विकल्प न्यूज\बेनी
बैशाख ६ गते ।
बेनी नगरपालिका १ रत्नेचौरको घैयारामा मंगलबार साँझ मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ । बेनी –बागलुङ सडक खण्ड अन्तर्गत पर्ने उक्त स्थानमा सुशिल खत्रीले चलाउनुभएको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले चितुवालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलले सडकमा हिडिरहेको चितुवालाई ठक्कर दिएपछि घटनास्थलमै चितुवा मरेको डिभिजन वन कार्यालय म्याग्दीका सूचना अधिकारी नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पोथी चितुवाको टाउमा मोटरसाइकलले ठक्कर दिँदा मरेको देखिन्छ ।
करिब ४० केजीको चितुवाको उमेर २ वर्ष अनुमान गरिएको उहाँले बताउनुभयो । मोटरसाइकल चालक भने सुरक्षित नै रहेका प्रहरीले जनाएको छ । मृत चितुवालाई मंगलबार नै डिभिजन वन कार्यालयमा ल्याइएको र मुचुल्का तयार पारी गाडीने उहाँले बताउनुभयो ।
चितुवाको संख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव वस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको उहाँको भनाई छ ।