ताजा समाचार:
Search

समाचार

पर्वतमा बाढीले बगाएको जीप भेटियो: मृतक एकको सनाखत, बेपत्ता दुईको खोजी जारी

विकल्प न्यूज/पर्वत असोज १४ गते ।   पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो । जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृत भेटिनेमा रुपन्देहीको तिलोत्तमा गाउँपालिका-९ […]

तमादीखोला बाढिमा वेपत्ता २ यात्रुकाे पहिचान खुल्याे

१३ असोज, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये २ जनाको पहिचान खुलेको छ । भिषण बर्षात संगै खोलामा आएको बाढिले ग १ ज ६३१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ […]

पर्वतको तमादीखाेलामा आएको बाढिले जीप बगायाे

पर्वत,असोज  १३  गते ।  पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न […]

सत्र वर्षीय निमा रेन्जी शेर्पा धौलागिरिको चुचुरोमा

विकल्प न्यूज/बेनी असोज १३ गते ।   सत्र वर्षीय पर्वतारोही निमा रेन्जी शेर्पाले शुक्रबार विहान संसारको सातौं अग्लो धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको छ । निमा सहित सेभेन समिट टे«क्सका अन्य १२ जनाले पनि धौलागिरिको आरोहण गरेका छन् । शरद ऋतुको सिजनमा धौलागिरिको शिखरमा पुग्ने यो पहिलो टोली बनेको छ । ८ हजार एकसय ६७ […]

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी खड्का र कार्कीलाई

विकल्प न्यूज/बेनी असोज १३ गते । बेनीमा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुषतर्फको उपाधी कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।म्याग्दी कोरला यातायात प्रा.ली.ले आयोजना गरेको दोस्रो कोरला कप व्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र कार्की च्याम्पीयन बन्नुभएको हो । […]

लायन्स क्लबको आयोजनामा बेनी अस्पतालमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज १३ गते । लायन्स क्लब अफ बेनी महारानीको आयोजना बेनी अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा क्लबले शनिबार अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ADV रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको डिस्ट्रीक ३२५ आई नेपालका एओजी संगिता श्रेष्ठले जानकारी दिनुभयो । […]

व्याजदर घटाउन बेनीका उद्योगी व्यवसायीको माग

विकल्प न्यूज/बेनी असोज १३ गते । बेनीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले बैंकका प्रवन्धकलाई आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार […]

फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

 १३ असोज । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहित […]

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् । वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता […]

प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना

विकल्प न्यूज/बेनी असोज १३ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायव […]

मल्लाजको भवानीपानीमा हेलिप्याड निर्माण

विकल्प न्युज/ बेनी असाेज १२ गते । पर्बतको जलजला मल्लाजमा  निर्मित हेलिप्याड हस्तान्तरण गरिएको छ । जलजला गाउँपालिका वडा नं  ४ को आर्थिक ब्यवस्थापन र श्री नयां रणभीम गुल्मको जनशक्ति ब्यवस्थापनमा मल्लाजको भवानिपानीमा निर्मित नागरिक मैत्री हेलीप्याडको  शुक्रबार  एक कार्यक्रमको आयोजना गरी  हस्तान्तरण  गरिएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिधि श्री नं. २३ बाहिनी अड्डाका […]

एमसीसी खारेज गर्न संयुक्त संघर्ष गरौँ ः नेता अनिल

विकल्प न्यूज /बेनी असोज १२ गते । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आइपिएसको अङ्ग एमसीसी खारेज गर्न सबै देशभक्तहरुको साझा मोर्चा अपरिहार्य भएको र आफ्नो पार्टीले त्यसको पहल गरिरहेको खुलासा गर्नुभएको छ । शुक्रबार म्याग्दीको सदरमुकाम बेनी बजारमा आयोजना गरिएको एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै […]

खुल्यो यो सिजनका लागि धौलागिरि आरोहण

ठाकुरप्रसाद आचार्य/बेनी असोज १२ गते । शरद ऋतुमा धौलागिरि हिमाल आरोहणको लागि बाटो खुलेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ । शुक्रबार विहान १३ जना शेर्पाहरुको टोलीले धौलागिरि चुचुरो सम्म पुग्ने बाटो खोलेका हुन । सेभेन समिट ट्रेकमा आवद्ध शेर्पाहरुले धौलागिरिको चुचुरो सम्म पुग्ने बाटो […]

महभिरका १३ घर पहिरोको जोखिममा

विकल्प न्यूज/बेनी असोज १२ गते ।  म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको […]

राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

म्याग्दी १ २ असोज । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्याग्दीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन । निजामती सेवा ऐनमा आफ्ना मागहरू […]