एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

विकल्प न्यूज/बेनी
भदौं ४ गते ।

बेनीमा सञ्चालन भएको एभरग्रीन कप फुटबल प्रतियोगिताको उपाधि आयोजक समुहले हात पारेको छ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रीन युवा क्लवले जितेको हो । शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि विजेता एभग्रीनले नगद ८५ हजार ५५५ रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुने मालिका युवा क्लवले नगद ४५ हजार ५५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा विजेता र उपविजेतलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ग ( दिपक मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले ट्रफी सहितको पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तै, प्रतियोगितामा आयोजक एभरग्रीन युवा क्लवका कमल थापा मगर उतकृष्ट खेलाडी, आशिष गुरुङ उतकृष्ट डिफेन्डर, सन्दिप शेरपुञ्जा उतकृष्ट कोच, निशान राम्जाली उत्कृष्ट गोलरक्षक, मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता खेलाडी र मालिका युवा क्लवका राहुल थापा वेष्ट मिल्डफिल्डर घोषित भएका थिए । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

भदौ १ गतेदेखि ४ गतेसम्म संचालन गरिएको प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो। मन्त्री गुरुङले एभरग्रीन युवा क्लवलाई ५० हजार रुपैयाँ र जिल्लास्थित विभिन्न क्लवलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।