बिजनेस

घलेम्दी हाइड्रोले २० लाख रुपैयाँ खुद नाफा कमायो

काठमाडौं । माघ १८ गते । घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो मुनाफा कमाएको हो । गत वर्ष यहीसयम अवधिमा घाटामा रहेको कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ९६ […]

सिंगामा एक करोड ८० लाख लगानीमा सामुहिक बाख्रा फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ १७ गते ।   यहाँका तिन युवा मिलेर सामुहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका ४ सिंगामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामुहिक रुपमा उन्नतजातका बाख्रा पाल्न थालेका हुन । ति मध्य दुईजना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) प्रेम खड्का र भेषबहादुर थापाले […]

म्याग्दी उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।  निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा बेनीमा सुरु भएको छ । शनिबार संघको सभाहलमा जुम मार्फत सुरु भएको साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उदघाटन गर्नुभयो । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत […]

एनसीसी बैंक बेनी शाखाले मनायो २५ औं वार्षिकोत्सव

विकल्प न्यूज/बेनी मंसिर २८ गते । एनसीसी बैंक लिमिटेड बेनी शाखाले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बोल्ने बक्ताले बैंकमार्फत नियमित आर्थिक कारोबारसँगै वित्तिय साक्षरता, सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले वित्तिय संस्थासँग सहकार्य गरी वडाभित्र […]

जलजलाका किसानले खोलेको कृषि बजार प्रभावकारी

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका किसानहरुले खोलेको कृषि बजार प्रभावकारी भएको छ । कृषिजन्य उत्पादनले मूल्य नपाएपछि किसानहरुले एकवर्ष अघि सामुहिक रुपमा कृषि बजार खोलेका हुन । कृषकले उत्पादन गरेका ताजा तरकारी र फलफुललाई सिधै उपभोक्ता समक्ष पु¥याउन जलजलाको ४ मोहनचोक र म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि बजार सञ्चालित छ । […]

भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)

विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]

भूपू सैनिक सहकारीको १२ करोड लगानी

विकल्प न्यूज/बेनी कार्तिक १४ गते । सदरमुकाम बेनीमा रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा झण्डै १२ करोड रुपियाँ बराबरको लगानी गरेको छ । सहकारीको शनिबार बेनीमा सम्पन्न १६ औं वार्षिक साधारणसभामा ११ करोड ९८ लाख २५ हजार रुपियाँ लगानी गरेको जानकारी दिइएको हो । सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा […]

तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ । तातोपानी कुण्डमा आउने […]

मुक्तिनाथ सहकारीको लगानी ४३ करोड

विकल्प न्यूज/बेनी असोज १६ गते । सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष […]

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

 विकल्प न्यूज/बेनी असोज १५ गते । न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र […]

साहस उर्जाको आईपीओ बिक्री खुला

विकल्प न्यूज/काठमाण्डौं असोज ६ गते ।  साहस उर्जा लिमिटेडले आज बुधबार (असोज ६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।   सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ […]

कस्तुरी सहकारीको १३ औं वार्षीक उत्सवमा सामाजिक संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ । सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सहकारीका […]

असोज ६ गतेदेखि सर्वसाधरणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ आउँदै

विकल्प न्यूज/बेनी भदौं २९ गते ।  साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार […]

‘जसले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’

बेनी, भदौ ११ गते । रघुगङ्गा गाउँपालिका-८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताउनुभएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला शहरमा बिताउनुभएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र सङ्घर्षयुक्त […]

बंगुर फार्ममा रम्दैछन् बेनीका रणबहादुर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी भदौं ३ गते ।  बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुबाउने र खोर सफा आफै गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष वितिसकेको छ । ‘विदेश पनि भोगियो दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर […]