समाचार

म्याग्दीमा टिमुर उत्पादन घट्यो, बजारमा माग बढ्यो

सन्तोष गौतम /विकल्प म्याग्दी ३ मंसिर । म्याग्दी जिल्लामा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटेपनि टिमुरले बजार र मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फुल खेल्ने फागुन–चैतको याममा असिना परेकाले कम फल लागेको हो । असिनाले टिमुरको फुल झारेकाले उत्पादनमा ७५ प्रतिशतले कमी आएको जिल्ला वन कार्यालयले जनाएको […]

म्याग्दीका किसानले उत्पादन गरेको मह जापान पुग्यो

प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसिर २ । व्यावसायिक मौरीपालनको सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा १ वर्षको अवधिमा मात्रै साढे २२ हजार केजी मह उत्पादन भएको छ । गएको आर्थिक वर्ष २०७१÷७२ मा अघिल्लो वर्षको तुलनामा १९ सय ५० केजी वृद्धि भई कुल २२ हजार ५५० केजी मह उत्पादन भएको हो । जिल्लाको विभिन्न गाविसमा मौरीपालक कृषकहरुले […]

म्याग्दीका तिन गाविसमा मोवाईल सेवा अवरुद्ध

सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको मुदी गाविस— ६ खिवाङमा रहेको नेपाल टेलीकमको स्याटेलाईट टावर बिग्रीएपछि तिन गाविसमा मोवाईल सेवा अवरुद्ध बनेको छ । मुदी, मुना र ताकम गाविसका जिएसएम प्रिपेड र पोस्पेड मोवाईल फोन प्रयोगकर्ताहरु टावरले काम नगरेपछि सञ्चार सुबिधाबाट बञ्चित भएका हुन् । दसै लगत्तै बिग्रीएको टावर मर्मतमा ढिलाई हुँदा मोवाईल प्रयोगकर्ता […]

 माइक्रोबस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

सन्तोष गौतम/विकल्प म्याग्दी २ मंसिर । म्याग्दीको बेनी नगरपालीका १३ थामडाँडा नजिकै कात्तिक २८ गते शनिबार माईक्रोबस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बेनी नगरपालीका १३ का ५७ वर्षिय शेरबहादुर थापाको बुधबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ । […]

ड्रोन क्यामेराले भिडियो खिच्ने म्याग्दीका धनमान थापा पक्राउ

मंसिर २ गते । ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिचेको आरोपमा म्याग्दीका धनबहादुर थापा पक्राउ परेका छन् । उनलाई खोटाङको प्रहरीले पक्राउ गरेको हो । ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान थापा पक्राउ परेका हुन । म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत […]

​नेपाली अनाथ बालबालिकाका लागि सेवारत डोयन बनिन सिएनएन हिरो

काठमाडौं, २ मंसिर  नेपाली अनाथ तथा सडक बालबालिकाको सेवामा सक्रिय रहेकी अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषित भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।१० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा डोयनलाई विजेता घोषणा गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे […]

बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख

हरिकृष्ण गौतम/विकल्प मंसिर २ गते । म्याग्दीको विम गाविसको किसानी उच्च माविमा सञ्चालित प्राविधिक शिक्षालयलाई पूर्वाधार जुटाउन खेलिएको देउसीभैलोमा ११ लाख ९२ हजार ७४० रुपियाँ संकलन भएको छ । धौलागिरि अञ्चलमै पहिलो पटक प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको एनेक्स कार्यक्रम अन्र्तरगत १५ महिने कृषि जेटिए, २९ महिने कृषि जेटिएका […]

यसकारण चाहियो देशमा नयाँ शक्ति

  देवेन्द्र पौडेल यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा माओवादीले गर्दै आएको […]

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध

कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ekantipur.com

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्स क्लबको सचेतनामुलक ¥याली (फोटोफिचर)

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक […]

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्सको सचेतनामुलक कार्यक्रम

बेनी/विकल्प कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो । क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक […]

प्रधानमन्त्री ओलीको देशवासीको नाममा सम्बोधन

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशवासीको नाममा पहिलो संबोधन गरेका छन् । सम्बोधनका केही अंशः – गत असोज २ गते संविधानसभाबाट संविधान जारी भएको छ । नेपाली जनताको लामो संघर्षमा प्रकट आकांक्षा पुरा भएको छ । सामाजिक न्यया, संघिय लोकतान्त्रि गणतन्त्र, धर्मनिरपक्षेता लगायतका क्रान्ति तथा जनआन्दोलनका उपलब्धि संस्थागत भएका छन् । […]

प्रमुख दल र मधेसी मोर्चाको वार्ता विष्कर्षबिहीन, मोर्चाले भन्यो-छठपछि कडा आन्दोलन

२९ कात्तिक, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुङ्गएिको छ । नयाँ सरकार बनेपछि प्रमुख विपक्षी कांग्रेससहितका तीन दलले पहिलो पटक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए । तर, वार्तामा प्रमुख दलहरु तयारी विना नै आएको र अझै विश्वास गर्ने वातावरण नबनेको मधेसी मोर्चाले बताएको छ । वार्तापछि […]

ग्यास बुलेट तातोपानी नाका हुँदै पाँचखाल ल्याउन चीनको प्रस्ताव

२९ कात्तिक, काठमाडौं । चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग आइतबार भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका हुन् । नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार […]

मधेसलाई पहाडबाट अलग गरे नेपाल रहँदैन : उपप्रधानमन्त्री केसी

कात्तिक, काठमाडौं । उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी दिएका छन । केसीले प्रदेश सीमांकन गर्दा तराईलाई पहाडबाट अलग गर्न नहुनेमा जोड दिए । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा भने, ‘तराई पहाड र हिमाल एक अर्कासँग निर्भर भूमि हुन । […]