जलजलाका किसानले खोलेको कृषि बजार प्रभावकारी

विकल्प न्यूज/बेनी
मंसिर २२ गते ।

पर्वतको उत्तरी जलजला गाउँपालिकाका किसानहरुले खोलेको कृषि बजार प्रभावकारी भएको छ । कृषिजन्य उत्पादनले मूल्य नपाएपछि किसानहरुले एकवर्ष अघि सामुहिक रुपमा कृषि बजार खोलेका हुन । कृषकले उत्पादन गरेका ताजा तरकारी र फलफुललाई सिधै उपभोक्ता समक्ष पु¥याउन जलजलाको ४ मोहनचोक र म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि बजार सञ्चालित छ ।

गाउँपालिका भित्रका किसानहरु मिलेर जलजला कृषक समुह गठन गरी जलजला कृषि बजार सञ्चालन गर्दै आएको समुहका अध्यक्ष राजु आचार्यले बताउनुभयो । बिचौलियाहरुको ठगीबाट किसान र उपभोक्तालाई मुक्ती दिलाउन किसानहरु मिलेर आफ्नै बजार खोलेको अध्यक्ष आचार्यले बताउनुभयो ।

किसान आफुले उत्पादन गरेको तरकारी र फलफुल बिचौलियाको हातमा पर्ने गर्दा वर्षाैंदेखि उपभोक्ता र किसान दुबैपक्ष ठगिएको महसुस गरेपछि किसानहरु आफैले सामुहिक लगानी गरेर कृषि बजार खोलेका हुन । युवा किसानहरुको सक्रियतामा ३ वर्षअघि शुरु गरेको ‘जलजला कृषि बजार’मा अहिले चारसय किसानहरुले लगानी गरेका छन् ।

एक किसानले १० हजार रुपियाँका दरले लगानी गरेर शुरु गरेको कृषि बजारमा १० जना कर्मचारी र २ वटा गाडीले नियमित रुपमा किसानको खेतबारीमा पुगेर तरकारी संकलन गर्ने गरेका छन् । ‘किसानको खेतवारीमा आएर नै तरकारी खरिद गरेर लैजाने गरेका छन् । उत्पादनले मूल्य पनि पाएको छ । कृषि बजार खोलेबाट निकै सहज भएको छ ’ जलजला ७ सल्यानका किसान महानन्द रिजालले भन्नुभयो ।

कृषि बजार खोलेपछि उत्पादनले राम्रो मुल्य पाएको उहाँको भनाई छ । किसानले जति उत्पादन गरेपनि बजारको समस्या छैन । यहाँ ल्याएपछि जतिनी खपत हुन्छ । बजारमा गोलभेडा विक्री गर्न आउनुभएका रिजालले भन्नुभयो ‘तरकारीको डोको बोकेर बेनी बजारको गल्लीगल्ली चहार्नुपर्ने बाध्यता हटेको छ ।’हरेक दिन किसानले उत्पादन गरेको कृषि उपज संकलन गर्न गाडी घरघरै पुग्छन् ।

करिव १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफुल, अन्न, कुखुरा, खशीबोका लगायत संकलन तथा स्टोरको व्यवस्था गरिएको छ । सोहि स्थानमा थोक तथा खुद्रा बिक्रिका लागि माशु तथा तरकारी पसल समेत कृषि बजारले नै सञ्चालनमा ल्याएको छ ।

२०७६ सालमा जलजला कृषक समुहमा केहि किसान मात्रै संलग्न भएर शुरु गरेकोमा काम गर्दैजा“दा बृहत कृषि बजार सञ्चालनमा ल्याउने योजना बनेको जलजला कृषि बजारका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार अहिले कृषि समुहबाटै सञ्चालित कृषि बजारले सिजन अनुसारको तरकारी किसानको घरघरै पुगेर संकलन गरेर मिलनचोकको कृषि बजारसम्म ल्याउ“छ ।

तरकारी मात्रै नभएर किसानले उत्पादन गरेको दुध, दहि, घ्यू, फलफुल, दलहन, तेलहन, अदुवा, बेसार लगायतको बिक्रि समेत समुहले नै गर्दैआएको छ । ‘डोकोमा बोकेर धेरै वर्ष बेनी र बागलुङ पुगियो,’ स्थानीय हरि आचार्यले भन्नुभयो, ‘अहिले बारीमै गाडी आएर लैजान्छ । धेरै सुबिस्ता भएको छ ।’ दैनिकजसो किसानको बारीमै पुगेर तरकारी संकलन गर्दा आफुहरुको समय र पैसाको बचत भएको किसानहरु बताउँछन् ।

केहि महिनाभित्रै मुस्ताङको जोमसोम, पर्वतको कुश्मा, बागलुङको बागलुङ बजार र कास्कीको पोखरामा समेत बिक्रिकेन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष आचार्यले बताउनुभयो । समुहले यसै वर्षदेखि पर्वत म्याग्दी, मुस्ताङ र बागलुङका बिभिन्न ग्रामिण भेगमा उत्पादित टिमुर, सिल्टिमुर, लप्सी लगायतका फल समेत संकलन गरि बिक्रि शुरु गरेको छ ।

समुहका सुपरभाइजर राजन केसीका अनुसार मिलनचोकको बिक्रिकेन्द्रबाट मात्रै दैनिक एकलाख रुपियाँ सम्मको कारोबार हु“दैआएको छ । पहिलो चरणमा जलजलाका ९ वटै वडाको उत्पादन संकलन गरेको समुहले अब धौलागिरिका सबै जिल्लामा पुग्नेगरि योजना बनाएको अध्यक्ष आचार्यले बताउनुभयो ।