विकल्प न्यूज/बेनी
असोज १३ गते ।
लायन्स क्लब अफ बेनी महारानीको आयोजना बेनी अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा क्लबले शनिबार अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ADV
रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको डिस्ट्रीक ३२५ आई नेपालका एओजी संगिता श्रेष्ठले जानकारी दिनुभयो । रगत अभावका कारण विरामीहरुलाई उपचारमा बाधा नहोस् भनेर क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष जुनुउदास श्रेष्ठले बताउनुभयो ।
रक्तदान कार्यक्रममा २५ जना रक्तदाताहरुले रगत दान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ७५ औं पटक रक्तदान गर्नुभयो । कार्यक्रममा लायन्स क्लबका विभिन्न पदमा रहेका लायन्सकर्मीहरुको सहभागिता रहेको थियो । लायन्स क्लबका सदस्यहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर कार्यक्रमको खर्च जुटाएका थिए । बेनीमा रहेका लायन्स क्लबहरुले विभिन्न समयमा यसभन्दा अघि पनि रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
#Adv