समाचार

मोटरसाइकलले ठक्कर दिँदा रत्नेचौरमा चितुवा म¥यो

विकल्प न्यूज\बेनी बैशाख ६ गते । बेनी नगरपालिका १ रत्नेचौरको घैयारामा मंगलबार साँझ मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ । बेनी –बागलुङ सडक खण्ड अन्तर्गत पर्ने उक्त स्थानमा सुशिल खत्रीले चलाउनुभएको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले चितुवालाई ठक्कर दिएको थियो । मोटरसाइकलले सडकमा हिडिरहेको चितुवालाई ठक्कर दिएपछि घटनास्थलमै चितुवा मरेको डिभिजन वन कार्यालय म्याग्दीका […]

जलजलाको ग्राम प्रकाश मावि लेखफाँटमा वाली विज्ञान विषयको पढाइ हुने

विकल्प न्यूज/जलजला बैशाख ६ गते । जलजला गाउँपालिका–५ लेखफाँटमा रहेको ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि ९ देखि १२ कक्षासम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९–१२) वाली विज्ञान संचालनको लागी […]

एमालेको मिसन ग्रासरुटको पालिकास्तरमा समीक्षा सुरु

विकल्प न्यूज/बेनी बैशाख ६ गते । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत पालिकास्तरमा समीक्षा सुरु भएको छ । गएको फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे पालिकास्तरमा समीक्षा गरिएको हो । यसैक्रममा मङ्गलवार पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन […]

एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

म्याग्दी, वैशाख ५  गते । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार […]

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, वैशाख  ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]

कतारकी राजकुमारी र निर्मल अन्नपूर्णको शिखरमा पुग्न सफल

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३ गते । कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा पुग्न सफल भएको छ । राजकुमारी र पुर्जा सँगै शनिबार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरे । नेपाली समय अनुसार शनिबार करिब ३ बजेतिर उहाँहरु […]

महादेव माविको भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुननिर्माण […]

बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर […]

अन्नपूर्ण अध्यक्ष कपको उपाधि शिखले जित्यो

विकल्प न्यूज\बेनी बैशाख २ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन […]

नयाँ वर्षमा पर्यटकले भरिभराउ कुश्माबजार

१ वैशाख, पर्वत ।  साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित […]

लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीको कार्यालय उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख १ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्लाकार्य समिति म्याग्दीले कार्यालय स्थापना गरेको छ । नयाँवर्ष २०८०को अवसर पारेर प्रतिस्ठानले कार्यालय संचालन गरेको हो । कार्यालयको प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा म्याग्दीका सल्लाहकार धनकुमारी थापाले कार्यालय उद्घाटन गर्नुहुँदै म्याग्दी कलाकारिताको विकासमा संस्थाले काम गर्नुपर्ने बताउनुभयो । जिल्लामा पछिल्ला केही वर्ष […]

बौद्ध युवा क्लवले जित्यो सेभेन ए साइड फुटबल

धु्रवसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १ वैशाख म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवाक्लव बेनी मंगलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवाक्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका […]

तिप्ल्याङ बस दुर्घटनाका घाइतेको अवस्था सामान्य

विकल्प न्यूज/बेनी बैशाख १ गते । काठमाण्डौबाट मुस्ताङको जोमसोम तर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाईते भएका सवै चार जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ । काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो मुस्ताङ हुँदै थोरङ्लापास गरी बेंसीसहर निक्लन हिँडेका मजदुरहरु सवार बस बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्ड […]

म्याग्दीको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति स्थापना

 विकल्प न्यूज/बेनी चैत ३० गते । तस्विर ताकमकोतमा स्थापना गरिएको हनुमानको मुर्ती \माधव सुवेदीको फेसबुकबाट  म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब तीस लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट […]

मतदातालाई धन्यबाद दिन सांसद गर्बुजा गाउँगाउँमा

विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो ।चुनाव जितेपछि आफ्नो […]