बिजनेस

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, वैशाख  ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]

पाखापानीमा पशु स्वास्थ्य शिविर सम्पन्न

विकल्प न्यूज/बेनी चैत २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो । ४२ गाई, १११ भैसी, […]

नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

विकल्प न्युज/बेनी म्याग्दी, २५ चैत । नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस्यहरुमा प्रेम गिरि, दलबहादुर खड्काथोकी, बालकृष्ण […]

एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत २ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । विहिवार लगानी उठाउन पर्वतको जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी पुगेका वैंकका कर्मचारी माथि आक्रणम भएको हो । बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ । एउटा समूहले […]

विकास बैंकहरूले घटाए ब्याजदर

काठमाडौँ बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरूले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत […]

निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टचन

विकल्प न्यूज/म्याग्दी फागुन २८ गते । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । आज (शनिवार) सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, […]

निर्माण व्यवसायी संघ म्याग्दीको आगामी अध्यक्ष को ?

विकल्प न्यूज/बेनी फागुन २५ गते । निर्माण व्यवसायी म्याग्दीको यही फागुन २७ गते शनिबार २२ औँं साधारणसभा तथा एघारौँ अधिवेशन हुने भएको छ । यो अधिवेशनलाई एकता अधिवेशनको रुपमा गर्न लागिएको छ । लामो समय दुई समुहमा विभाजन निर्माण व्यवसायी संघलाई एकताबद्ध गर्न एकमहिना अघि दुवै समुह सहमत भएका थिए । निर्माण व्यवसायीका क्षेत्रमा लामो […]

परिश्रमी पवित्रा कार्की, जसले दैनिक बेनीमा डोकामा साग विक्री गर्नुहुन्छ

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । आज मार्च ८ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । महिला अधिकारकर्मीहरुले अन्तरक्रिया,विचारगोष्ठी र सभासमारोहको आयोजना गरेका छन् । तर बेनी नगरपालिका २ खबरा लभ्लीहिलकी पवित्रा कार्की भने डोका साग बोकेर बेनी बजारमा घुम्दै हुनुहुन्छ । कार्कीलाई महिला दिवसका वारेमा केही थाहा छैन । कार्कीले […]

तालिम लिएपछि महिलाहरुले बनाए स्वादिष्ट अचार

विकल्प न्यूज/बेनी म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय उत्पादीत बस्तुहरुबाट अचारको परिकार […]

निर्माण व्यवसायी संघ म्याग्दीको ११ औँ एकता अधिवेशन फागुन अन्तिममा हुने

विकल्प न्यूज\बेनी माघ १७ गते । निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा […]

पहिचान बनाउँदै रत्नेचौरको ‘चिता हाउस’

म्याग्दी, माघ १५ गते ।  पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा […]

ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले […]

मिलन सहकारीको प्रथम साधारणसभा, अध्यक्षमा राना

प्रताप बानियाँ/म्याग्दी पुस २७ गते । मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको बुधवार सदरमुकाम बेनीमा प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले तिलकुमारी रानाको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा ज्ञानुकुमारी केसी, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा सङ्गीता अधिकारी र सहसचिवमा हिरा जिसी बानियाँ […]

रघुगंगामा धमाधम निर्माण हुँदै तुन्डी पावरका जलविद्युत आयोजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २५ गते । अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माणका लागि एक्साभेटरले पहरा काट्दै । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी  म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहुघाट नदीमा निर्माणधिन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुन्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट […]

सहकारीको रकम सिमित व्यक्तीले गलत रुपमा प्रयोग गर्दा तरलता अभावको समस्या

न्यूज/बेनी पुस २४ गते । म्याग्दी सदरमुकाम बेनीमा सहकारी सम्वन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ म्याग्दीको समन्वय तथा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आइतवार बेनी नगरपालिकाको सभाहलमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सहकारी संस्थाका संचालक पदाधिकारी तथा प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन […]