ताजा समाचार:
Search

फिफाद्वारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध

16112015032645Ganesh-Thapa-600x0
कार्तिक ३०, २०७२- अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ ।
यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो । ekantipur.com