय भलिबल : महिला भलिबलमा म्याग्दी च्याम्पियन

विकल्प न्यूज\पोखरा भदौं १९ गते । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँसंग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र […]
नवौं राष्ट्रिय खेलकुद ः बेनीमा महिला भलिबल प्रतियोगिताको प्रस्ताव

विकल्प न्यूज/बेनी भदौं ९ गते । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलबल प्रतियोगिताको आयोजन ागर्न प्रस्ताव गरिएको छ । म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला खेलकुद समिति म्याग्दीले संयुक्त रुपमा उक्त प्रस्ताव गरेका हुन । म्याग्दीबाट खेलकुद प्रतियोगिताको प्रस्ताव गरिएपछि नवौं राष्ट्रिय खेलकुद परिषदको प्राविधिक टोलीले विहिवार प्रतियोगिताको संभावनाका वारेमा स्थलगत […]
एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विकल्प न्यूज/बेनी भदौं ४ गते । बेनीमा सञ्चालन भएको एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजक समुहले हात पारेको छ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युवा क्लवले जितेको हो । शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३का […]