मल्लाजको भवानीपानीमा हेलिप्याड निर्माण

विकल्प न्युज/ बेनी

असाेज १२ गते ।

पर्बतको जलजला मल्लाजमा  निर्मित हेलिप्याड हस्तान्तरण गरिएको छ । जलजला गाउँपालिका वडा नं  ४ को आर्थिक ब्यवस्थापन र श्री नयां रणभीम गुल्मको जनशक्ति ब्यवस्थापनमा मल्लाजको भवानिपानीमा निर्मित नागरिक मैत्री हेलीप्याडको  शुक्रबार  एक कार्यक्रमको आयोजना गरी  हस्तान्तरण  गरिएको हो ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिधि श्री नं. २३ बाहिनी अड्डाका बाहिनी पति  सहायक रथी रोशन खड्काले नेपाली  सेनाको नागरिक-सैनिक सहकार्य (CIMIC) कार्यक्रमको बारेमा जानाकारी गराउंदै नेपाली सेनाको जनशक्ति/श्रमदानमा “एक आर्थिक बर्ष, एक युनिट : जोडी  हेलिप्याड निर्माण” गर्ने योजना अनुसार यो कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको बताउनुभयो ।

नागरिक-सैनिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले यसै बर्ष भदौ १९ गतेबाट निर्माण शुरुगरि ३० गते सम्पन्न गरिएको थियो । हेलिप्याड निर्माण जलजला गाउँपालिका वडा नं ४ को आर्थिक ब्यबस्थापन र श्री नयाँ रणभीम गुल्मको जनशक्ति ब्यबस्थापनमा सम्पन्न भएको हो । यो हेलिप्याड निर्माण भएसंगै मल्लाज र यस आसपासका बासिन्दा लाभान्वित हुने बताइएको छ । उद्घाटन तथा हस्तान्तरण कार्यक्रम वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षता, वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको  स्वागत र  र उपसेनानी अमिर रेग्मीले संचालन गर्नु भएको थियो ।