ताजा समाचार:
Search

समाचार

बेनीमा इन्धन वितरण (फोटोकथा) वितरण प्रणाली व्यवस्थित नहुँदा उपभोक्ताहरुले दुःख पाएको गुनासो ।

मुस्ताङको कोरल्लामा भन्सार कार्यालय खोल्न चीन तयार

विकल्प\कार्तिक १९ काठमाडौं । मुस्ताङको कोरल्ला नाकामा भन्सार कार्यालय खोल्न चीन तयार भएको छ । यसका साथै चीनले नेपालसँगको थप छ वटा नाकाबाट ब्यापारिक कारोबार सुरु हुने भएको छ । नेपाल र चीनका अधिकारीहरुबीच भएको वार्तामा सातवटा नाका भन्सार स्थापना गर्न सहमति भएको हो । यसअघि धौलागिरीवासीहरुले मुस्ताङको कोरल्ल नाका सञ्चालनको माग गर्दै आएका थिए […]

भारतले जेनेभामा नेपालको द्वन्द्वकालीन मुद्दा उठायो

   १९ कात्तिक, काठमाडौं । नेपालका अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालका माओवादीलाई निशाना बनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारसम्वन्धी छलफलमा भारतले यहाँका माओवादीलाई लक्षित गरेर द्वन्द्वकालीन घटनाको विषय उठाएको छ । भारतले अन्तराष्ट्रिय फोरममा नेपालको द्वन्द्वकालीन विषयलाई मानवअधिकारसँग जोडेर प्रश्न उठाएको सम्भवतः यो पहिलोपटक हो । यसअघि पश्चिमा देशहरुले मात्रै […]

महिलाहरुलाई आधारभूत तालिम

प्रताप बानियाँ \नव विकल्प म्याग्दी, कार्तिक १७ – महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलाहरुका लागि जिल्लास्तरीय आधारभूत तालिम शुरु भएको छ । विभिन्न सिप सिकाई महिलाहरुलाई व्यवसाय शुरु गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एक हप्तासम्म चल्ने तालिममा महिला विकास कार्यक्रम, समूह गठन, बचत परिचालन, नेतृत्व, सञ्चारका सिपहरु, प्रजनन स्वास्थ्य, सुरक्षित […]

सडक दुर्घटनामा घाईते विष्णु गुरूङको दम्पत्तीलाई आर्थिक सहयोग

बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालीका–१४ नयाँ पुलमा माईक्रोबस दुर्घटनामा घाईते एक महिलालाई कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा घाईते भएकी विष्णु गुरूङको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत हस्तान्तरण गरेको हो । सहकारीका सञ्चालक, सेयरसदस्यबाट ७७ हजार ५ सय, सहकारीले ३० हजार संकलन […]

संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

बेनीका महिलाहरुको सक्रियतामा सञ्चालन हुँदै आएको सङगीनी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले साधना श्रष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको सहकारीले जनाएको छ । सहकारीको उपाध्यक्षमा गौरी थापा मगर,सचिव तेजकुमारी बानियाँ,कोषाध्यक्ष,शर्मिला श्रेष्ठ,सहसचिव नविना थापा रावल रहेका छन् । यसै गरी सदस्यहरुमा भगवती पुर्जा,जानकी विश्वकर्मा,कल्पना […]

प्रहरीकै पोष्ट नजिक यात्रुहरु तेब्बर बढी भाडा तिर्न बाध्य

विकल्प \ दसै मनाएर फर्कने म्याग्दीका सर्वसाधारण तेब्बर बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । सदरमुकाम बेनी देखि बागलुङ, कुश्मा, पोखरा, चितवन, भैरहवा, राजधानी लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बेनी पोखरा रुटमा चल्ने बस, माईक्रोबस, जिप र ट्याक्सीहरुले मनपरि भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका […]

पुनहिलमा पर्यटक

सन्तोष गौतम,नवविकल्प÷ गत बैशाखको बिनासकारी भुकम्पका कारण थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय सिमा क्षेत्रमा भएको नाकाबन्दी र इन्धन अभावका कारण झनै प्रभावित बनेको छ । भुकम्पले असर नगरेका नेपालका पर्यटकीय स्थलहरुमा तराई मधेश क्षेत्रमा जारी आन्दोलन, बन्द हडताल, नाकाबन्दी र इन्धन अभावका कारण पर्यटक आगमन प्रभावित बनेको हो । सिमा क्षेत्रको असहज परिस्थितीका कारण […]

मुस्ताङको कोरल्ला नाका खुलाउन धौलागिरिवासीको माग

नवविकल्प भारतको अघोषित नाकाबन्दीका कारण दैनिक जनजिवन प्रभावित भइरहेका समयमा धौलागिरिवासीहरुले मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन सरकारसंग माग गरेका छन् । शनिबार बेनीमा धौलागिरी अञ्चलका सरोकारवालाहरुको भेलाले चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन पहल गर्न सरकारसंग आग्रह गरेका हुन् । उनीहरुले सिमा क्षेत्रमा आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास गर्न सरकारी निकायले […]

साउदीमा म्याग्देलीको मृत्यु

अमृत बास्कुने बैदेशीक रोजगारीको शिलशिलामा साउदी अरवको रियाद पुगेका भगवती गाविस ९ साझा पानीका ३४ वर्षिय कमल भण्डारीको अक्टोवर २९ को साँझ निधन भएको छ । छ महिना पहिला बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका भण्डारीको निधनपछि आर्थिक अवस्था निकै नाजुक भएका उनको परिवार विचल्लीमा परेका छन् । भण्डारीकी साढे दुइ वर्षिय छोरी, श्रीमती र दृष्टि […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ । १ पानी र मह विहानको समयमा उठ्ना साथ पानीमा […]

ज्ञानेन्द्रसँग विप्लवको भित्री गठबन्धन छ

सोह्रबुँदे सहमतिमा आधारित संविधानको प्रारम्भिक मस्यौदामाथि छलफलका क्रममा देशको राजनीतिमा ज्यादै खतरनाक खेलहरु सुरु भएका छन् । जसले, मुख्यतः गणतन्त्र समाप्त पार्ने र क्रान्तिका उपलब्धिहरु समूल नष्ट गर्ने षडयन्त्र गरिरहेको छ । प्रस्तुत सन्दर्भमा राजनीतिक शक्तिहरुको दाउपेचसम्बन्धी बिश्लेषणमा यो सामग्री केन्द्रित रहेको छ । राजावादी र विप्लव माओवादी प्रा.कृष्ण खनालको भनाइमा गणतन्त्र सडकबाट घोषणा गर्नुपर्दथ्यो […]

एक वर्षमा ७५ होटल थपिए, बेड संख्या ३६ हजार नाघ्यो

२ साउन, काठमाडौं । मुलुकभर सञ्चालनमा आएका पर्यटकस्तरीय होटलको संख्या एक हजार ७५ पुगेको छ । यी होटलमा एकै दिन ३६ हजार १ सय ७९ जनाले रात बिताउन सक्छन । पर्यटन मन्त्रालयको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । जसमध्ये ११८ वटा स्टार होटल छन् भने ९ सय ५७ वटा ननस्टार होटल छन् । विगत एक […]