समाचार
दरबाङ–धारापानी सडक स्तरोन्नतिपछि कालोपत्रे योजना
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १ गते । दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा ७ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ । दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सवै […]
भुरुङ तातोपानीमा खुलेको नयाँ होटलले पर्यटकलाई सुविधा
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस २ गते । म्याग्दीको भुरुङ तातोपानीमा खुलेको नयाँ होटलले यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सुविधा दिएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँ लगानी गरेर होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी […]
राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुब जिसी निर्वाचित
विकल्प न्यूज/बेनी मंसिर २९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट ध्रुव जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पतम विश्वकर्मा, महिला उपाध्यक्षमा […]
बेनी बचतद्वारा धवलागिरी माविको स्रोत कक्षालाई सहयोग
विकल्प न्यूज/बेनी मंसिर २८ गते । बेनी नगरपालिका –७ स्थित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले धवलागिरी माविको सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका –४ सिंगामा रहेको उक्त स्रोत कक्षालाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ […]
सम्झौता मिति अगावै तयार भयो सीम–सातबिसे झोलुङ्गे पुल
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । निर्माण व्यवसायीले समयमै योजना सम्पन्न नगरेर अलपत्र परेका खबरहरु सार्वजनिक भइरहेका छन् । तर यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति नसकिँदै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरणीय बनेका छन् । जिल्लाको मंगला गाउँपालिका २ सीम देखि ३ नम्बर वडाको सातबिसे गाउँलाई जोड्ने गरी म्याग्दीखोलामा निर्माण गरिएको एन टाइपको […]
ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र, ठेकेदार फरार
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । यहाँको एक पालिका स्तरीय निर्माणधिन अस्पताल भवन अलपत्र पारेर ठेकेदार सात महिनादेखि गायब भएको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण यतिखेर अलपत्र परेको हो । पटक पटक ताकेता गर्दा पनि ठेकेदारले वेवास्ता गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ […]
हात भाँचिएकी बालिकाको आर्थिक अभावले उपचारमा समस्या
विकल्प न्यूज\जलजला ७ पर्वत मंसिर २७ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घायेखेतकी एक वालिकाको उपचारमा समस्या भएको छ । गत असोजमा गाउँमा हालेको लठ्ठे पिङको झट्का लागेर कर्ने दमाईको ८ वर्षीय छोरीको हात र खुट्टा भाँचिएको थियो । पोखरामा उपचाररत बालिकाको अप्रेशन गर्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको परिवारले […]
मुनामा आयोजित व्यवसाय दर्ता शिविरमा १५ वटा फर्म दर्ता
विकल्प न्यूज/बेनी मंसिर २७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आयोजित दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र होटल गरि ५वटा […]
पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २७ गते । पुख्र्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरु पहिचानका रुपमा लिने गर्दछन् । पुर्खाहरुले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय र सभ्यताका रुपमा लिइएको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् । मगर समुदायको परम्परागत […]
म्याग्दीबाट गण्डकी प्रदेश सभामा विमला गौचन समानुपातिक सांसद चयन
विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीबाट गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसकी नेतृ विमला गौचन सांसद चयन हुुनुभएको छ । गौचन जनजातीतर्फको महिला कोटाबाट कांग्रेसले समानुपातिक सांसदका रुपमा शनिबार निर्वाचन आयोगलाई नाम सिफारिस गरेको हो । महिला संघ म्याग्दीकी सभापति समेत रहनुभएकी गौचन सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । स्वर्गीय राम गौचनकी धर्मपत्नी विमला राजनीति,सामाजिक सेवाका […]
लिटल गार्डेनद्वारा बालजागृतिका विद्यार्थीलाई न्यानो कपडा
विकल्प न्यूज/बेनी मंसिर २५ गते । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले बालजागृति आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको १९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७९ को अवसरमा आइतवार बालजागृति आधारभूतमा अध्ययनरत फरक क्षमता भएका १९ जना विद्याथीहरुलाई १७ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री […]
जलविद्युत र पर्यटनका योजनामा म्याग्दीवासीसँग सहकार्य गर्दछौं ः वरिष्ठ उपाध्यक्ष ढकाल
विकल्प न्यूज/बेनी मंसिर २४ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिजय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीका उद्योगी व्यवसायीले अघि सार्ने जलविद्युत र पर्यटनका योजनामा सहकार्य गर्ने बताउनुभएको छ । म्याग्दी जलविद्युत र पर्यटन विकासको राम्रो संभावना भएको जिल्ला भएकाले यहाँको स्थानीय तह,निजी क्षेत्र लगायत मिलेर योजना अघि बढाएमा नेपाल उद्योग वाणिज्य महासंघ […]
जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो
विकल्प न्यूज/बेनी मंसिर २४ गते । बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]
जेसिज कपको फाइनलमा प्रकाश र शारदा मावि भिड्ने
विकल्प न्यूज/बेनी मंसिर २३ गते । बेनीको खुल्ला मञ्चमा जारी २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको फाइनलमा बेनीको प्रकाश मावि र मंगला गाउँपालिका ५ छिसवाङको शारदा मावि पुगेका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बेनी सामुदायिकलाई ० का विरुद्ध १ गोल गर्दै प्रकाश मावि फाइनलमा प्रवेश गरेको हो । गौमती खत्री […]
मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको […]